कास्की समाज स्पेनको तेस्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा

0
83

बार्सिलोना, स्पेन । कास्की समाज स्पेनले यही फेब्रुअरी १९ बुधबार स्पेनको पर्यटकीय शहर बार्सिलोनाको सिसीलिया हलमा गर्न लागेको आफ्नो तेस्रो अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको कास्की समाज स्पेनले यसपटक ‘कास्की आवाज’ नामक स्मारिका प्रकाशन गर्न लागेको समाजका अध्यक्ष केदार ढुङ्गानाले बताउनुभयो ।

समाजले आफ्नो स्थापनादेखि हालसम्म गरेका विभिन्न महत्वपूर्ण कार्यहरुलाई समेटेर तयार पारिएको उक्त स्मारिका अधिवेशनकै दिन बिमोचन गरिने समेत उहाँले जानकारी दिनुभयो ।

अधिवेशनले गत कार्यकालमा भएका कामहरुको समीक्षा र आगामी कार्ययोजना तय गर्नुका साथै  नयाँ कार्यसमिति समेत चयन गर्ने ढुंगानाले बताउनुभयो । कार्यक्रममा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुति पनि रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here