सुरेशकुमार पाण्डे
हामी सबैलाई आमूल परिवर्तन चाहिएको छ, त्यो केवल सशस्त्र क्रान्तीबाट मात्रै सम्भवछ । तर यो सशस्त्र संघर्ष कसरी गर्ने, कस्ले गर्ने ? तत्कालिन काँग्रेसले बैराङ्गिय सम्मेलनमा सशस्त्र संघर्षको निर्णय गरेको थियो । २०२८ सालमा झापालीहरुले पनि सशस्त्र संघर्ष गरेकै हुन् । २०५२ सालमा माओवादीले पनि दशबर्षसम्म सशस्त्र संघर्ष गरेकै हुन् । तर आमूल परिवर्तन हुनुको साटो देश झन् ईतिहासकै तरल अबश्थामा आएकोछ । आखिर देशलाई आमूल परिवार्तन तिर कसरी डोराउँन सक्किन्छ ? यो अहिलेको गम्भिर प्रश्न बनेको छ । हाम्रो देश सदियौँदेखि स्वतन्त्र राष्ट्रको रुपमा रहेको एउटामात्र देश मानिन्छ । तर, सुगौली सन्धिपछि अर्ध औपनिबेशिक अबस्थामा परिणत भयो र आज त्यो अबस्थाबाट मुक्त हुनुता टाढा देशको अस्तित्व नै धरापमा परेको छ ।
सयौँ जातजाति भाषा–भाषी र विभिद धर्म साँस्कृति भएको देशमा सदियौँ देखि जातीय विभेद र धार्मिक परम्पराबाट जक्डिएको समाजमा राणा र राजाहरुको हालिमुहालि रहँदै आएकोले लोकतन्त्रलाई बुझ्न र आफुलाई त्यो.ब्यबस्थामा ढालन पनि समय लाग्यो । किन कि राणाहरुको जाहानिया शासनलाई टेकासो दिएका एउटा अवसरबादी बर्ग त्यो ब्यबस्थाको टेकासो.बन्यो । जतिबेला राणाहरु कम्जोर.भए त्यहि टेकासो राजतन्त्र जोगाउँने हथियार बन्यो । राजतन्त्रलाई पछार्न कसिएका जनताको माजैमा लुक्न सफल भएको मौका परस्त फेरी बहुदलीय ब्यबस्थामा हालिमुहालि गर्दैछ ।
यँहा राजनीति पार्टीका भिन्न–भिन्न नाउँ भए पनि ब्यक्ति.र नियतिमा खासै फरक थिएन । मात्र बिचमा परिवर्तनका लागि सम्झौता हिन संघर्ष गर्ने शक्तिलाई गन्तब्य हिन.बनाएर मौकापरस्तहरुले फाईदा उठाउँदै आएका छन् ।
हिँजो बैराङ्गिय सम्मेलनबाट काँग्रेसले क्रान्तिका नारा लगाएर आफ्नो पार्टी ठुलो गरायो, झापामा सशस्त्र क्रान्तिका अभिनय गरेर एमाले ठुलो भयो, कथित जनयुद्धको डंका बजायर माओवादी ठुलो भयो । उनीमा भएका ईमान्दार क्रान्तिकारी शक्तिहरुले आफ्नो बलिदान दिए अबसरवादीहरुले ऐयासि गरे । यँहा कुनै पनि पार्टी क्रान्तिकारी उदेश्यले इमान्दारी पूर्वक लडेको छैन ।
हाम्रो देशमा कम्युनिष्ट पनि निम्न पूँजिवादको जगमा उभिएको छ । यहाँ झन् पछि झन्, कम्युनिष्टको बिउ जोगाउँन मुस्किल देखिन्छ । हाम्रा बाउ बाजे पनि कम्युनिष्ट क्रान्तिकारी थिएनन् र आउने पिढि छोरा नातीहरु पनि क्रान्तिकारी कम्युनिष्ट बन्न कठिन देखिन्छ । हाम्रो बर्ग चरित्र जेसुकै भए पनि नियती भनेको निम्न पूँजिवादी छ । त्यसैले आज हामी क्रान्तीकारीहरुकै छोरा छोरीलाई क्रान्तिको संघारबाट टाडा राखेकाछौँ । उनीहरुलाई बिदेशमा पढाउँने हामी आफैले गरेकाछौँ । जस्ले हिंजो बुजुर्वा डिग्री च्याथेर सर्वहाराको पाठशाला खोलेको थियो । यस्तो अबस्थामा क्रान्तिका दुश्मनहरु कहाँ छन् ? के अँझै पनि प्रष्ट भएको छैन ? स्वयं हाम्रो भित्रै त्यो बर्गिय दुश्मन लुकेको छ भन्नेकुरा छर्लङ्गै हुँन्छ ।
हामीले आफूभित्रको नियतलाई केलाउँन सक्छौँ भने साहेद भविष्यमा क्रान्तिको बिउ समेत जोगाउँन सकौँला । अन्याथा बिगतका सशस्त्र संघर्ष जस्तै टाईँटाई फिस हुँनेछ ।
आज धेरैले नैतिकताका कुरा गर्छन् । आउँने पिढिको बारेमा उनलाई जापान, अमेरिका, अष्ट्रेलिया, युरोप लगायतका देशमा पढाउँन वा पैसा कमाउँन पठाएर कस्का छोरा छोरीलाई क्रान्तिको पगरि गुथाउँन खोज्छौं ? भित्रभित्रै बिमार बनाएर कार्यकर्ता उपचार नगरी कसरी भविष्यका कर्णधारहरुलाई जोगाउँन सकिन्छ ?
आज नैतिकताका पाठ पढाउँनेहरुले, भनौँ या कत्तिको आत्मलोचना खेप्न सकेका छन् ? वा आलोचनालाई सहर्ष स्वीकार गरेर आफ्ना गलतिलाई नछिपाउनेहरु आज कति बाँकि छन ? पलाटिङ्गमा नलागेका, ठेक्कापट्टामा नलागेका, आईएनजियो, एनजिओमा नलागेका, बुजुर्वा रंगमञ्चबाट मुक्त हुँन खोज्नेहरुको सँख्या कतिछ ? जातीय बिभेदकारी नीतिबाट मुक्त भएका परिवर्तनकारी सोंचमा विश्वास राख्नेहरु कति छन् ? यावत प्रश्नहरु छन् जस्ले आज पनि उत्तर खोजेका छन् ।
३ फरवरी २०१८