कास्की आदर्श समाज स्पेनको अध्यक्षमा बल बहादुर कार्की निर्विरोध निर्वाचित

0
70

बार्सिलोना । कास्की आदर्श समाज स्पेनको अध्यक्षमा बल बहादुर कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । समाजको निर्बतमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका कार्कीलाई बुधबार बार्सिलोनामा सम्पन्न तेस्रो अधिवेशनले अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । नयाँ कार्य समितिको वरिष्ट उपाध्यक्षमा कुमार गुरुङ, उपाध्यक्षमा खेमकुमार भण्डारी, महासचिवमा निराजन कार्की, सचिवमा गणेश अधिकारी, कोषाध्यक्षमा देवी भण्डारी र सहकोषाध्यक्षमा मोहनराज गौतमलाई चयन गरेको छ । यसैगरी समितिको सदस्यहरु पदम खत्री, कुमार गुरुङ, सविन बानिया र नगेन्द्र गुरुङ चयन भएका छन् भने दुई स्थान पछि पदपूर्ति गर्ने गरि रिक्त राखिएको छ ।

समाजले दिलनाथ भण्डारी, केदारनाथ ढुँगाना, बसन्त रानाभाट, बिशाल ढुँगाना र सन्दीप मोहन भट्टराई रहेको पाँच सदस्यीय संरक्षक परिषद समेत गठन गरेको छ । यसैगरी पुष्प केसी संयोजक रहने र सदस्यहरुमा राजेन्द्र कडेल,शिव कुमार लामिछाने, बेलकाजी गुरुङ, जिवनजङ्ग राणा, दुर्गा घिमिरे(लेकाली), शान्ता राणा, पवनराज भण्डारी र राजु लामिछाने सदस्य रहेको सल्लाकार समिति पनि गठन गरेको छ ।

स्पेनको पर्यटकीय शहर बार्सिलोनामा बुधबार एक कार्यक्रम बीच कास्की आदर्श समाज अन्तर्रािष्ट्रय संमन्वय परिषद् अध्यक्ष गोबिन्द पौडेलले अधिबेशनको उद्घाटन गरेका गरेका थिए । नेपालदेखि सहभागी बनेका समाजका केन्द्रिय उपाध्यक्ष निरज थापाले विदेशमा रहेका कस्केलीहरुले आफ्नो क्षेत्र र समग्र देशको हितमा केन्द्रित रहनुपर्नेमा जोड दिए।
कार्यक्रममा समाजका केन्द्रीय संरक्षक रमेश गुरुङ,कास्की आदर्श समाज युरोप संयोजक डिल्लीराम भण्डारी , एनआरएनए केन्द्रीय सल्लाहकार पुष्पराज तिमिल्सिना,एनआरएनए युरोप उपसंयोजक मुक्त बहादुर गुरुङ,आईसीसी सदस्य सुनिल रानाभाट,एनआरएनए उपाध्यक्ष दिनेश गिरी लगायतले शुभकामना ब्यक्त गरे ।

समाजका अध्यक्ष केदारनाथ ढुँगानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव गोबिन्द तिमिल्सिनाले गर्नुभएको थियो । समन्वय समितिका सदस्य तथा संस्थापक केन्द्रिय सचिव बिशाल ढुँगानाले नयाँ कार्यसमितिको घोषणा गरेका थिए । समाजले तेस्रो अधिबेशनको अबसरमा प्रकाशित स्मारिका “कास्की आवाज”को बिमोचन गरिएको थियो ।
समाजको विधान संशोधन गर्दै यसअघि समाजको नाम “कास्की समाज स्पेन” भएपनि अबदेखि कास्की आदर्श समाज स्पेन रहने भएको निवर्तमान अध्यक्ष केदारनाथ ढुँगानाले बताउनुभयो ।(फोटो सौजन्यः साइग्रेस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here