कैलालीमा जनजाति सम्मेलनको चौथो अधिवेशन सम्पन्न

0
183

कैलाली । अखिल नेपाल जनजाति सम्मेलन कैलालीको चौथो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा खडक राना थारु चयनु हुनुभएको छ । त्यस्तै उपाध्यक्ष– रामकिसन राना, सचिव– बालकृष्ण चौधरी, सहसचिब मन्जु गुरुङ, कोषाध्यक्ष– मंगला चौधरी रहेका छन् । त्यसैगरी सदस्यहरूमा क्रमश: भागिराम राना, निर्मल गुरुङ, जगदीश राना, जित राना तथा सल्लाहकारहरु छोटेलाल राना, रामसिंह राना र छिद्दु रानालाई चयन हुनुभएको छ ।

छोटेलाल रानाको अध्यक्षतामा शुरु भएको अधिबेशनमा केन्द्रीय सदस्य किसन राना प्रमुख अथिती हुनुहुन्थ्यो । रास्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष लक्षिराम आचार्य, सदस्य जगत जोशी, अखिल छैठौंका पार्सद टंक अवस्थी, रक्तिमका सचिव चक्र चनाराले अधिवेशन सफल्ताको शुभकामना दिनुभाको थियो ।

नया समितिलाई महिला नेत्री अन्जना मास्केले बधाई दिनुभएको थियो । कार्यक्रमको सञ्चालन राजकुमार रानाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here