कार्ल मार्क्स र समाजवादको भविष्य 

0
84
-सागर कुँवर

मे ५, कार्ल मार्क्सको जन्मजन्ती । मार्क्सको २०२ औं वर्षगाठ । उत्पीडित श्रमजीवी जनताले आफ्नो मुक्तिको लागि सम्झनै पर्ने दिन ।

आजको दिनसम्मको यो दुनियाँभरी कै महामानव कार्ल मार्क्स हुन । यो चराचर जगतका उत्पीडित मानवजातीको सर्वशक्तिमान मुक्तिको राजनीतिक हतियार मार्क्सवाद हो । महान सर्वाहारा वर्गको मुक्ति, पुजीवादको अन्त्य र समाजवादको विश्वव्यापी विजय मार्क्सवादबाट नै सम्भव छ र अवश्यम्भावी छ  । कार्ल मार्क्स को हो भन्ने विषयमा  एङ्गेल्सले भन्नुभएको छ  “समाजवाद र हाम्रो जमानाको सम्पुर्ण मजदुर आन्दोलनलाई वैज्ञानिक जगमा उभ्याइदिने पहिलो व्यक्ती कार्ल मार्क्स हुनुहुन्थ्यो ।”

राम्रो आर्थिक अवस्था भएको यहुदी परिवारमा जन्मिएका मार्क्सका वुवा वकिल थिए । वुवाको सल्लाहमा स्थानीय तहको शिक्षा सकेपछि सर्वप्रथम बोन विश्वविद्यालयमा कानुनको विद्यार्थी बने ।  बोन विश्वविद्यालयमा नै मार्क्सको जेनि सङ्ग प्रेम सम्बन्ध भएको थियो । हेगेलको द्वन्द्ववादी दर्शनबाट प्रभावित भएपछि मार्क्सले सांस्कृतिक केन्द्रका रूपमा रहेको बर्लिन विश्वविद्यालयमा  इतिहास र दर्शन पढे । वर्लिन विश्वविद्यालयमा दर्शन अध्ययन गर्ने क्लबको सदस्य हुनुभयो । १८४१ मा मार्क्सले दर्शनमा विद्यावारीधि गर्नुभयो ।

सन् १८४२ मा, मार्क्सको सहयोगमा रेनिश उदारवादी पुजिपतीवर्गका नेताहरुले  ‘रेन्चे जाइतुङ’ नामक पत्रिका निकाले । रेनिश ससदका कामकारबाहीबारे उक्त पत्रीकामा छापिएका मार्क्सका आलेखहरुले ठुलो हलचल ल्याइदियो । त्यसपछि मार्क्स उक्त अखबारको पधान सम्पादक बन्नुभयो । मार्क्सले सम्पादन गर्न थालेपछि उक्त उदारवादी अखबार क्रान्तिकारी अखबारमा रूपान्तरण हुँदै जादा सरकारले उक्त अखबारमाथी प्रतिबन्ध लगायो र मार्क्सलाई देश निकाला गरियो । त्यसपछि उनले राजनीतिक अर्थशास्त्र पढ्न थाल्नुभयो । उक्त पत्रिकामा किसानमाथि गरिएको विभदविरुद्व विचारहरु छापिन्थे ।

१८४३ मा मार्क्सको जेनिसङ्ग विवाह भयो । १८४४ मा पेरिसमा मार्क्सको एङ्गेल्ससङ्ग भेट भयो । मार्क्सले पेरिसबाट प्रकाशन हुने पत्रीकामा “हेगेलको न्याय दर्शनको समीक्षा” र “यहुदीहरुको प्रश्न” भन्ने दुई आलेखहरु छपाउनुभयो । उक्त लेखहरुले जर्मनलाई समेत हलायो । त्यसपछि जर्मन सरकारले मार्क्सलाई राजद्रोहको मुद्दा  लगाएर जर्मन प्रवेशमा निशेध गर्‍यो ।

१८४४ मा एङ्गेल्स मार्क्सलाई सृजनात्मक सहयोग गर्ने र मजदुर आन्दोलनमा सक्रिय रहने प्रण गर्दै  फ्रान्स आए । १८४५  प्रशा सरकारको दबाबको कारण फ्रान्स सरकारले मार्क्सलाई निर्वासनको आदेश दिएपछि प्रशाको नागरिकता समेत त्याग गर्दै मार्क्स व्रुसेल्स जानुभयो । त्यसपछी मार्क्सलाई भेट्न एङ्गेल्स व्रुसेल्स जानुभयो र जुलाई १२, १८४५ मा मार्क्स एङ्गेल्सले विलायतको भ्रमण गर्नुभयो । कार्ल मार्क्सले १८४६ मा फेडरिक एङ्गेल्सको सहयोगमा ‘साम्यवाद सम्वाद’ नामक सस्था बनाउनुभयो । द्वन्द्वात्मक  र एतिहासिक भौतिकवादको विवेचना गर्दै १८४७ मा मार्क्सले पुध्रोको रचना गरिबको दर्शनको आलोचनामा दर्शनको गरिबी लेख्नुभयो । उक्त विचारलाई प्रचारप्रसार गर्न जनवादी सभा नामक सस्थाको स्थपना मार्क्सद्वारा भयो । त्यो बेला लण्डनमा ‘लिग अफ द जस्ट’ नामक सस्था थियो । उक्त सस्थाले आफ्ना प्रतिनिधि पठाउदै मार्क्स एङ्गेल्स समक्ष उक्त सस्थामा सहभागी हुन र नवीन कार्यक्रम बनाउन निमन्त्रणा दियो। उक्त प्रस्तावलाई स्वीकार गर्दै मार्क्स एङ्गेल्सले लिगको सदस्यता ग्रहण गर्नुभयो र उक्त सस्थाको नाम ‘कम्युनिस्ट लिग’ मा रुपान्तरण गर्ने निर्णय भयो । उक्त लिगले मार्क्स-एङ्गेल्सलाई घोषणा-पत्र तयार पार्ने जिम्मा दियो ।

“ससारका मजदुरहरु एक हौं” भन्ने नाराका साथ १८४८ फेब्रुअरीमा मार्क्स एङ्गेल्सले कम्युनिष्ट घोषणा-पत्र सार्वजनिक गर्नुभयो । “सर्वाहारा वर्गसङ्ग जित्नको लागि ससार छ, तर गुमाउनका लागि सिक्री बाहेक केही छैन”, “अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरुको इतिहास वर्गसंघर्षको इतिहास हो” भनेर लेखिएको कम्युनिष्ट घोषणा-पत्र नै सर्वाहारावर्गको वर्गविहिन समाजमा पुग्ने लक्ष्यको मुल बाटो हो, जहाँ  पुजि र मजदुरका विचको वर्गीय विभेद र स्वार्थको स्पष्टता  छ । कम्युनिष्ट घोषणा पत्रले युरोपमा अभुतपुर्व हलचल मात्र मच्चाएन, जर्मनि, फ्रान्स लगायतका युरोपेली मुलुकहरुमा मजदुर आन्दोलनको आधिहुरी चल्यो ।  त्यसपछि वेल्जियम सरकारले मार्क्सलाई गिरफ्तार गरि निर्वासनमा पठायो । १८४८ मा नै फ्रान्समा राजनीतिक परिवर्तन भई अस्थाई सरकार बनेको अवस्थामा ५ मार्च १८४८ मा मार्क्स पेरिस जानुभयो र कम्युनिष्ट लिगको अध्यक्षमा चुनिनुभयो ।

त्यो बेला जर्मनमा मजदुर आन्दोलन उठेको थियो । मार्क्स एङ्गेल्सले गोप्य रुपमा राइजिङ जेदुङ(जनताको मुखपत्र) प्रकाशन गर्न थाल्नु भयो  । त्यो पत्रीका जर्मनमा मात्र होइन, सिङ्गो युरोपमा लोकप्रिय बन्यो र मजदुरहरुको मुखपत्रको रुपमा स्थापित भयो । १८४९ को फ्रान्समा भएको जनप्रदशन पश्चात् त्यहाँको सरकारले मार्क्सलाई पेरिस छोड्न आदेश दियो । त्यपछी मार्क्सले ३४ वर्ष लण्डनमा गरिबी र कष्टकर जिवन विताउनुभयो । यतिसम्म आर्थिक रुपमा कमजोर अवस्था थियो कि मार्क्सको छोरीको अन्त्यष्टीको लागि कात्रो किन्ने पैसा समेत थिएन । भोको पेट र कडा अध्ययनका कारण मार्क्स अधययनका क्रममा कुर्सीमा नै मुर्छित हुन्थे  । १८६० मा एङ्गेल्सले वार्षिक ३५० पाउन्ड मार्क्सको परिवारलाई सहयोग गर्नुपुर्व मार्क्सको जीवन कठिन आर्थिक संकटमा वितेको थियो । मार्क्सले गरेको अथक परिश्रमको परिणाम १८६७ मा पुजिको प्रथम खण्ड प्रकाशित भयो जसले युरोपमा राजनीतिक भुकम्प ल्याइदियो ।

अभाव, अव्यवस्थित जीवन र खानपानले मार्क्स विरामी हुँदै जानुभयो । १४ मार्च, १८८३ मा आफ्नो अध्ययन कक्षको कुर्सीमा नै मार्क्सको मृत्यु भयो  ।

आजको यो दुनियाँमा मार्क्सले देखाएको जुन बाटो छ, त्यो वैज्ञानिक र हिड्नै पर्ने बाटो हो । मार्क्स आजको दिनसम्म कै अद्वितीय व्यक्ती हुन । कतिपयले मार्क्स र मार्क्सवाद मरेको तर्कहिन वकवास पनि गर्छन तर सत्य के हो भने मार्क्स कहिल्यै मर्नेछैनन । यदि मार्क्स मरे भने मानवजाती नै मर्नेछ ।

समाजवादको भविष्य

मार्क्सवादको विकासको क्रममा लेनिनवाद र माओविचारधाराको विकास भयो । लेनिनवाद आजको युगको मार्क्सवाद हो । वर्तमान विश्व पुजीवादलाई खतम गरेर समाजवादको स्थापना गर्नको लागि मार्क्सवाद, लेनिनवाद र माओविचारधारा नै सहि राजनीतिक हतियार हो ।

कार्ल मार्क्स र एङ्गेल्सले १८४८ मा कम्युनिष्ट घोषणा-पत्र सार्वजनिक गरेपछी दुनियाँमा ठुला-ठुला मजदुर आन्दोलन, महान रास्ट्रीय मुक्ती आन्दोलन, अक्टोबर समाजवादी क्रान्ती देखि महान सर्वाहारा सास्कृतिक क्रान्तिहरु सम्पन्न भए र विश्वमा सर्वाहारा अधिनायकतब सहितका समाजवादी मुलुकहरु स्थापना भए ।  यद्यपि अहिलेको अवस्थामा विश्व समाजवादी व्यवस्था विघटन भएको छ । तर, त्यो अस्थायी अवस्था मात्र हो ।

आज पुजीवादीहरुले, साम्राज्यवादका नाइकेदेखी गुलामहरुले अब विश्वमा समाजवादको भविष्य नरहेको हल्लाहरु मच्चाइरहेका छन । तर सत्य त्यो होइन, जुन हल्लाहरु गरिएको छ । सत्य यो हो, वैज्ञानिक समाजवाद अवश्यम्भावी छ र स्वयम पुजिवादले नै समाजवादको आधार तयार गरिरहेको छ ।

वर्तमान समाज व्यवस्था (पुजीवादी समाज व्यवस्था) विभेद, असमनता, परनिर्भरता, शोषण, अत्याचारमा अडिएको छ । उत्पादनका साधनहरु माथी मुठ्ठीभर व्यक्तिहरुको स्वामित्व रहेको छ । उत्पादनका साधनहरु मुठ्ठीभर व्यक्तिमा रहेको पुजीवादी व्यवस्थालाई खतम गरेर नै समाजवादको स्थापना सम्भव हुन्छ ।
समाजवाद भनेको के हो ? भन्ने मार्क्सले भन्नुभएको छ– ‘समाजवाद स्थायी क्रान्तिको उद्घोष हो, यसमा सर्वहारावर्गको अधिनायकत्वले सम्पूर्ण वर्गविभेदको अन्त्य गर्ने, त्यो वर्गविभेद जन्मने सम्पूर्ण उत्पादन सम्बन्धको उन्मूलन गर्ने, त्यो उत्पादन सम्बन्धबाट उत्पन्न सम्पूर्ण सामाजिक सम्बन्धको उन्मूलन गर्ने र त्यो सामाजिक सम्बन्धबाट उत्पन्न सम्पूर्ण विचारलाई क्रान्तिकारीकरण गर्ने संक्रमणकालीन बिन्दुको काम गर्छ ।’ यहाँ स्पष्ट छ, समाजवादले वर्गविभेद जन्माउने उत्पादन प्रणालीलाई उन्मुलन गर्नेछ र वर्गविहिन समाजको निर्माणको संक्रमणकालिन व्यवस्थाको काम गर्नेछ ।

समाजवाद इतिहासको विषय भएको वताउने पुजीवादि दाषहरु के बुझ्न जरुर छ भने पुजिवादको  चिहानमा वैज्ञानिक समाजवाद उदाउनेछ । ९९ प्रतिशत मानिस र एक प्रतिशत एकाधिकारवादी निगम पुँजीवादीको सम्पत्ति बराबर भएको तथ्यले के स्पष्ट गर्छ भने वैज्ञानिक समाजवाद वर्तमानको अनिवार्य आवश्यकता बनेको छ  ।

समाजवाद कोहि चिच्याएको भरमा, कोहि कसैले इच्छा व्यक्त गर्दैमा आउने होइन । समाजवादी व्यवस्थाको लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्व हुनुपर्छ । कम्युनिष्ट पार्टी सर्वाहारा वर्गको अग्रदस्ता हो । कार्ल मार्क्सले भन्नुभएको छ, “साम्यवादी हुनु भनेको निजी सम्पत्तिको अन्त्य गर्नु हो । निजी सम्पत्ति बिस्थापन गर्नु भनेको सामाजिक सम्पत्ति स्थापना गर्नु हो ।”

वर्तमान पुजिवादी व्यवस्थाले जाती, भाषा, धर्म, सस्कृतीका आधारमा विभेदहरु चलाएर आफ्नो अस्तित्व बचाउने भरमग्दुर प्रयत्न गरिरहेको छ । तर समाजवादमा जाती,भाषा, धर्म, सस्कृतिको नाममा बनाइएका विभेदका पर्खालहरु भत्काइनेछ र सर्वाहारा अधिनायकत्व सहितको सत्ता स्थपाना गरिनेछ जहाँ कुनै जाती पराधिन हुनुपर्नेछैन ।  समाजवाद व्यक्तिमा आधारित नाफा र स्वार्थको राज्यव्यवस्था हुनेछैन ।

माक्स–एंगेल्सले का अनुसार,  गरिबी र अभावले वर्गको उत्पत्ति भएको थियो । गरिबी र अभावको अन्त्य भएपछि साम्यवाद आउनेछ । आजको वर्तमान युगमा यो स्पष्ट छ कि  गरिबी र अभावको अन्त्य पुँजीवादले गर्न सक्दैन । पुजीवादले गरिबी र अभावको सृजना गरेर आफू बाच्न चाहन्छ । तर त्यो स्थायी हिसाबले सम्भव छैन । अन्ततः पुजिवाद ढ्ल्नै पर्छ । असमानताको जगमा ठडिएको पुजिवादले सृजना गरेको  गरिबी र अभावको अन्त्य गरेर साम्यवाद ल्याउन  समाजवाद  ऐतिहासिक रूपले अनिवार्य आवश्यक छ । यसको विकल्प नवउदारवाद हुन सक्दैन । नवउदारवाद कति हिंसात्मक, अमानवीय, अत्याचारी र आतंककारी हुन्छ भन्ने अमेरिकालाई हेरे पुग्छ । विश्व साम्राज्यवादको नाइके अमेरिकाले आज विश्वभरी मानतवा विरुद्ध मच्चाइरहेको ताण्डव नृत्यले स्पष्ट गर्दछ: समाजवाद निर्विकल्प व्यवस्था हो जुन अवश्यम्भावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here