कोरोनाले निम्त्याएको संकटलाई सबैले मिलेर सामना गर्न युरोप नेपाली एकता समाजको अपील

0
136

बेल्जियम । युरोप नेपाली एकता समाजले युरोपमा बढ्दै गैरहेको कोरोना भाइरसको संक्रमण र यसले नेपाली समुदायमा आउनसक्ने संकटलाई सबै मिलेर समाधान गर्नुपर्ने बताएको छ । समाजका अध्यक्ष तायनाथ कँडेलले आइतबार एक विज्ञप्ती प्रकाशित गर्दै उक्त कुरा बताउनु भएको हो ।

युरोपका विभिन्न देशहरुमा फैलिंदै गएको कोरोनाको संक्रमणले नेपाली समुदाय पनि प्रभावित भएको उल्लेख गर्दै यहाँका नेपालीहरुको समस्याबारे यहाँका विभिन्न देशमा रहेका नेपाली राजदुतावासहरु जिम्मेबार हुनुपर्ने विज्ञप्तीमा उल्लेख छ । जसरी सुरुवातका दिनहरुमा युरोपका देशहरुमा कोरोनाको संक्रमणप्रति उच्च सतर्कता नअपनाउनुको परिणाम नै आज युरोपले ठूलो क्षेती व्येहोर्नु परिरेहेको छ र यसबाट पाठ सिकेर नेपालले शुरुवातको चरणमै उच्चसतर्कता अपनाउन र कुनैपनि हेलचक्राइँ नगर्न समेत अनुरोध गरिएको छ ।

यस्तो छ विज्ञप्तीको पूरा पाठ–
“समग्र विश्व मानव समाज अहिले काभिड –१९ क्रोनाभाइरस बाट आक्रान्त छ । विश्वब्यापी रुपमा श्रृजना भएको यस महासंकट प्रति हाम्रो संगठन गम्भिर छ । यो कुनै राष्ट्र,जाति, धर्म,क्षेत्र,समुदाय विशेषको समस्या हैन । यो संम्पुर्ण मानव जाति कै समस्या हो । त्यसकारण यो संकटलाई सामना गर्न समग्र मानव जातिकै एकता आवश्यक भएको छ । यो प्रेस विज्ञप्ति मार्फत सर्वप्रथम हाम्रो संगठन युरोप नेपाली एकता समाज राष्ट्र,जाति,संस्कृृति,भाषा धर्म भन्दा माथि उठेर मानवताका आधारमा एक अर्का प्रति सहयोग,सद्भाव कायम राख्न सवैसित विनम्र हार्दिक आग्रह गर्दछ ।

युरोप नेपाली एकता समाज एउटा जिम्मेवार सामाजिक संगठन हो । यसले नेपालबाट युरोपमा विभिन्न काम विशेषले आएका नेपालीहरुको वीचमा समन्वयात्मक भूमिका खेल्दै आएको छ । नेपाल र नेपाली संस्कृतिलाई सम्भव भए सम्म युरोपमा परिचय गराउने काम पनि गर्दै आइरहेको छ । नेपालमा प्राकृतिक विपत्ति पर्दा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने, युरोपमै नेपालीहरुलाइ अप्ठ्यारो पर्दा मद्दत गर्ने काम गर्दैआइरहेकोे छ । हामी युरोपमा रहेका नेपालीहरु अहिले आफै पनि क्रोनाभाइरसले निम्त्याएका समस्यहरुबाट पिडित छौ । यस स्थितिमा युरोपमा रहेका नेपालीहरुको विचमा एक–आपसमा सहयोग,सद्भाव,र हार्दिकताको खाँचो छ । प्रत्यक्ष भेट्न संभव नभए पनि संचारमाध्यम वा सामाजिक संजालको माध्यमबाट भए पनि नेपालीहरुका बीचमा जीवन्त सम्बन्ध कायम गर्न आवश्यक छ । आवश्यक्ता अनुसार एकअर्कालाइ सहयोग गर्न तयार रहनु पर्दछ । त्यसका लागि युरोप नेपाली एकता समाजका तर्फबाट हामीले संपुर्ण युरोप स्थित नेपाली दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौ ।

युरोप स्थित नेपालीहरुको समस्या प्रति जिम्मेवार बन्नु युरोप स्थित नेपाली राजदुतावासहरुको कर्तब्य हो । यहाँ आएको नेपालीहरुको तथ्याङ्क राख्ने, उनीहरु अहिले कुन–कुन ठाउहरुमा कस्तो अवस्थामा छन त्यसको जानकारी राख्ने, कोरोनाभाइरस संक्रमणबाट जोगिन नेपालीहरुलाइ सचेत बनाउने,समस्यामा परेका नेपालीहरुको समाधान गर्ने,विपत्तिमा परेकाहरुलाई उद्दार गर्ने, नेपालीहरुलाई क्रोनाभाइस संक्रमण भएको जानकारी आएमा तत्काल संविन्धित देशका सरकारी निकायहरु संग समन्वय गरेर विरामीहरुको उपचार प्रक्रिया अगाडी बदाउने कार्यमा युरोप स्थित नेपाली दुतावासहरु क्रियाशील रहन हामीले संगठनको तर्फबाट जोडदार माग गर्दछौ ।

चीनको बुहान केन्दिय अस्पतालमा कार्यरत चिकित्सक ली वेन लियाङ्गले पहिलो पटक गत डिसेम्वर ले पहिलो पटक गत डिसेम्वर ३० मा सामाजिक संञ्जालको ग्रुप च्याटमार्फत भाइरस संक्रमणबो चेतावनी दिएका थिए । शुरुमा त्यसलाई सामान्य ठानियो तर फेव्रुवरी ७ मा चिकित्सक लि को मृत्यु भए पछि त्यसलाइ चिनिया सरकारले गम्भिर रुपमा लियो । त्यतिञ्जेल सम्म भाइरस संक्रमण फैलिसकेको थियो । ८१६३९ भन्दा बदी चीनमा क्रोनाभाइरसका संक्रमित हुन पुगे भने ३३२६ को मृत्यूभएको छ । अहिले चीनले भाइरसलाई नियन्त्रणमा राख्दै गएको छ । यो बक्तब्य प्रकाशित गर्दा सम्म इटली, स्पेन र अमेरिकामा सबभन्दा धेरै संक्रमण फैलिएको छ । अहिले सम्म विश्वभरी लगभग ६०१२४ को मृत्यु भइसकेको छ । २३४०७९ भन्दा बदी सञ्चो भएर घर फर्किएका छन । यहाँ युरोपमा इटली र स्पेनमा भाइरस फैलिइसक्दा बल्ल सतर्कता अपनाइयो । सतर्कताको पहलकदमी शुरु मै लिएको भए इटली र स्पेन लगाएत सम्पुर्ण युरोपले यति ठूलो क्षति भोग्नु पर्ने थिएन । भाइरस संक्रमण बढ्नु भन्दा पहिले नै सतर्कता अपनाएका देशहरुमा त्यति धेरै क्षति भएको छैन भन्ने कुरा माथि उल्लेखित तथ्यहरुबाट पनि स्पष्ट हुन्छ । यो बक्तब्य प्रकाशित हुदाँसम्म नेपालमा पनि विदेशबाट गएका ९ जना ब्यक्तिहरुमा क्रोनाभाइरस संक्रमण भएको र अहिले उनीहरुको उपचार भइरहेको समाचार प्राप्त भएको छ । युरोपका देशहरुबाट नेपालले पनि भाइरस नफैलिदै आवश्यक सतर्कता अपनाएमा क्षति हुनबाट बच्न वा क्षति न्युनिकरण गर्न संभव छ भन्ने शिक्षा लिन सक्छ । नेपालले संक्रमण नफैलिदै सतर्कता अपनाउने प्रयत्न गरिरहेको छ । त्यसमा संपुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले विलकुलै हेलचक्राइ नगर्न अनुरोध गर्दछौ । हाम्रो कमजोरीले इटली, स्पेन र अमेरिकाको जस्तो समस्या बेहोर्न नपरोस भन्ने तर्फ विशेष ध्यान आकर्षण गराउन चाहान्छौ ।

भाइरसले निम्ताएको यस संकटको घडीमा विदेशमा रहने नेपालीहरु प्रति राजदुताबासहरुको भूमिकालाइ चुस्त दुरुस्त बनाउन नेपाल सरकारले आवश्यक श्रोत साधनको उपलब्ध गराउने कार्य र आवश्यक निर्देशन समयमै गरोस भन्ने नेपाल सरकार संग हाम्रो माग छ । भर्खरै भारतबाट नेपाल तर्फ आइरहेका नेपालीहरु सिमानामा अलपत्र कैयौ दिन सम्म भोकै प्यासै सिमानामा बस्नु परेको , भारतीय सरकारी तर्फबाट पनी उनीहरु प्रति राम्रो ब्यबहार नभएको घटना प्रति हाम्रो ध्यानआकर्षण भएको छ । सिमानामा भारतीय पक्षबाट सामान्य मानवीय ब्यबहार पनि नहुनु र नेपाल सरकारका तर्फबाट उनीहरुलाई आफ्नै देशमा प्रबेश गर्न नदिनु दुःखद र निन्दनीय कुरा हो । सिमानामा दुःख पाइरहेका नेपालीहरुलाई अलपत्र छोड्ने कार्यले समस्या झन बल्झिदैँ जाने हुँदा उनीहरुलाई नेपाल भित्र प्रबेश गराएर क्वारेन्टाइनमा राखिनु पर्दछ । त्यसतर्फ नेपाल सरकारको गभ्भिर ध्यानाकर्षण गर्न चाहन्छौं ।

यस संकटको बेलामा उल्टो स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टचार भएको, कमिशनका खेल बढेको र कृतिम अभाव श्रृजना गरी कालाबजारी बढेको खवरले हामी प्रवासमा रहने सम्पुर्ण नेपालीहरुलाई दुःखीत बनाएको छ । त्यस प्रकारका राष्ट्र विरोधी र जनविरोधी कार्यहरु रोकी जनजीवनलाइ सहज बनाउन नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

युरोपमा फैलिएको कोरोनाको संक्रमणका कारण नेपालीहरु समुदायमा पनि यसको प्रभाव प्ररेको छ कतिपय देशहरुमा नेपालीहरु पनि संक्रमति हुनुभएको छ । यस परिपेक्षमा सबै नेपाली दाजुभाई दिदिबहिनीहरु सावधानी पूर्वक तपाइँ रहनुभएका देशका सरकारले घोषणा गरेका निर्देशनहरुलाई पूर्णरुपपमा पालना गर्न पनि हार्दिक अनुरोध गर्दछौं । साथै संक्रमित भई अस्पतालमा उपचाररथ नेपाली दाजुभाई दिदिबहिनीहरुको शिघ्र स्वस्थ्य लाफको कामना गर्दछौं ।

आज हामी प्रवासमा जति धेरै संकटमा परेका भएपनि हाम्रो हाम्रो ध्यान आफ्नो जन्मभुमीप्रति नै छ । त्यहाँ बढ्दै गएको पनि संकटले हामीलाई थप चिन्तित बनाएको छ । यद्यपी हाम्रो एकता, अनुशासन धैर्यता र आत्पविश्वासले यस संकटलाई पराजित गर्न सम्भव हुनेछ । त्यसका लागि हामी पुनः सबैसत हार्दिक आग्रह गर्दछौ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here