कोरोनाको प्रकोप बढेसंगै भारतमा रहेका नेपालीहरूको अवस्था कठिन बन्दै

0
179

टंक कुवँर, मुम्बईबाट

आज हामी नेपालिहरु कस्मिरदेखी कन्यकुमारिसम्म र बंगालको खाडिदेखी अरब सागरसम्म भारत भरी करिव साठी लाख नेपालिहरु छरिएर बसेको छौं । यहाँ हामी विभिन्न समस्या, कठिनाइ, पिरमर्का झेलेर बस्नु परेको छ । भारतमा रोजगारी गर्न आउने नेपालिहरुमा आफ्नो बुवाआमा गुमाएका वा आफ्नो बुवाले दोस्रो बिहे गरेका वा आमाले अर्कैसंग विवाह गरेर जाँदा बिचलित भएका बालबालिका दस बर्ष देखी सोह्र बर्ष भित्रका धेरै बालिका छन् । तिनिहरु आफ्नो घरको आर्थिक संङ्कटको कारण ले भारतको ठुला ठुला शहरहरुमा धेरै देखिन्छन् ।

सोह्र बर्ष देखी साठी वर्षसम्म नेपालीहरु झन् लाखौको संख्यामा छन त साठी वर्षदेखी असी वर्षका वृद्ध उस्तै देखिन्छन् । सदियौदेखी नेपालिहरु भारतमा आवातजावत गर्दै आएका छन् । नेपाल र भारतबिचको खुल्ला सिमाना, नेपाली जनता र भारतिय जनताबिच प्राचीन कालदेखी नै रहदै आएको धार्मिक , सास्कृतिक , सामाजिक र परिवारिक समेत सम्बन्धका कारण र नेपालमा रोजगारी नभएको कारण ले गास, बास, कपास को खोजिमा भारतमा लाखौंको संख्यामा नेपालीहरु भारतको गल्ली गल्लीमा भौतारिको छन् ।

भारतभरी छरिएका नेपालीहरुको समस्याहरुको एक पछि अर्को आइरहेको थियो । अहिले विश्वमा फैलिएको कोरोना भाइरसले एक ठाउँबाट अर्को ठाउँमा जानको लागी प्रतिबन्द लागेको छ । भारतमा नेपालिहरुले काम गर्नेको संख्या होटल ब्याबसाय र होटल मा काम गर्ने को संख्या धेरै छ । अहिले होटल ब्यापर सबै थप्प छ । अबको हाम्रो विकल्प के ? केहि संख्यामा नेपालिहरु गाउँ गए पनि लाखौको संख्या अझै भारत मै छन् नेपालीहरु बेरोजगार भएका छन् । अब नेपालीहरु बस्न र खानको समस्या झन भन्दा झन् आउने छ । दैनिक मजुरी गरेर जीवन यापन गरिरहेका नेपालीहरुको अवस्था घरको न घाटको हुने सम्भावना देखिएको छ ।

यतिबेला नेपालमा लकडाउनको अवस्था छ । भारतबाट नेपाल जाने नाकाहरुपनि बन्द गरिएको छ । कोरोनाको कारण भारतमा बसेका गरिब नागरिकको अवस्था पनि बेहाल छ । अहिले रोजगार विहिन भएका र दैनिक जिवन गुजारा गर्न पनि गाह्रो भैरहेका नेपालीहरु सिमानाकामा अलपत्र परेका छन् । उनीहरुलाई नत भारत सरकारले ध्यान दिएको छ नत नेपाल सरकारले नै । विश्वव्यापी फैलिएको कोरोनाको प्रकोपबाट बच्नको लागि सरकारले अपनाएका काठोर कदमहरु जायज हुँदा हुँदै पनि ति अलपत्र परेका नेपालीहरुको लागि सुरक्षित निकास निकाल्न जरुरी हुन्छ ।

तसर्थ यस बारेमा नेपाल सरकारको गम्भीर ध्यान जाओस । समयमै उचित समाधानको बाटो खोजिओस जसले भालिका दिनमा अर्को झन ठूलो समस्या आउन नपाओस । यस सम्बन्धी भारतमा कृयाशिल विभिन्न संघ संगठनलेहरुले पनि उचित ध्यान दिन जरुरी देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here