का. टेक बहादुर घर्तीप्रति मसालको श्रद्धान्जली

0
439

मंसिर २८, काठमाडौं । का. टेकबहादुर घर्तीको निधन प्रति नेकपा (मसाल)ले गम्भीर दु:ख प्रकट गर्दै उहाप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । साथै पार्टीले उहाँको सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक प्रेस विज्ञप्ती मार्फत घर्ती श्रद्धान्जली प्रकट गरेको हो ।

“कामरेड नेकपा (मसाल)को इमान्दार र अत्यन्त कर्मठ नेता हुनुहुन्थ्यो ।” सिंहले विज्ञप्तीमा भन्नु भएको छ:– “उहाँ नेकपा (मसाल)को बाग्लुङ जिल्ला समितिको सदस्य हुनुहुन्थ्यो ।”
प्रदेशसभाको गत चुनावमा उहाँ ४ नं. प्रदेशको प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो र उपचारार्थ दिल्लीको अपोलो अस्पतालमा जानुभएको थियो । त्यहाँ पुगेको एकदिनपछि नै उहाँको निधन भएको थियो । उहाँको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको सिंहले बताउनु भएको छ ।

सिंहले भन्नु भयको छ:– “हामीले उहाँप्रति उच्च सम्मान प्रकट गर्दै पुन: उहाँको सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्न चाहन्छौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here