कास्की समाज स्पेनले नयाँ वर्ष २०७६ को भित्तेपात्रो प्रकाशन गर्दै

0
232

चैत्र ४, बार्सिलोना । कास्की समाज स्पेनले नेपाली नयाँ बर्ष २०७६ को भित्तेपात्रो प्रकाशनमा ल्याउने भएको छ। विभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीका सिलशीलामा स्पेनमा रहँदै आउनुभएका नेपाली समुदायलार्इ नेपली तिथीमिती र चाडपर्वहरूको बारेमा जानकारी राख्न सहज होस भन्ने उद्येश्यले सधै जस्तै यसपटक पनि नेपाली भित्तेपात्रो प्रकाशन गर्न लागेको समाजका अध्यक्ष केदार ढुंगानाले जानकारी दिए ।

समाजका महासचिव गोबिन्द तिमिल्सिनाको संयोजकत्वमा बनेको प्रकाशन समितिले सम्पूर्ण  तयारी गरी प्रकाशको लागि सम्पूर्ण सामग्री आजै नेपाल पठाइको र चाँडै नै नेपाली समुदायको बिचमा पुर्याउने समाजले जनाएको छ। यसैबिच हरेक बर्ष गरिने परोपकारी काम अन्तर्गत यस पटक पोखराको पुम्दीकोटमा निर्माणधिन बिशाल महादेवको मुर्ती सहित पर्यटन पुर्वाधार संरचनाका लागि समाजले आर्थिक सहयोग गर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here