कुवेत नेपाली एकता समाजले आयोजना गरेक‍ो १३०औं मजदुर दिवस भव्यताका साथ सम्पन्न

0
141

सन् १८८६ मे १ तारिखको दिन अमेरिकाको शिकागो भन्ने ठाउँ बाट गरी खाने मजदुरहरुको हितमा ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्न पाउने माग सहित आन्दोलन गरेका थिए । त्यस आन्दोलनमा थुप्रै मजदुरहरुले शहादत प्राप्त गरे सयौं मजदुरहरु अंगभङ्ग भए यसरी त्यहाँका मजदुरहरुले १८८९ मा आएर उनिहरुले राखेको माग कानुनी रुपमा मान्यता प्राप्त गरे र १८९० मे १ तारिखको दिनलाइ अन्तराष्ट्रिय मजदुर दिवसको रुपमा मनाउदै आएको हो,यो दिन मजदुरहरुको एउटा महत्त्वपुर्ण खुशी को दिन हो ।

यही मान्यतालाई अात्मसाथ गर्दै राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृसंगठन कुवेत नेपाली एकता समाजले १३०औं अन्तराष्ट्रिय मजदुर दिवस यही मे ३ तारिख २०१९ का दिन कुवेतको मुर्गावस्थित राजधानी होटलमा सम्पन्न गरेको छ,वास्तवमा यो दिवस मे १ तारिखमा मनाइने भए पनि यहाँको विदा अनुकुल मिलाउनुपर्ने हुँदा मे ३ तारिख शुक्रवारको दिन पारेर मनाइएको जानाकारी उक्त संगठनका महासचिव खुम रायामाझीले दिनु भएको छ।

संगठनका केन्द्रिय अध्यक्ष निम बुढा मगरको अध्यक्षता तथा सम्पुर्ण ज्ञात अज्ञात शहिदहरुप्रती १ मिनेटको मौनधारण तथा अध्यक्ष निम बुढा मगर र संस्थापक सदस्य अनिल रसाइलीले दिप प्रज्वलन गरी अौपचारिक कार्यक्रमको उद्घाटन पछी अगाडी बढेको उक्त कार्यक्रमको सञ्चालन संगठनका महासचिव खुम रायामाझीले गरेका थिए । उपाध्यक्ष जनक भुसालले स्वागत मनतव्यबाट र रक्तिमका कलाकारहरुले रक्तिमको गितबाट सम्पुर्ण उपस्थित जनसमुदायहरुलाई स्वागत गरेका थिए।

संगठनका सदस्य तथा शुभचिन्तकहरुको बाक्लो उपस्थित रहेको कार्यक्रममा महिला प्रमुख अाशा शेरपुजा मगर,हिमाल सागर,रुमाल फौजा मगर र नर बहादुर पुन लगायतले शुभकामना मनतव्य राखेका थिए। कार्यक्रमका वक्ताहरुले देशमा झन् झन् विकराल समस्या देखा परिरहेको र अाशा गरेको सरकार नै जनमुखी नभएको तथा वर्तमान सरकारले सिद्रा भन्दा पनि सस्तोरुपमा विदेशीहरुलाई नागरिकता दिनुले अन्त्यमा सक्कली नेपाली नागरिक नै अल्पमतमा पर्ने खतरा भएको साथै व्यापकरुपमा बढेको मानवतस्करीलाई सरकारले कार्बाही गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए।

कार्यक्रममा २ वटा विषयमा कार्यकर्ता प्रशिक्षण पनि राखिएको थियो जसमध्ये “मजदुर दिवसको इतिहास र संघियता”को प्रशिक्षक निम बुढा मगर हुनुहुन्थ्यो भने “एकता समाजको स्थापना र यसको उदेश्य”मा दिनेश शर्माले प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमको विच विचमा रक्तिम कलाकार कुवेतका कलाकारहरु अनिल रसाइली र अाशा शेरपुजा मगरले रक्तिम गित प्रस्तुत गर्नुभएको थियो त्यस्तै डेमान रानाले अाफ्नो नृत्यबाट उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराउनुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here