कुवेतमा बागलुङ समाज गठन

0
191

विजय लामा/कुवेत, १८ अगस्त । कुवेतमा नयाँ सामाजिक संस्था बागलुङ समाजको गठन भएको छ । कुवेतमा बागलुङ समाजको स्थापना गरेर सेवा समाज स्थापित हुने नहुने भावी दिनहरुका विधि विधान र क्रियाकलापले बताउने छ । कुवेतको महाबुल्ला सिसाइट नेपाली पार्कमा बसेर प्रथम भेलाले अध्यक्ष दल बहादुर भण्डारीलाई चयन गरेको छ ।
“स्वदेश देखि प्रवाससम्मको एकता, सामाजिक कार्यमा सामुहिक प्रतिबद्धता” भन्ने मूल नारा लिएर कुवेतमा बसेर श्रम गरिरहेका बागलुङका युवाहरुले खाडीको रापिलो घाम जस्तै जोस र जाागर लिएर युवाहरुलाई संगठित गर्दै युवाहरुको संस्था बागलुङ समाजको निर्माण गरिएको बताएका छन् ।
“बागलुङ सेवा समाजको चाहना, शुद्ध सामाजिक सहयोगको भावना” सँगै स्वदेश तथा विदेशमा प्रवासबाटै सामाजिक कार्यमा अग्रसर हुन संस्थागत रुपबाट हामी हातेमालो गर्दै आफूहरु अगाडि बढ्ने नयाँ संस्थाका सदस्यहरुले बताएका छन् ।
अध्यक्ष– दल बहादुर भण्डारी, उपाध्यक्ष– केर बहादुर अदै, सचिव– दुर्गा राना मगर, सह सचिव– कोपिल पुन मगर, कोषअध्यक्ष– धन प्रसाद बुढाथोकी, वरिस्ठ सल्लाहकारमा झक बहादुर विश्वकर्मा, सहायक सल्लाहकारहरु: ज्ञानबहादुर छन्त्याल, दिपेन्ऽ घर्ती मगर र रमेश भण्डारी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा: दीपेन्ऽ भण्डारी, नरेश भण्डारी, कोपिल भण्डारी, पुरन विसी, झकेन्ऽ भण्डारी, चकिन्द्र भण्डारी, झकबहादुर विक, दिपेन्ऽ पुन, दर्शन पुन, मानसिंह विक, मन बहादुर रसाइली, होम बहादुर बुढा, मनोज कुमार पुन, झपर सिंह विक, महेन्ऽ सुनार, राम बहादुर बुढा, लुद्रबहादुर बुढा, मनोज कुमार पुन, भुमिराज विक र गकुल जिसि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here