कास्की २ बाट नेकपाकी उमेद्वार विद्या भट्टराई भारी मतले विजयी

0
12

पोखरा/ प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की जिल्लाको निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई  भारी मतकासाथ विजयी भएकी छन् । उनले कूल २४ हजार ३९४ मत प्राप्त गरी  ८६०३ मतान्तरकासाथ विजयी भएकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार खेमराज पौडेलले कुल १५ हजार ९९१ मत प्राप्त गरेका छन् ।

यसैगरी समाजवादी पार्टीका उम्मेदवार धर्माराज गुरुङले १९२२, राप्रपाका उम्मेदवार राेमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९४२ मत प्राप्त गरेकी छिन् ।

कूल ७१८ ७१ मतदाता भएको उक्त निर्वाचन क्षेत्रमा जम्मा ४५५६३ मत खसेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here