किन परिन रक्तिम काठमाडौँकी अध्यक्ष तथा जनवादी गायीका पुन आश्चर्यचकित !!

0
1123

काठमाडौं / रक्तिम सास्कृतिक अभियानकी काठमाडौं जिल्ला अध्यक्ष तथा जनवादी गायीका निलिमा पुनले आज केही मिडियाहरुमा रक्तिम काठमाडौंको जिल्ला भेला सम्पन्न भएको र भेलाले समिती पुनर्गठन गरेको भन्ने समाचारले आफू आश्चर्यचकित भएको बताएकी छन् । आजै केही मिडियाहरुमा रक्तिम काठमाडौंको जिल्ला भेला सम्पन्न भएको र भेलाले समिती पुनर्गठन गरेको भन्ने समाचार सार्वजनिक भएको थियो । तर उनले २१ चैत्र २०७५ मा रक्तिम काठमाडौंको कुनै पनि भेला आयोजना नगरिएको स्पस्ट पारेकी छन् । अध्यक्ष पुनले रक्तिम सांस्कृतिक अभियान काठमाडौं जिल्ला समितिको तर्फबाट आजै एक फेसबुक स्टाटस लेख्दै उक्त कुरा बताएकी हुन्।

अध्यक्ष पुनको उक्त स्टाटसमा भनिएको छ:- “रक्तिम साँस्कृतिक अभियान काठमाडौको जिल्ला भेला सम्पन्न भई समिति पुनर्गठन भएको भनी अाज केही सामाजिक सञ्जालमा पोष्ट गरिएको समाचारले हामीलाई अाश्चर्यचकित पारेको छ। रक्तिम साँस्कृतिक अभियान काठमाडौ जिल्ला समितिले २०७५ चैत्र २१ गते कुनै जिल्ला भेला आयोजना नगरेको कुरा स्पष्ट पार्न चाहन्छौ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here