गाउँगाउँमा अधिकार आयो भन्छन् नेताले
कस्ले पायो अधिकार भन जनताले
घरघरमा खुशी छायो भन्छन् हेर नेताले
झुपडीको हालत के छ भन जनताले
समृद्धिको लहर आयो भन्छन् हेर नेताले
साँचो कुरा हो कि हैन बुझ जनताले
सुशासनको अवसर आयो भन्छन् हेर नेताले
अवसर पाको छ कि छैन भन जनताले
शान्ति र सुरक्षाको कुरा गर्छन् नेताले
ढुक्कै बाँच्न छ कि छैन भन जनताले
स्वतन्त्र र समानताको कुरा गर्छन् नेताले
भेदभाव छ कि छैन अब भन जनताले
अशिक्षा र गरिबी हट्यो भन्छन् नेताले
भोको पेटको व्यथा के छ भन जनताले
बिदेश जानू पर्दैन नी भन्छन् हेर नेताले
देशमा रोजगार छ कि छैन भन जनताले
भ्रष्टचार र तस्करीलाई रोक्छौ भन्छन् नेताले
खवरदारी गर्नुपर्छ सबै जनताले
नयाँ नेपाल बनाउने कुरा गर्छन् नेताले
कस्तो बन्छ नयाँ नेपाल हेरौ जनताले