किर्तिपुर र बुढानिलकण्ठमा युवक संघको भेला सम्पन्न

0
355

किर्तिपुर, चैत्र १४ । काठमाडौं किर्तिपुरमा पागामा अखिल नेपाल युवक संघको भेला सम्पन्न भएको छ । भेलामा अमृत ढुंगानाको अध्यक्षता र यदुनाथ पौडेलको सञ्चालन एवं युवक संघका जिल्ला इन्चार्ज संजाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो । राजमो किर्तिपुरका नगर सदस्य कृपाश्वर खत्री, अखिल छैटौं किर्तिपुर नगर सदस्य जस्मिन चौधरीको पनि सो भेलामा आतित्थ्यता रहेको थियो ।

भेलाले अमृत ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्ष– सुरेन्द्र रावल, सचिव– सबिना शर्मा, सहसचिव– सतिस काप्री र कोषाध्यक्ष– यदुनाथ पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा: नबिन थापा, अमृता शर्मा, नवीन न्यौपाने, राधे अधिकारी, जस्मिन चौधरी, रमेश केसी र दुई स्थान रिक्त राखिएको छ ।

बुढानिलकण्ठ नगरको भेला सम्पन्न 

काठमाडौं, चैत्र १४ । अखिल नेपाल युवक संघको बुढानिलकण्ठ नगरको भेला कपनमा सम्पन्न भएको छ । नवीन केसीको अध्यक्षता र शिसिर शर्माको सञ्चालन अघि बढेको नगर भेलामा युवक संघका जिल्ला संयोजक भक्त बिकको प्रमुख आतिथ्यता रहेको  थियो ।
 राजमो काठमाडौं जिल्ला सदस्य विष्णु शर्मा, राजमो बुढानिलकण्ठ नगर सचिव मधु क्षेत्री, रक्तिम परिवारकि केन्द्रीय सदस्य गिता थापाको भेलामा आतित्थ्यता रहेको थियो ।
भेलाले नवीन केसीको अध्यक्षतामा ७ सदस्यीय नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्ष– प्रकाश खनाल, सचिव– शिशिर शर्मा र कोषाध्यक्ष– बिशाल पुन चयन भएका छन् । त्यस्तै सदस्यहरूमा: राजु घर्ती मगर, गगन राना मगर र सन्तोष शर्मा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here