काठमाडौं फोनिजको अधिवेशन सम्पन्न

0
280

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला शाखाको पााचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा राज्यलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

त्यस्तै उपाध्यक्ष– पुर्ण दुवाल, सचिव– रोचिना लामा, सहसचिव– लक्ष्मी चौधरी र कोषाध्यक्ष– निरुप तामाङ निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा क्रमश: रुक्साना कपाली, नुनुता राई, रिक्तेन महर्जन, राम मगर, सम्पदा लिम्बु, रिमा लामा, श्यामहरि नापित र ममिता थामी निर्वाचित भएका छन् ।


निर्वाचित पदाधिकारीहरुलाई फोनिजको अध्यक्ष डण्ड गुरुङले सपथ ग्रहण गराएका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डण्ड गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका संघका महासचिव गजुरधन राई, नेपाल पत्रकार महासंघका पुर्व महासचिव उजिर मगर लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता फोनिज जिल्ला शाखाकी अध्यक्ष मिरा राजभण्डारी अमात्यले गरेकी थिइन् ।

जनजाति पत्रकार महासंघको छैंठौं महाधिबेशन यही चैत्र २३ र २४ गते काठमाडौंमा हुने बताइएको छ ।
–लक्ष्मी चौधरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here