क्रांति (गजल)

0
218

सुखःले मनलाई छोएकाले गर्दैनन् क्रांति,
पसिनाले तनलै नधोएकाले गर्दैनन् क्रांति।

धन सम्पती कमौन लाई मरिहत्य गर्नेहरु,
पुँजिवादी रंङ्गमै खोएकाले गर्दैनन् क्रांति।

माग्दै हिँड्छन रुपिया आफ्नो ऐयाशि लै,
मज्दूर लाई दुख बोएकाले गर्दैनन् क्रांति।

लडाई लड्ने ता अन्यायको बिरुद्ध सबैले,
पदप्रतिष्ठा लै सदै टोएकाले गर्दैनन् क्रांति।

समस्या समाधान गर्नलाई परिवर्तन गर्नुछ,
आफ्नै समस्या देखाउँनेले गर्दैनन् क्रांति।
सुरेशकुमार पान्डे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here