क्यान्सर पिडित समिरालाई थप सहयोग

0
218

चंडीगढ, २८ अगस्त । अर्घाखाँची जिल्ला, सितगंगा नगरपालिका वा.न. ३ ठाडा दहस्थित थर्पु टोलमा निवासी सचिवन बोहरा र कल्पना बोहराकी व्लड क्यान्सर पिडीत समिरालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले थप १२ हजार भारु नगद सहयोग गरेको छ । एकता समाजले यसभन्दा पहिला पनि ८ हजार १५० भारु नगद सहयोग गरिसकेको थियो । यसरी दुई पटक गरी समाजले २० हजार १५० नगद सहयोग गरेको छ ।

पारिवारिक आर्थिक अवस्था दयनीय भएका सचिन वोहरा र कल्पना वोहराकी साढे ३ वर्षकी छोरी समिराको गत अप्रैल २०१८ देखि पिजीआई चंडीगढ़मा व्लड क्यान्सरको उपचार चलिरहेको छ । आर्थिक रुपमा विपन्न सो परिवारलाई मूल प्रवाहको सम्पर्कमा आएपछि विभिन्न समयमा मूल प्रवाहका नेता कार्यकर्ताहरुबाट रेखदेख र सहयोग भइरहेको छ ।

त्यसो त उनको दयनीय स्थिति देखेर अन्य संघ सस्थाहरुले पनि प्रशस्त आश्वासन नदिएका होइनन् । तर पनि उनको वास्तविक मर्म धेरैले वुझ्न नसेको बताउने उनै समिराकी आमा कल्पना वोहराले मूल प्रवाहको सहयोगप्रति भने आफु आभारी रहेको वताइन् ।

यसरी मूल प्रवाहले विभिन्न कोणबाट सहयोग गर्दै २८ अगस्त २०१८ को समाजका केन्ऽीय उपाध्यक्ष कपिल खनाल, सदस्य दिनेश खडका, सल्लाहकार तिलक पौडयाल, क्षेत्रीय सदस्य प्रेम आचार्य, नेपाली समाचार संवाददाता खीमराज चालिसे, नगर अध्यक्ष मानबहादुर केसी, सचिव तेजबहादुर रोका, वालाराम न्यौंपाने, विष्णु वेल्वासे, थानेश्वर पाण्डे लगायतका नेता कार्यकर्ताहरुको प्रतिनिधि मण्डलले रु. १२ हजार भारु थप सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here