झबिन्द्र खनाल
के सहि के गलत दैनिक आइरहेका छन
बिचारहरुको बिषलेशन हुन जरुरी छ ।
पार्टी का नेताकार्यकर्ता बाहिरी शक्ति सामु
झुकेर होइन उच्च मनोबलकासाथ उठ्नु जरुरी छ।
देश र जनता बिना कसै को भलो हुदैन बुझ
यो कुरा राजनैतिक कर्मी ले बुझ्न जरुरी छ ।
समाज परिवर्तनशिल छ सहि बिचार दिनु
हाम्रो ठोष प्रस्थितिको ठोष बिष्लेसन जरुरी छ ।
पुजीवादी क्रान्ति, समाजवाद र साम्यवाद लक्ष्यमा
उतकृष्ट गुणात्मक राज्य ब्यवस्थापन गर्न जरुरी छ ।
नाम बेच्नेहरु अगाएनन भर्म फिजाउने सकृय अनगिन्ती
साम्यवादी समाज निर्माणका सत्रु चिन्न जरुरी छ ।
जनताका सु-दिन ल्याउन कुन कुन शक्ति छ बाधक
सामाना गर्न सम्पुर्ण नेपाली जनलाई आव्हान जरुरी छ ।
नेपाली जनको त्याग के छैनरु विश्वलाई चिनाउन
मात्र इक्ष्याशक्तीको कमी,बिचार क्रान्तिकारी उठाउनु जरुरीछ ।