का. गोविन्द सिंह थापाको पुस्तक बारे नेताहरुको धारणा के छ ?

0
701

नयाँ पुस्तालाई आशा र विश्वास सम्प्रेषण गर्ने पुस्तक

मोहन विक्रम सिंह
महामन्त्री, नेकपा (मसाल)

का. गोविन्द सिंह थापा नेपालको कम्युनिस्ट आन्दोलनसित लामो समयदेखि सम्बन्धित हुनु हुन्छ । कम्युनिस्ट आन्दोलनप्रति आकर्षित हुनाको कारण, त्यसका लागि बनेको पृष्ठभूमि र कम्युनिस्ट आन्दोलनमा सहभागी भइसकेपछि भएका उतारचढावलाई उहााले गहिरो स्मरण गर्नु भएको छ । यो पुस्तक उहााको कम्युनिस्ट आन्दोलनसित सम्बन्धित राजनीतिक जीवनको त्यही लामो कालखण्डको अनुभूति र संस्मरण हो ।

नेपालको कम्युनिस्ट आन्दोलनको विकासका विभिन्न आयामहरु रहेका छन्् । यसको उत्पत्तिको पृष्ठभूमि, विकास, फुट, एकता आदि घटनाहरुले नेपालको कम्युनिस्ट आन्दोलन समृद्ध छ । यी घटनाहरुको सन्दर्भमा वैचारिक सङ्घर्ष र सङ्गठनका पुनर्निर्माणका कार्यहरु अत्यधिक हुने गरेका छन्् । विश्वको कम्युनिस्ट आन्दोलनमा घटेका घटनाहरु झौ नेपालको कम्युनिस्ट आन्दोलनमा पनि त्यस प्रकारका घटनाहरुको पुनरावृत्ति भएको पाइन्छ । खासगरी वैचारिक मतभेद र सङ्घर्षका कारणले कम्युनिस्ट आन्दोलनमा फुट र एकताका घटनाहरु बारम्बार घट्ने गरेका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनको विकास, समृद्धि तथा राजनैतिक परिवर्तनका लागि एकता समाजको महफ्वपूर्ण भूमिका रहेको छ । यस संस्थाबाट हजारौँ कार्यकर्ता उत्पादन भएर नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा सहभागी हुन आएका छन्् भने लाखौँ जनताले राजनीतिक प्रशिक्षण पाएका छन् ।
का. गोविन्द सिंह थापाले संस्मरणमा आफ्नो राजनीतिक जीवनको सुरुवात कालदेखि भारतमा एकता समाजमा खेलेको भूमिका र त्यसपछि नेपाल फर्किंदासम्मको विभिन्न घटनाक्रमलाई उल्लेख गर्नु भएको छ । उहााले उल्लेख गरेका घटनाहरुले केवल उहाँको व्यक्तिगत अनुभूतिलाई मात्र प्रतिनिधित्व गर्दैनन्, ती सबै घटनाक्रमले नेपालको कम्युनिस्ट आन्दोलनसाग कुनै न कुनै रूपमा सम्बन्ध राख्ने भएकाले तिनीहरुको महफ्व त्यसको इतिहास बुझ्न समेतमा छ । २०१७ पौष १ गतेको शाही कदमपछि नेपालको राजनीतिक परिस्थिति धेरै नै गम्भीर बन्न गएको थियोरु। राजनैतिक पार्टीहरुमाथिको प्रतिबन्ध, राजाले सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेको अवस्था र न्यायिक क्षेत्र निरङ्कुश कदमको चापमा परेर किचिएको अवस्थामा राजनीतिक कार्य गर्न निकै नै कठिन भएको थियो । त्यो अवस्थामा भारतस्थित सङ्घ/संस्थाहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि खेल्ने भूमिकाले धेरै नै महफ्व राख्दथ्यो । यसरी राजनीतिक स्वतन्त्रताको आन्दोलनका लागि विभिन्न ढङ्गले प्रयास भइरहेको सन्दर्भमा भारतमा रोजगारीका लागि गएका नेपालीहरुका बीचमा राजनीतिक चेतनाको प्रसारण गर्ने कामका साथै सङ्गठित गर्ने काममा पनि भारतमा कार्यरत सङ्घ/संस्थाको धेरै नै महफ्व हुन्थ्यो । यस सिलसिलामा एउटा राजनीतिक प्रयासको रूपमा त्यो ऐतिहासिक कार्य सफल हुन गएको थियो, जसको परिणामस्वरूप अखिल भारत नेपाली एकता समाजको जन्म हुन गएको थियो ।
भारतमा एकता समाजको स्थापना नेपाल कम्युनिस्ट पार्टीको नै देन हो । तेस्रो महाधिवेशनपछि नेकपाले नेपालको राजनीतिक जीवनमा खास भूमिका खेल्न सकेन । यसमा देशको राजनीतिक परिस्थिति एउटा कारण त थियो नै, तर यसका साथै नेकपा स्वयम्मा फुटको स्थिति पैदा भएको थियो । पार्टीको त्यो अवस्थाका कारणले देशमा खास राजनीतिक भूमिका खेल्न सक्ने स्थिति थिएन र पार्टी एकीकृत भएर कायम पनि रहन सकेन । वि.सं. २०२८ सालतिर नेकपाको केन्द्रीय न्युक्लसको गठन भइसकेपछि पार्टी निर्माणको कार्य र त्यसको राजनीतिक भूमिकाबारे विचार गर्न थालियो । केन्द्रीय न्युक्लसको त्यो प्रयासले २०३१ सालमा पार्टीको चौथो महाधिवेशन सफल हुन पुग्यो र त्यसले सङ्गठनको निर्माण, रणनीतिक र कार्यनीतिक जिम्मेवारी तथा देशको तात्कालिक राजनीतिमा पार्टीको भूमिकाबारे ठोस निर्णय गर्दै निश्चित दिशा प्रदान गर्‍यो । नेपालको कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महफ्व राख्ने यो पृष्ठभूमिमा नै भारतमा प्रवासी नेपालीहरुलाई गोलबन्द गर्ने प्रयासहरु अगाडि बढेका थिए । तिनै प्रयासहरुको प्रतिफलमा अखिल भारत नेपाली एकता समाजको जन्म हुन पुगेको थियो । त्यो संस्थाबाट नेपालमा कम्युनिस्ट आन्दोलनलाई मात्र होइन, तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध जनमत तयार गर्नका लागि समेत महफ्वपूर्ण योगदान पुगेको थियो ।
का. गोविन्द सिंह थापाले आफ्नो संस्मरणमा एकता समाजको उद्भव र विकासको स्थितिलाई औँल्याउनुका साथै त्यसको गतिविधिले नेपाली कम्युनिस्ट आन्दोलनका पक्षमा निर्माण गरेको वातावरणबारे पनि सरसर्ती उल्लेख गर्नु भएको छ । यसबाट नेपाली कम्युनिस्ट आन्दोलनको तत्कालीन स्थितिको सामान्य जानकारी हुनुका साथै भारतमा नेपालीहरुले देशको पञ्चायती व्यवस्थाका विरुद्ध गरेको सङ्घर्षबारे पनि अवगत हुन्छ । भारतमा एकता समाज गठन भएता पनि त्यो सहज विकास हुने स्थितिमा थिएन । त्यसका अगाडि प्रतिकूल अवस्थाहरु थिए । नेपाली कम्युनिस्ट आन्दोलनका विरुद्ध कैयौँ भ्रमहरु सृजना गरेर त्यसलाई विकास हुन नदिने कैयौँ प्रयासहरु पनि भइरहेका थिए । ती जे जस्ता चुनौतीहरु भएको भएता पनि एकता समाजले आफ्नो ऐतिहासिकता कायम गर्दै प्रथम यात्रा थालनी गरेको थियो । त्यो ऐतिहासिक यात्राको प्रारम्भ हुादा संस्थापक सभापति का. थापा नै हुनु हुन्थ्यो । त्यसपछि उहाा प्रथम, द्वितीय र तृतीय राष्ट्रिय सम्मेलनहरुबाट त्यसको सभापति चुनिनु भएको थियो । उहााले आफ्नो कार्यकालमा सङ्गठनको उच्च विकासका लागि विभिन्न ढङ्गले जिम्मेवारी निर्वाह गर्ने सिलासिलामा प्राप्त भएका अनुभव र शिक्षालाई पनि यस संस्मरणमा उल्लेख गर्न सफल हुनु भएको छ ।
भारतस्थित नेपालीहरुको स्थितिलाई उहााले विभिन्न प्रसङ्गद्वारा स्पष्ट गर्नु भएको छ । भारतस्थित नेपालीहरुलाई सामाजिक क्रियाकलापमा सक्रिय पार्नका लागि एकता समाज कसरी सफल भयो ? यसबारे पनि उहााले उल्लेख गर्नु भएको छ । विभिन्न मुक्ति आन्दोलनहरुबारे एकता समाजको दृष्टिकोण, नेपालीहरुमाथि भारतीय प्रशासनले गर्ने व्यवहार आदिबारे पनि संस्मरणमा उल्लेख हुन आएका छन्् । सांस्कृतिक कार्यक्रमले सङ्गठन निर्माणमा पुर्‍याएको योगदान र जनस्तरमा त्यसले ल्याएको जागरण सम्बन्धी अनुभूति, काम गर्ने सन्दर्भमा आफू क्षयरोगको शिकार हुनु परेको अवस्था र विभिन्न स्थानका कार्यक्रमहरु उहाँको मानसपटलबाट अनुभूति बनेर आएका छन्् ।
‘नेपाली एकता’ को प्रकाशन, शोभाखर धनञ्जय, एकता समाजका भाइचारा सङ्गठन, प्रवासमा नेपालीहरुले गरेका विभिन्न ऐतिहासिक सङ्घर्षहरु लगायतका विभिन्न विषयहरुबारे पनि संस्मरणमा अनुभूति गरिएको छ । उहाँका यी सबै संस्मरणहरुले एकता समाजका विभिन्न गतिविधिहरुसित सम्बन्ध राख्दछन्् ।
एकता समाजको जीवनमा सबभन्दा दु:खद पक्ष त्यसमा आएको फुट भएको कुरा संस्मरणमा आएको छ । यो एउटा तितो सत्य थियो कि नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएपछि त्यसले आफ्नो सम्बन्धित क्षेत्रमा निश्चय पनि असर पार्दथ्यो । त्यस सिलसिलामा एकता समाजमा पनि त्यो समस्या कुनै न कुनै रुपमा देखा परेको थियो । ती जेसुकै भए पनि का. थापाले नेतृफ्व गर्नु भएको एकता समाजले मूल प्रवाहको प्रतिनिधित्व गर्दै आफ्नो यात्रा अगाडि बढाएको थियो । यी प्रसङ्गहरु पनि उहाँको संस्मरणमा आएका छन्् । यसरी विभिन्न अनुभव र अनुभूतिलाई आत्मसंस्मरणको आकार दिने काम गरिएको छ ।
का. थापा स्वयम् नेपालको कम्युनिस्ट आन्दोलनसित सम्बन्धित व्यक्तित्व हुनु हुन्छ । उहाँले नेपाली कम्युनिस्ट आन्दोलनमा एकता समाजलाई कर्मक्षेत्र बनाएर योगदान पुर्‍याउनु भएको थियो र त्यसपछि नेपालमा फर्किएर कुनै न कुनै ढङ्गले निरन्तर रूपमा त्यसरी योगदान दिने काम गरिरहनु भएको छ । बताई रहनु पर्ने आवश्यकता छैन कि प्रस्तुत संस्मरणले समाजप्रति व्यक्तिको उत्तरदायित्व, व्यक्तिको सामाजिकीकरण, समाजको राजनीतिक भूमिका, स्वतन्त्रता र अधिकारका लागि जनताको शक्तिको स्थिति, चेतनाको विकास आदि विषयहरुलाई बुझ्नका लागि मद्दत गर्नेछ भन्ने हामीले आशा लिएका छौँ । संस्मरणमा सबै कुराहरु समेटिएका हुन्छन्् भन्न सकिन्न । संस्मरणकारले कुन विषयलाई आधार बनाएर पस्केको छरु? त्यसमा त्यो कुरा निर्भर गर्दछ । तर जे भए पनि यसले पछिल्लो पुस्तालाई इतिहासको केही न केही अध्ययन गराउने भएकाले यसको धेरै नै महफ्व हुन्छरु। आन्दोलनको लामो अनुभव सागालेका साथीले पस्किएको यो संस्मरणले समाजलाई परिवर्तन गर्नका लागि नयाँ पुस्तामा आशा र विश्वासको सम्प्रेषण गर्नेछ भन्ने हामीलाई विश्वास छ । यस प्रकारका कार्यहरुमा उहााले अरू पनि योगदान दिदै जानु हुनेछ भन्ने हामीले आशा गर्दछौँ ।
(पुस्तकभित्रको भूमिका)

युवा पुस्ताका लागि प्रेरणा

– मोहन वैद्य किरण 
महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)
नेपाली वामपन्थी तथा जनवादी आन्दोलनको क्षेत्रमा क. गोविन्द सिंह थापाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहााले निरङ्कुश पञ्चायती शासनको उत्तराद्र्धमा एक दशक जति भारत प्रवासमा रहेर नेपाली एकता समाजको सभापतिका रुपमा शीर्ष नेतृत्व सम्हाल्नु भयो । अहिले थापाजीद्वारा लिखित “भारतमा एकता समाज” शीर्षकमा एउटा महफ्वपूर्ण पुस्तक प्रकाशित हुन गइरहेको छ ।
प्रस्तुत पुस्तक आठ ओटा अध्यायहरुमा विभाजित छ । पहिलो अध्याय “भारत प्रवासमा एक दशक” उपशीर्षकमा आधारित छ । यसमा थापाजीले आफ्नो राजनीतिक जीवनका विविध पक्षहरुका साथै भारत प्रवासमा रहेका नेपालीहरुका बीचमा काम गर्दाका अनुभव र संस्मरणहरुलाई समेत संश्लेषणात्मक रुपमा अभिव्यक्त गर्नु भएको छ । बााकी अध्यायहरुमा भारतमा नेपालीहरुको दु:ख–कष्टमय जीवन पद्धति तथा अवस्था, साङ्गठनिक तथा सामाजिक काम, सांस्कृतिक गतिविधि, भारतमा रहेका नेपालीहरुका हक–हित तथा समस्याहरुलाई लिएर गरिएका सङ्घर्ष, भाइचारा सङ्गठनहरुसितका सम्बन्ध तथा सम्पर्क लगायतका विषयहरुबारे विवेचनात्मक रुपमा प्रकाश पारिएको छ ।
साथै, यस पुस्तकमा भारतस्थित नेपालीहरुको जीवन पद्धति र एकता समाजद्वारा गरिएका विभिन्न कामहरुबारे एउटा यथार्थपरक, सजीव तथा अनुभूतिमय तस्बिर खिच्ने काम पनि गरिएको छ । लाग्छ, कतिपय प्रसङ्गमा यहाँ साहित्यिक शिल्पको पनि छन्क पाइन्छ । यो पुस्तक सरल, सहज र सम्प्रेषणीय रहेको छ ।
करिब एक दशकसम्म नेपाली कम्युनिस्ट आन्दोलनमा थापाजी र म एउटै धारामा आबद्ध थियौँ । हामी आपसमा मिल्ने साथीहरु पनि हौँ । भारत प्रवासका कतिपय ठाउाहरु र कतिपय क्षणहरुमा हामीले सागै रहेर पनि काम गरेका थियौँ । उहााले स्वास्थ्य क्षेत्रमा संलग्न रहिआएको पेशा छोडेर कसरी आन्दोलनमा पूर्णकालीन सदस्य बन्न पुग्नु भयो भन्नेबारेमा पनि म अवगत नै रहेको छु । थापाजीले आन्दोलनमा निष्ठापूर्वक संलग्न भएर देश र जनताको पक्षमा उभिई महफ्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ, यद्यपि पछिल्लो कालखण्डमा हामी राजनीतिक रुपमा बेग्ला बेग्लै सङ्गठनमा आबद्ध हुन पुग्यौँ । तर पनि आफ्नो कमजोर स्वास्थ्य स्थितिप्रति पर्वाह नगरी उहाा आन्दोलनमा निरन्तर खट्दै आउनु भएको छ । यो युवा पुस्ताका लागि पनि एक उत्प्रेरणा हो र उहाा स्वयम् पनि युवापुस्ताप्रति विशेष आशावादी हुनु हुन्छ ।
अन्त्यमा, यस प्रकारको सङ्क्षिप्त तथा उपयोगी पुस्तक तयार पार्नु भएकोमा प्रिय मित्र गोविन्द सिंह थापालाई म हार्दिक शुभकामना सहित धन्यवाद दिन चाहन्छु । साथै, म यहाँको सुस्वास्थ्य र लेखनको क्षेत्रमा उत्तरोत्तर प्रगतिको पनि कामना तथा अपेक्षा गर्दछु ।
(पुस्तकभित्रको मन्तव्य)

“मामा” को सम्झना

– डा. बाबुराम भट्टराई
संयोजक, नयाँशक्ति पार्टी नेपाल
२०३५ सालतिरको कुरा हो, म अखिल भारत नेपाली विद्यार्थी सङ्घको अध्यक्ष थिएँ । दिल्लीको स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरमा स्नातकोत्तर गर्दै थिएँ । नेपालमा भर्खरै नयाँ ढङ्गको आन्दोलनको बिउ रोपिँदै थियो । हामी विद्यार्थीहरु नेपालमा भएका विभिन्न राजनीतिक पार्टीहरु, जो त्यतिबेला प्रतिबन्धित थिए, काङ्ग्रेस र कम्युनिस्टका विभिन्न घटकहरुसँग सम्पर्क गर्ने, चिनजान गर्ने, सहकार्य गर्ने प्रक्रियामा थियौँ । त्यसै क्रममा मेरो गोविन्द सिंह थापासँग सम्पर्क भयो । उहाँहरुले त्यतिबेलाको चौथो महाधिवेशन समूह भन्ने नेपाल कम्युनिस्ट पार्टीको एउटा हाँगाको भ्रातृ सङ्गठनको रूपमा अखिल भारत नेपाली एकता समाजको स्थापना गर्नु भएको रहेछ । गोविन्द सिंह थापा त्यसको सभापति बन्नु भएको रहेछ । अखिल भारत नेपाली विद्यार्थी सङ्घको अध्यक्षको नाताले मेरो उहाँहरुसँग भेटघाट भयो र त्यसपछि हाम्रो सहयात्रा सुरु भयो । त्यतिबेलादेखि अहिले झण्डै ४० वर्ष भयो, गोविन्द सिंह थापासँग मेरो भेटघाट, कुराकानी भइराख्छ । मलाई उहाँसँग काम गरेका लामो समयका यादहरु अहिले पनि ताजा भइराखेको छ ।
म गोविन्द सिंह थापालाई अत्यन्तै लगनशील, समर्पित नेताको रूपमा बुझ्छु । त्यसो त उहाँ मोहन विक्रम सिंहजीको मामा हुनु भएको कारणले हामी सबैले उहाँलाई मामा नै भन्थ्यौँ । भूमिगत कालमा उहाँको नाम नै मामा थियो । अहिले पनि उहाँलाई भेट्ने बित्तिकै मामा भनेर नै कुरा हुन्छ । त्यस अर्थमा एक प्रकारको आत्मीय सम्बन्ध पनि उहाँसँग छ । उहाँको एक प्रकारको व्यक्तिगत बिम्ब मेरो दिमागमा के परेको छ भने मैले आजसम्म गोविन्द सिंह थापालाई रिसाएको देखेको छैन । जतिबेला भेट्दा पनि हँसमुख, सबैसँग उत्तिकै सहृदयी व्यवहार गर्ने, उही सरल जीवन बिताउने जुन उहाँको स्वभाव थियो, त्यो लामो सहकार्यको क्रममा पनि देखियो र अहिले पनि म त्यो देख्छु । सबैसँग मिल्ने, कसैसँग पनि दुश्मनी नगर्ने जुन उहाँको स्वभाव हो, त्यसले गर्दा पनि उहाँ सबैको साझा मामाकै रूपमा रहनु भयो र अहिले पनि म उहाँलाई त्यही रुपले नै, असल मित्रको रूपमा, असल मानवको रूपमा अत्यन्त सम्मान गर्न चाहन्छु ।
पञ्चायत कालरात्रीको बेलामा उहाँसँग सहकार्य गरेका अत्यन्त सुखद् सम्झनाहरु मसँग छन्् । सुरुमा अखिल भारत नेपाली विद्यार्थी सङ्घ भारतमा अत्यन्त सक्रिय थियो । प्रत्येक वर्ष हामी वार्षिक सम्मेलनहरु गथ्र्यौं । देशभित्र राजनीतिक दलहरु प्रतिबन्धित थिए । उनीहरुलाई देशभित्र गतिविधि गर्न अप्ठेरो थियो, भेटघाट गर्न गाह्रो थियो । त्यसैले सबै पार्टीका नेताहरु, काङ्ग्रेस र कम्युनिस्टका विभिन्न घटकका नेताहरु, हाम्रो सम्मेलनमा उपस्थित हुनु हुन्थ्यो । त्यही क्रममा हामी भारतमा रहेका मजदुरहरुसँग पनि सहकार्य गथ्र्यौं । अखिल भारत नेपाली एकता समाजका साथीहरुलाई पनि आमन्त्रित गथ्र्यौं । त्यो वार्षिक भेला भारतमा रहेका र नेपालभित्र रहेका नेता/कार्यकर्ताहरुको जमघटको एउटा ठुलो थलो बन्थ्यो । त्यतिबेला गोविन्द सिंह थापा सधौ उपस्थित हुनु हुन्थ्यो । विद्यार्थी र मजदुरहरुको बीचमा एउटा नजिकको सम्बन्ध विस्तार गर्नमा उहाँले ठुलो भूमिका खेल्नु भयो ।
त्यतिबेला म कुनै पार्टीमा थिइनँ । खालि राजतन्त्र विरुद्ध सङ्घर्ष गर्ने, नेपालमा गणतन्त्र ल्याउने, देश र जनताको छिटो विकास गर्ने सोच नै त्यतिबेला थियो । क्रमश: म जब कम्युनिस्ट आन्दोलनप्रति आकर्षित भएँ, मोहन विक्रम सिंहजीबाट तत्कालीन चौथो महाधिवेशन पार्टीको सदस्यता लिएँ । त्यसपछि त्यो पार्टीको सदस्यको नाताले स्वत: नै अखिल भारत नेपाली एकता समाज र गोविन्द सिंह थापासँग निकट सम्बन्ध पनि बन्दै गयो । पछि म अखिल भारत नेपाली एकता समाजको पनि पश्चिमोत्तर क्षेत्रीय समितिको सभापति बनो । त्यसपछि समाजको विभिन्न सम्मेलनहरुमा म सहभागी हुन्थो ।
अखिल भारत नेपाली एकता समाजको मुखपत्र ‘नेपाली एकता’ मेरै नाममा दर्ता भएको थियो । मैले झण्डै एक वर्षसम्म मिहिनेत गरेर, विभिन्न कागजात तयार पारेर दिल्लीबाट नै दर्ता गरेको थिएँ । त्यही ‘नेपाली एकता’ पत्रिका छाप्ने क्रममा नै सडक दुर्घटनामा परेर म बेहोस हुन पुगो । झण्डै एक वर्षसम्म मेरो पढाइ अवरुद्ध पनि भयो । त्यसरी म एकता समाजसँग पनि क्रियाशील रहो, दिल्ली, फरिदावाददेखि पञ्जाब, हरियाणाका थुप्रै मजदुरका कार्यक्रमहरुमा हामी सहभागी हुन्थ्यौँ । म थुप्रै प्रशिक्षण कार्यक्रमहरुमा पनि सहभागी हुन्थो । त्यस क्रममा गोविन्द सिंह थापाजीसँग सधौ निकट रहेर हाम्रो सहकार्य भयो । विद्यार्थी र मजदुरहरुको चेतना एकाकार भएर जसरी हामी अघि बढ्दै गयौँ, अन्तत: त्यसबाट नै मेरो राजनीतिक जीवन पनि सुरुवात हुँदै अघि बढ्यो । गोविन्द सिंह थापाजीसँग पार्टीको नेताको रुपमा पनि सहकार्य बढेर गयो, पछिका थुप्रै कार्यक्रमहरुमा हामी सहयात्री बन्यौँ ।
२०४६–४७ सालको आन्दोलनपछि खुल्ला परिवेशमा हाम्रो राजनीतिक बाटो केही फरक हुन पुग्यो । हामी माओवादी आन्दोलनमा लाग्यौँ । उहाँ मोहन विक्रमजीले नेतृत्व गर्नु भएको नेकपा (मसाल) मा नै रहिराख्नु भयो । राजनीतिक बाटाहरु फरक भए पनि हाम्रा व्यक्तिगत सम्बन्ध कहिल्यै पनि टुटेन । काठमाडौँमा भेटघाट हुँदा हामीले सधौ सहृदयपूर्वक सम्बन्ध कायम राख्यौँ । जनयुद्ध कालभर त त्यति भेटघाट गर्ने अवसर भएन । शान्ति प्रक्रियामा आइसकेपछि उहाँसँग निरन्तर भेटघाट र सम्पर्क भइराख्यो । भेटघाट हुँदा हामी सधौ राजनीति, देश र जनताका कुरा नै गथ्यौँं ।
गोविन्द सिंह थापालाई मैले सधौ देश र जनताप्रति चिन्तन मनन गर्ने व्यक्तित्वका रुपमा नै पाएँ । पछिल्लो चरणमा कम्युनिस्ट आन्दोलनमा लागेका थुप्रै मान्छेहरु विभिन्न पदमा पुगे तर गोविन्द सिंह थापा कुनै ठुलो पदको आकाङ्क्षी नभइकन निरन्तर एक अभियन्ताको रूपमा लागिराख्नु भयो । अहिले पनि मैले बुझेसम्म उहाँले त्यस्तो ठुलो सरकारी ओहदा, पद, सांसद पद केही प्राप्त गर्नु भएन, ग्रहण गर्नु भएन । तर उहाँ अहिले पनि निरन्तर देश र जनताकै निम्ति लागिराखेको नै म पाउँछु । त्यस अर्थमा गोविन्द सिंह थापाको जीवन अत्यन्त सार्थक छ । सबैका निम्ति प्रेरणादायी छ । म एक जना असल मित्र, जनताका निम्ति सङ्घर्ष गर्ने असल नेता र असल व्यक्तिको रूपमा उहाँको उच्च सम्मान गर्न चाहन्छु ।
उहाँको संस्मरणात्मक ग्रन्थ तयार भएको सुन्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । उहाँको संस्मरणले नेपालको इतिहासको एउटा महत्त्वपूर्ण कालखण्डको ऐनाको रूपमा काम गर्नेछ भन्ने मलाई पूर्ण विश्वास छ । म त्यसको पूर्ण सफलताको कामना गर्छु । मेरा मित्र गोविन्द सिंह थापाको म उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु ।
(पुस्तकभित्रको मन्तव्य)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here