कास्की समाज स्पेनले बार्षिक साधारण सभाको अवसरमा नयाँ सालको भित्तेपात्रो विमोचन गर्दै

0
227

२७ मार्च, बार्सिलोना । कास्की समाज स्पेनले आफ्नो बार्षिक साधारण सभाको अवसर पारेर नयाँ वर्ष २०७६ को भित्तेपात्रो विमोचन गर्ने भएको छ । मार्च ३१ तारिकमा एन आर एन स्पेनको कार्यालय बार्सिलोनामा आयोजना गरिएको समाजको वार्षिक साधारण सभा तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमा उक्त भित्तेपात्रो बिमोचन गर्न लागिएको हो ।

भित्तेपात्रो बिमोचन  कार्यक्रममा  स्पेनमा कार्यरत विभिन्न संघ संस्थाका अध्यक्षहरू, विज्ञापन दाताहरु, पत्रकार तथा सम्पुर्ण कास्की समाजका बर्तमान तथा पूर्व कार्यसमिती ,सल्लाहकार ,साथै साधारण सदस्यहरु लगायत सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुमा उपस्थितिको लागि आग्रह गरिएको समाजका अध्यक्ष केदार ढुंगानाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here