काठमाडौंले मेराे कर्णाली नदेख्दाे रहेछ

0
456

गिरुप्रसाद बुढा

थानकोट देखि उता रहेकाे
शान्त र सुरम्य कर्णालीकाे गाउँ बाट
काठमाडौं भेट्न अाएकाे म
थानकोट छिरे पछि थाहा पाए
काठमाडौंकाे शहरले
मेरा रहरहरु पूरा गर्न नसक्दाे रहेछ
मेरा सपनाको अर्थ नबुझ्दाेरहेछ

कर्णाली तिरै डाँफे चरा सँग हुर्केकाे म
कलकल बग्ने खाेला सँगै दाैडेकाे म
थानकाेट छिरे पछि थाहा पाए
विचरा काठमाडौंले यहाँ
ट्राफिक जामकाे सास्ती खेप्दाेरहेछ
काेलाहल र दुर्गन्ध बाेक्दाेरहेछ

मनाेरम स्थलमा फुलेका
बुकी फूलहरु सँगै
जीबनकाे गीत सुसेल्दै अाएकाे म
थानकाेट छिरेपछि थाहा पाए
युवाहरूको मृत्युु बाेकेर काठको बाकस
अन्तर्राष्ट्रिय विमानस्थलमा शैर गर्दाेरहेछ
तस्करहरु र माफियाहरुकाे
विगविगी चल्दाेरहेछ

राँखुलीकाे छेउमा रहेकाे
एउटा छाप्रे स्कुलमा
भुईमै बसेर कखरा सिकेकाे म
थानकाेट छिरेपछि थाहा पाए
यहाँका अग्ला कलेजहरुमा
गरिबका छाेराछाेरीहरुले टेक्न नसक्दारहेछन्
ठूला ठूला अस्पतालहरु
निर्धाहरुका निम्ति व्यार्थरहेछन्

कर्णालीमा फुलेकाे
काेईरालाेकाे बाेटमुनि बसेर
काेईली चरी सँगै
काठमाडौंकाे प्रसंसामा कविता लेख्दै अाएकाे म
थानकाेट छिरेपछि थाहा पाए
काठमाडौंले मेराे कविता नबुझ्दाे रहेछ
उ त्याे थानकाेटले छेकेर हाेला
काठमाडौंले मेराे कर्णाली नदेख्दाे रहेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here