कोहलपुरमा राजमोको विरोध सभा सम्पन्न

0
113

माघ १९, बाँके । राष्ट्रिय जनमोर्चा बाँकेले आज कोहलपुरमा सङ्घीयताको खारेजी, महङ्गी, भ्रष्टाचार, हत्या हिंसा र बलात्कारका बिरुद्ध बिरोध सभा कार्यक्रम सम्पन्न पारेको छ ।

कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा केन्द्रीय कोषाध्यक्ष ओमबहादुर केसीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको हो । त्यस्तै कार्यक्रमलाई जगदीश ढकाल र कृष्णराज पाण्डेले पनि सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मानबहादुर भण्डारी, राजमो जुम्लाका अध्यक्ष अग्नीराज उपाध्याय लगायत अन्य जनवर्गीय संगठनका विभिन्न व्यक्तित्वहरुको समेत आतित्थ्यता रहेको थियो ।

कार्यक्रम राजमो अध्यक्ष गुणनिधी आचार्यको अध्यक्षता, सल्लाहकार भिमप्रसाद देवकोटाको स्वागत मन्तव्य र मनबहादुर सुनारको सञ्चालनबाट अगाडि बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here