किम जङ–अनको धम्की

0
192

उत्तर कोरिया । उत्तर कोरियाली नेता किम जङ–अनले सम्पूर्ण अमेरिकी मूल भूमिमा प्रहार गर्न सक्ने परमाणु सामथ्र्य आफूसँग भएको बताएका छन् । अमेरिका माथि आक्रमण गर्न सक्ने परमाणु अस्त्र उत्तर कोरियाले विकास गरिसकेकाले र अब वाशिङटनले कहिल्यै पनि युद्ध शुरु नगर्ने समेत किमले बताएका छन् ।

किमले आफ्नो देश परमाणु अस्त्रसम्पन्न भएको र त्यसको ‘बटन’ आफ्नो नजिकै रहेको चेतावनी समेत दिएका छन् । तर उनले उत्तर कोरियाको सुरक्षामाथि जोखिम नभएसम्म परमाणु अस्त्रको प्रयोगको आदेश नदिने उल्लेख गरेका छन् ।

दक्षिण कोरियाका बारेमा सकारात्मक धारणा राख्ने क्रममा किमले वार्ताका लागि आफू सकारात्मक भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here