का. मोहनविक्रम सिंहद्धारा पठाइएको शुभकामना सन्देश

0
769

(कार्ल मार्क्स द्धिशतबार्षिकीको अवसरमा जेष्ठ १६ र १७ गते काठमाडौंमा मार्क्सवाद र समाजवाद विषयक अन्तर्राष्ट्रिय सेमिनारमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्धारा पठाइएको शुभकामना सन्देश)

कार्ल मार्क्स द्धिशतबार्षिकी अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समिति, काठमाडौं
कमरेडस,
सर्वप्रथम, म नेपाल कम्युनिष्ट पार्टी(मसाल)को तर्फबाट देशका विभिन्न भाग तथा विश्वका विभिन्न देशबाट आउनुभएका अतिथि तथा भाइचारा प्रतिनिधिहरुलाई हार्दिक अभिनन्दन गर्न चाहन्छु । हामी कार्ल मार्क्स द्धिशताबार्षिकीलाई पनि धन्यवाद दिन चाहन्छौ, जसले कार्ल मार्क्सको संझनामा यो गोष्ठीको आयोजना गर्यो ।

अहिले मार्क्स हाम्रा बीचमा छैनन् । धेरै पहिले नै उनको मृत्यु भैसकेको छ । तर हामी के भन्छौं भने उनी अहिले पनि बाचीरहेका छन् र वहाले जुन कम्युनिष्टको उदेश्य निर्धारित गर्नुभयो, त्यसको दिशामा अहिले पनि वहाले विश्व कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहनु भएको छ । जबसम्म ती उदेश्यहरु प्राप्त हुदैनन् तथा लक्ष्य प्राप्त गरिदैन, वहा बाची नै रहनुहुनेछ । वहाको मृत्यु वास्तवमै त्योबेला हुनेछ, जब ती उदेश्यहरु पुरा हुनेछन् । सबै प्रकारका वर्गीय शोषणको अन्त तथा विश्वमा कम्युनिष्ट शासन स्थापना गर्न वहाा निरन्तररुपमा विश्व कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहनुहुनेछ ।

सामान्यतया के विश्वास गरिन्छ भने विश्व कम्युनिष्ट आन्दोलनमा रुकावट आएको छ तथा यसको कुने भविष्य छैन । यो बाहिरीरुपमा मात्र सत्य हो, वास्तवमा कम्युनिष्ट आन्दोलनको भविष्य उज्जवल छ । यो हाम्रो कुनै दिवास्वप्न होइन । हाम्रो मूल्यांकन भौतिक तथ्य तथा वास्तविकतामाथि आधारित छ ।

समाजवादलाई वैज्ञानिक तहसम्म पुर्याउनुमा कार्ल मार्क्सको महत्वपूर्ण भूमिका छ । तर समाजवाद आधारभूतरुपमा पूजीवादी व्यवस्थाको नै परिणाम हो त्यसकारण जबसम्म पूजीवादी व्यवस्था अस्तित्वमा रहन्छ, समाजवाद समाप्त हुने संभावना नै छैन र, अन्तमा पूजीवादलाई समाजवादले नै स्थानान्तरण गर्नेछ ।

अहिले समाजवादी प्रणाली निकै कमजोर तथा रक्षात्मक अवस्थामा छ । तर हामी यो तथ्यलाई बिर्सनु हुदैन कि विश्वमा समाजवादको अन्तिम विजयको लागि पूजीवादले नै आधार तयार पारिदिने छ । पूजीवाद भित्रकै उत्पादक शक्ति तथा सामाजिक पक्षहरुको बढी भन्दा बढी विकासले नै अन्तमा समाजवादी व्यवस्थाको निर्माण गर्नेछ । यसको कुनै विकल्प संभव छैन ।

उत्पादनको सन्दर्भमा उत्पादक शक्तिहरुको सामाजिक चरित्र तथा पूजीवादीहरुको निजि चरित्रका कारण नै पूजीवादी व्यवस्थाको उदय भएको हो । आर्थिक संकटका कारण पूजीवादका अगाडि विभिन्न प्रकारका अवरोधहरु उत्पन्न हुदै गैरहेका छन् । पूजीवादका अगाडि उत्पन्न यसप्रकारका अन्तरविरोध तथा आर्थिक संकटबाट निकास पाउनका लागि समाजवाद बाहेक अरु कुनै बाटो छैन ।

सामान्यरुपमा पूजीवाद निकै शक्तिशाली देखिन्छ । तर वास्तवमा साम्राज्यभित्रका अन्तरविरोध तथा आर्थिक संकटका कारण यो निकै कमजोर हुादै गैरहेको छ । यो अवस्थाले क्रान्तिका लागि वस्तुगत अवस्था तयारा गर्दै गैरहेको छ तर पनि त्यो वस्तुगत आवश्यकता पुरा गर्न आत्मगत अवस्था परिपक्व हुन सकिरहेको छैन । त्यसकारणले नै विश्व क्रान्ति पछाडि परिरहेको छ । यसप्रकारको पृष्ठभूमिमा संसारभरिका कम्युनिष्ट तथा क्रान्तिकारिहरुलाई क्रान्तिको लागि आत्मगत अवस्था बलीयो बनाउने दायित्व हुन गएको छ ।

लेनिनले भनेका छन, क्रान्तिकारी सिद्धान्तबीना क्रान्ति अगाडि बढ्न सक्दैन । संसारभरि कम्युनिष्ट आन्दोलन अगाडि बढ्यो किनभने हामी मार्क्सवादी लेनिनवादी दर्शनबाट निर्देशित छौं । तर यसको विकासको सन्दर्भमा विभिन्न संसोधनवादी धारहरु देखा पर्दै गएका छन् । मार्क्सवाद तथा लेनिनवादका संस्थापकहरुले आफ्नो जीवनकालमा विभिन्नप्रकारका संसोधनवादी धारहरुका विरुद्ध संघर्ष गर्नुपर्यो । त्यसप्रकारको अवस्थाबाट शिक्षा लिदै हामीले सबैप्रकारका संसोधनवादी विचारहरुका विरुद्धको संघर्षलाई निरन्तरता दिनुपर्दछ र एउटा स्पष्ट सैद्धान्तिक ढााचाका आधारमा हाम्रो आत्मगत अवस्थालाई बलीयो बनाउनुपर्दछ ताकि अन्तमा विश्व समाजवादी क्रान्तिले सफलता प्राप्त गर्न सकोस् ।

वर्तमान अवस्थामा विश्व कम्युनिष्ट आन्दोलनको सैद्धान्तिक धारा विभिन्न भागमा विभाजित अवस्थामा छ, यो गंभीर समस्याको विषय हो । यसले हामीलाई निकै कमजोर बनाएको छ । यसप्रकारको अवस्थाका बावजुद विश्वका मार्क्सवादी लेनिनवादी तथा क्रान्तिकारी शक्तिहरु एकताको आधार तयार पार्न सक्दो प्रयास गर्नुपर्दछ । नेपालमा हुन गैरहेको यो गोष्ठीले यो दिशामा पहल गर्न प्रयास गर्नुपर्दछ । विश्वव्यापीरुपमा साम्राज्यवाद विरोधी आन्दोलनको आधारमा पनि सबै कम्युनिष्ट तथा क्रान्तिकारी शक्तिहरुको बीचको एकताको आधार बनाइनुपर्दछ । यो विषय पनि गोष्ठीको छलफलको विषय बनाइने छ, विश्वव्यापीरुपमा साम्राज्यवादी आन्दोलनको लागि एकताको आधार निर्धारित गरिनेछ ।

अन्तमा त्यहा उपस्थित सबै सहभागि तथा भाइचारा प्रतिनिधिहरुलाई शुभकामना दिन चाहन्छौं ।

धन्यवाद
क्रान्तिकारी अभिवादन सहिन
मोहन विक्रम सिंह
महामन्त्री, नेपाल कम्युनिष्ट पार्टी(मसाल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here