खड्क प्रसाद विश्वकर्मा थुनाको फाइल पेस गर्न आदेश

0
274
काठमाडौँ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्व नेकपाका प्रवक्ता खड्ग प्रसाद विश्वकर्मालाई पक्राउ गर्नुको कारण सहित बन्दीलाई अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश दिएको छ ।
                    सर्वोच्चले बन्दी प्रत्यक्षीकरण मुद्दाका तीन दिनभित्रमा थुनामा राखिएको फाइल पेस गर्न पनि आदेश जारी गरेको छ । प्रधान न्यायाधीश ओम प्रकाश मिश्रको एकल इजलासले सोमबार विश्वकर्मालाई थुनामा राखिएको निर्णय कागजात सहितको फाइल अदालतमा पेस गर्न आदेश दिएको हो । चौथोपटक सर्वोच्चमा परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ गर्दै अदालतबाट यस्तो आदेश आएको हो । यस अघि सर्वोच्चले विश्वकर्मालाई तीनपटकसम्म गैरकानुनी थुनामा राखिएको भन्दै थुनामुक्त गर्न आदेश दिइसकेको छ ।
                   सर्वोच्चले पछिल्लो पटक शुक्रवार अदालतको समेत अवहेलना गर्नेगरी छोड्ने बित्तिकै पक्राउ गरिएको भन्दै सरकारलाई चेतावनी दिएको थियो । विश्वकर्मालाई थ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here