कैलालीमा जातिय समता समाज १५ दिनसम्म सांगठनिक अभियानमा

0
162

माघ १५, कैलाली । राष्ट्रिय जनमोर्चा निकट दलित संगठन जातिय समता समाज कैलालीले समारोहका बिच १५ दिने जिल्ला ब्यापि संगठनात्मक तथा जनचेतना अभियानको कैलालिको अत्तरियामा उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रम समाजका केन्द्रिय सदस्यतथा सुदुर पश्चिम प्रदेश ईनचार्ज तिलक परियारको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमको संचालन जा.स.स. कैलालीका सचिब कृष्ण बहादुर बि.क.ले र अध्यक्षता कैलाली जिल्ला संयोजक शेर बहादुर बि.क र स्वागत मन्तव्य समाजका केन्द्रिय सल्लाहकार बिक्रम बिश्वकर्माले गर्नु भएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिलक परियारले दलितहरुको बलिदानि पुर्ण लामो संघर्षबाट गणतन्त्रामक संबिधानमा केहि अधिकारहरु लेखिएको भयता पनि यसलाई कार्यान्वयमा ल्याउन अझै संघर्ष गर्नु पर्ने बताउनु भयो । “कानुनमा दलित अधिकारका बारेमा थुप्रै कुराहरु उल्यखित भएता पनि समाजमा छुवाछुत जस्तो गृणित ब्यबहार जिउकातिउ रहेको छन् ।” परियारले भन्नु भयो– “यसलाई जरैबाट हटाउन सम्पुर्ण दलितहरु एकजुट हुनुपर्दछ ।”

दलितहरुका समस्या बर्गबिहिन समाजमा मात्र पुर्णरुपले हट्ने भएकाले सम्पुर्ण दलित सोसित पिडित बर्ग बर्गिय मुक्ति आन्दोलनमा होमिनुको बिकल्प नभएको प्रमुख अतिथि परियारले जोड दिनुभयो । बिद्धमान संघीय ब्यबस्ताले दलितहरुको मुक्ति नगर्ने परियारले बताउनु भयो । परियारले सम्पुर्ण राष्ट्रप्रेमि दलित समुदाय संघीयता खारेजिको आन्दोलनमा सशक्तरुपले लाग्न आग्र गर्नुभयो ।

अभियानको उद्घाटन चन्द्रभान आउजिलाई सदस्यता प्रदान गरि उद्घाटन गरिएको थियो । अभियान माघ मसान्त सम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here