काव्य प्रवाहको १५ औं श्रृंखला सम्पन्न

0
232
धादिंग । आधारशिला कलेजको साहित्य विभागको आयोजनामा भाद्र ९ गतेका दिन धादिंगबेशीमा १५औं साहित्य श्रृंखला सम्पन्न भएको छ । साहित्यिक गतिविधिहरुका आधारमा शैक्षिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा परिवर्तन ल्याउन नियमितरुपमा चल्दै आएको यो कार्यक्रम, सुगिता शाहको संचालन, विभागकी अध्यक्ष कौशीला रिसालको अध्यक्षता तथा धादिंगबेशी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलको स्वागत भाषणका साथ अगाडि बढेको थियो ।
                काव्य प्रवाहको सन्दर्भमा विभिन्न साहित्यिक व्यक्तित्वहरुद्धारा आ–आफ्ना रचनाहरु प्रस्तुत गरिएको थियो । त्यसरी आफ्ना रचना प्रस्तुत गर्नेहरुमा राजन न्यौंपाने, शुशीला ढकाल अधिकारी, कल्पना काफ्ले, कलानिधि दाहाल, राजबाबु श्रेष्ठ, कल्पना देवकोटा, मिशन अधिकारी, शुष्मा पुडासैनी, सन्देश भट्ट, पेरिशा भट्ट, सुमिता लामिछाने, दूर्गा चालिसे, सुभाष श्रेष्ठ, बिनु के.सी, प्रकाश पौडेल, सिर्जना अर्याल, केशव दुवाडी, विमलराज ढकाल, हरिशरण अर्याल, संजय देवकोटा, रमेश अधिकारी, गायत्री खतिवडा, सुनिता मैनाली, सुष्मा न्यौपाने तथा समिर सिंह हुनुहुन्थ्यो ।
                  कार्यक्रमको अन्तमा कलेजका व्यवस्थापक रमेश पौडेलले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here