क्यानसर पिडीत बालिका समिरालाई बचाऔं

0
704
चण्डीगढ । अरुहरुलाई जस्तै उनलाई पनि बाँच्ने, खेल्ने, रमाउने, घुमन्ने अरू केके गर्ने रहर । आखिर उमेर नै कति पो भएको छर ? जम्मा ३ वर्ष पूरा भएको छ, कलिलो भरखरको टुसाएकी मुना । अनगिन्ती सपना समेत उनले देख्न जानेकी छैनन् । रहै के गरेकी होलीन् र । राम्रोसँग बोल्न समेत सिकेकी छैनन् । अझै कखगघ र एविसीडी जान्नै बाँकी छ । त्यसपछि मात्रै उनले जीवनका ताते ताते कदम अगाडि बढाउने हुन् । तर यो पापी ब्लड क्यान्सरले टपक्कै टिपेर लैजाने कोशिस गर्दै छ उनलाई ।
आफ्नो सन्तानलाई राम्रो होस् भन्ने कसको बाबु आमालाई हुदैनर । लेखाई पढाई गरेर जीवनमा केही बनोस् भन्ने कुन आमा बाबुलाई लाग्दैनर । तर आफ्नो दूधे बालकलाई क्यान्सर जस्तो घातक विमारीले भेटेको थाहा पाउँदा कति धेरै पिडा होला ? त्यही माथिको गरिबी । पूँजीवादी शोषण युक्त समाज । कसले दया अनि मायाँ गर्ने उनीहरुलाई ? देशमा नयाँ नयाँ सरकार फेरिन्छन्, स्वास्थ्यमन्त्रीहरु पनि । तर फेरीएको छैन गरिब, गुरुवा र निमुखाहरुले राहतको शास  फेर्न पाउने व्यवस्था । केही समय पहिला साहित्यकार गिरी प्रसाद बुढाले एउटा कविता सार्वजनिक गरेका थिए :
धनी कै पक्षपाती हुन्छन् सरकार जति
धनी कै पक्षपाती हुन्छन् धर्म जति
…….. 
आफ्नो सन्तानको जीवन रक्षाको आशमा कहिले पार्कमा त कहिले प्रतिक्षालयमा रात दिन काटदै अर्घाखाँची सितगंगा नगरपालीका ३ ठाडा दहस्थित भर्पु टोल निवासी सचिन बोहरा र कल्पना बोहराकी एक मात्र सन्तान ३ वर्षीय छोरी समीरा बोहरालाई लिएर भारतको चण्डीगढमा भौतारिरहेका छन् । देश तथा विदेशमा छरिएर रहने सहयोगी व्यक्तित्वहरुबाट थोरै धेरै सहयोग भएमा छोरीको जीवन रक्षाका गर्न सकिने आमा कल्पनाले आश गुहार लगाइरहेकी छिन् । करिब ३ लाख भारु आर्थिक संकलन भएमा आफ्नी छोरीलाई निको पार्न सकिने डाक्टरहरुले बताएको कल्पना बताछिन् । तर आफूहरुका लागि ३ लाख भारु निकै ठूलो रकम भएको तितो र सत्य यथार्थ पनि पोख्छिन् उनी ।
बाबु सचिन बोहराले सितापुर ठाडामा भाडाको घरमा मोबाइल रिपायरिङ पसल चलाउँदै आएका छन् । मोबाइल रिपायरिङबाट परिवारको दैनिकी सञ्चालन गर्न हम्मेहम्मे छ । छोरीको उपाचारका लागि ऋणधन गरेर श्रीमतीलाई पैसा पठाउने गरेका छन् । घरबाट पठाएको सामान्य आर्थिकले छोरीको उपाचार सम्भव नदेखिए पछि आमा कल्पनाले चण्डीगढ स्थित नेपाली संघ संस्थाहरुलाई आर्थिक सहयोगको गुहार लगाएकी छिन् ।
हालसम्म राष्ट्रिय जनमोर्चा निकट रहेको भारत प्रवासको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालको पहलमा रु. ८ हजार १२५ सहयोग आफूले पाएको कल्पनाले बताइन् । तर अरु कुनै संघ संस्था वा व्यक्तिगतबाट आर्थिक सहयोग हुन नसकेको पनि कल्पनाले बताइन् ।
सीतगंगा नगरपालिकाका मेयर सूर्यप्रसाद अधिकारी र जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका डा. सुमन ढकालले पिजिआई अस्पताललाई पत्र लेखी पुअर फ्रि सुविधाको लागि अनुरोध गरेका छन् । तर हालसम्म समीराले पुअर फ्रिको सुविधा भने पाएकी छैनन् । हाल उनीहरु पिजीआई अस्पताल नजिकै रहेको हंसराज धर्मशालामा प्रतिदिन ८० रुपैयाँ भाडा तिरेर बसेका छन् ।

नेपाली काँग्रेस निकट रहेको संगठन जनसम्पर्क समिति र पशुपति सेवा समाजले पिडीतलाई आवश्यक सहयोग गर्ने आश्वासन भने दिएका छन् ।


किन आउनु पर्यो चण्डीगढ ?

गत मार्च २०१८ मा लामो समयसम्मको ज्वरो तथा एउटा खुट्टाले टेक्नै नमिल्ने गम्भीर समस्या देखिए पछि अर्घाखाँचीबाट बुटवल सिटी लुम्बीनी अस्पतालमा भर्ना गरी उपाचारको दौरान ब्लड परिक्षणमा ल्यूकोमिया एक्टीव देखिएको समीरा की आमाले बताइन् ।
बुटवल सिटी लुम्बीनी अस्पतालले भरतपुर क्यान्सर अस्पतालमा पठाएको थियो । भरतपुरमा ब्लड क्यान्सर भएको पुष्टि भएको आमा कल्पनाले बताउँ छिन् । नेपालमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु समक्ष छोरीको जीवन रक्षाको लागि हारगुहार लागाउँदा पनि कतैबाट सहयोग हुन नसक्दा आफूहरु सरकारी अस्पतालमा फ्रिमा उपाचारको आशमा भारतमा आउनु परेको तितो यर्थात बताइन् ।
कल्पनाले भनिन् “मैले समीरालाई लिएर १० अप्रेल २०१८ का दिन चण्डीगढस्थित पिजिआईमा पुगी ११ अप्रेलको दिनबाट आपतकालिनबाट उपचार शुरु गरिएकी थिएँ ।” अगाडि भनिन्– “मेरी छोरीलाई १४ अप्रेलका दिनदेखि अस्पतालमा भर्ना गरि, १०–१२ दिन अस्पातालमा राखेर डिस्चार्ज गरेको थियो ।” त्यस पछि आफूहरुले कहिले गुरुद्वारामा त, कहिले पार्कमा बास बसेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here