के छ २२ देशका कम्यूनिष्ट पार्टीहरुले काठमाडौंमा जारी गरेको घोषणा पत्रमा ?

0
601

कार्ल मार्क्स द्धिशतबार्षिकीको अवसरमा जेष्ठ १६ र १७ गते काठमाडौंमा मार्क्सवाद र समाजवाद विषयक अन्तर्राष्ट्रिय सेमिनार पश्चात जारी

काठमाडौं घोषणापत्र

कार्ल मार्क्स द्धिशतबार्षिकीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी तथा नेपाल कम्युनिष्ट पार्टी(मसाल)को आयोजनामा जेष्ठ १६ र १७ गते काठमाडौं, नेपालमा मार्क्सवाद तथा समाजवाद विषयमा अन्तराष्टिय सेमिनार सम्पन्न भयो, जसमा १७ देशका २३ वटा कम्युनिष्ट, समाजवादी तथा मजदुर पार्टीहरु सहभागि भए । सेमिनारको अवसरमा सहभागिहरुले मार्क्सवादको सान्दर्भिकता, विश्व तथा आ आफ्ना देशमा समकालीन राजनैतिक परिवेशमा चलीरहेको कम्यनिष्ट तथा समाजवादी आन्दोलनको बारेमा आफ्ना महत्वपूर्ण विचार तथा अनुभवहरु आदाना प्रदान गरिएको थियो । अन्तमा, एकमतले निम्न घोषणापत्र जारी गरियो ।

१) यो सहभागिता कार्ल मार्क्सको मजदुर वर्ग प्रतिको योगदान, कम्युनिष्ट आन्दोलन तथा विश्वमा समाजवादी आन्दोलनको विकासका सन्दर्भमा महत्वपूर्ण विचार विमर्श गर्न सक्षम भयो । कार्ल मार्क्सको दुई सय जन्म शतबार्षिकीको अवसरमा मार्क्सवादको सान्दर्भिकता, सम्बन्धित देशको वस्तुस्थिति अनुसार यसको रचनात्मक प्रयोग र इतिहासबाट सिक्ने कुरामा हामीहरु विश्वस्त छौं । वर्तमान विश्व परिवेशमा माक्र्सवादको सान्दर्भिकता रहेकोबारे हामीले गंभीर प्रकारले विचार विमर्श गऱ्यौं । हाम्रो के मत छ भने कार्ल मार्क्सको दर्शन, राजनीति, अर्थशास्त्र र संस्कृतिको क्षेत्रमा मानव जातीका लागि महत्वपूर्ण योगदान छ जसका कारण नै गएको शताब्दी तथा वर्तमान विश्वमा पनि उनी प्रभावशाली दार्शनिकको रुपमा चिनिन्छन् । माक्र्सवाद अहिले पनि सम्पूर्ण कम्यनिष्ट, समाजवादी तथा मजदुर वर्गका लागि वैज्ञानिक समाजवाद न्याय, शान्ति तथा समृद्ध विश्वको लागि सान्दर्भिक तथा दिशा निर्देशन गर्न सक्षम छ ।

२) हामी स्वीकार गर्दछौं, वर्तमान विश्व थुप्रै अन्तरविरोधहरु, तिव्र वैज्ञानिक तथा प्राविधिक आविष्कार तथा परिवर्तनहरुका साथ अगाडि बढीरहेको छ । सम्पति तथा श्रोतहरुको असमान वितरण, केहि शक्तिशाली वर्गहरुको प्रभुत्व तथा साम्राज्यवादी शक्तिहरु अझ पनि दृढ अवस्थामा छन् । मार्क्सवादी पार्टी तथा मजदूर वर्गहरुको प्रतिरोध तथा संघर्षले नै समाजवादको दिशा तथा सून्दर विश्वको लागि न्याय, समानता, स्वतन्त्रता, शान्ति र संवृद्धिको पक्षमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ । हाम्रो आन्दोलनलाई अझ शक्तिशाली बनाउनुपर्ने आवश्यकता महसुस गरिरहेका छौं । त्यसरी अगाडि बढ्नको लागि संसारभरिका मार्क्सवादी पार्टीहरुका बीचमा अन्तराष्टिय एक्यवद्धता तथा सहकार्यको आवश्यकता प्रति विश्वस्त छौं ।

३) हामी उनीहरु प्रति ऐक्यवद्धता गर्दछौं जो जनताको प्रजातन्त्र, समाजवाद, न्याय, समानता, शान्ति, पर्यावरणको संरक्षण, समावेशीता, महिला स्वतन्त्रता, जातीवादको अन्त, सबै प्रकारका अतिवादहरु, जात तथा लैगिंक असमानता, गरीबी, पूजीवादी शोषण तथा विश्वमा पूाजीवादी एकाधिकारका विरुद्ध संघर्ष गरिरहेका छन् ।

४) दुईवटा ठूला पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी(एमाले) तथा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को एकता भै एउटा बलीयो पार्टी,नेपाल कम्युनिष्ट पार्टी निर्माण भएकोमा शुभकामना दिन चाहन्छौं ।

५) सन् २०१७ तथा २०१८ को स्थानीय, प्रादेशिक तथा संघीय संसदको चुनावमा नेपाल कम्युनिष्ट पार्टीले अभुतपुर्ण विजय प्राप्त गरी सरकार निर्माण गरेकोमा शुभकामना दिन चाहन्छौं । हामी नेपाल सरकारको सफलताको शुभकामना दिन चाहन्छौं ।

६) हामी विश्वभरि समाजवाद प्राप्तीको लागि मार्क्सवादको रचनात्मक प्रयोग प्रति प्रतिबद्ध छौं । हामी आगामि दिनहरुमा एक अर्काको विचार तथा अनुभवहरु आदान प्रदान गरी आपसी सम्बन्ध तथा ऐक्यबद्धतालाई अझ बलीयो बनाउनेमा दृढ छौं । हामी नेपाली कमरेडहरुलाई यो कार्यक्रम आयोजना तथा न्यानो सत्कार गरेकोमा धन्यवाद दिन चाहन्छौं ।

सहभागिहरुको नामावली

१) सोसलिष्ट अलायन्स, अष्टेलिया
२) सोसलिष्ट पार्टी अफ बंगलादेश
३) रिभोलुसनरी वर्कस पार्टी अफ बंगलादेश
४) कम्युनिष्ट पार्टी अफ बंगलादेश
५) वर्कस पार्टी अफ बंगलादेश
६) कम्युनिष्ट पार्टी अफ चाइना
७) एमएलपीडी, जर्मनी
८) सीपीआई(एमएल) लिबरेशना, इन्डिया
९) कम्युनिष्ट पार्टी अफ इन्डिया
१०) कम्युनिष्ट पार्टी अफ इन्डिया(मार्क्सवादी)
११) डिमोक्रेटिक पिपुल्स रिपब्लीक अफ कोरिया
१२) लाओ पिपुल्स रिभोलुसनरी पार्टी, लाओ
१३) डेमोक्रेटिक वे, मोरक्को
१४) नेपाल कम्युनिष्ट पार्टी
१५) नेपाल कम्युनिष्ट पार्टी(मसाल)
१६) कम्युनिष्ट पार्टी अफ रसियन फेडरेशन, रसीया
१७) कम्युनिष्ट पार्टी अफ श्रीलंका
१८) जेवीपी, श्रीलंका
१९) रिभोलुसनरी वर्कस पार्टी अफ साउथ अफ्रिका
२०) युनाइटेड सोसलिष्ट पार्टी भेनेजुएला
२१) कम्युनिष्ट पार्टी अफ भिएतनाम
२२) सोसलिष्ट पार्टी अफ जाम्बिया
३१ मे २०१८, काठमाडौं, नेपाल

का. मोहनविक्रम सिंहद्धारा पठाइएको शुभकामना सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here