काङ्ग्रेसद्वारा सङ्घर्षको घोषणा

0
224

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद र सडक सङ्घर्षका कार्यक्रम अघि सारेको छ । बहुुमतका नाममा सरकारले अधिनायकबादी रवैया देखाएको भन्दै काङ्ग्रेसले यही साउन ३ गतेदेखि सङ्घर्षको घोषणा गरेको हो ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत प्रा.डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकवादी शैली विरुद्ध काङ्ग्रेसले असार ३ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । त्यस क्रममा साउन १५ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिने भएको छ ।

पार्टी मुख्यालय सानेपामा मङ्गलबार पार्टीका भ्रातृ तथा शुुभेच्छुक संस्थाका प्रमुुखसागको बैठकमा उपसभापति विमलेन्द्र निधिले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्, जस अनुुसार साउन ३ गते संसद अवरुद्ध गर्ने र सोही दिन सडकमा विरोध प्रदर्शन गरिने छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभामा पनि माथेमा कार्यदलको प्रतिवेदनका आधारमा यस अघि नै संसदमा दर्ता गराइएको चिकित्सा शिक्षा विधेयक हुुबहुु पारित गर्नु पर्ने भन्दै सांसदहरुले विरोध गर्ने कार्यक्रम रहेको छ । सोही दिन नेपाल चिकित्सक सङ्घ र प्रजातन्त्रवादी प्राध्यापक सङ्घको अगुवाइमा माइतीघर मण्डलाबाट सुरु हुने विरोध प्रदर्शन नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा अगाडि पुुगेर कोणसभा गरिने छ । विरोध प्रदर्शनमा काङ्ग्रेसले आफ्ना सबै भ्रातृ तथा शुुभेच्छुक संस्थाका सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

काङ्ग्रेस उपसभापति निधिले सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक कसैको स्वार्थमा ल्याएको भन्दै त्यसका विरुद्ध आन्दोलनमा जानु परेको बताए । अनसनरत डा. केसीको जीवनप्रति सरकार गैर जिम्मेवारपूर्ण ढङ्गबाट प्रस्तुत भएको भन्दै उनले केसीको स्वाथ्यमा तलमाथि भए सरकार नै जिम्मेवार हुनुु पर्ने उल्लेख गरे ।

चिकित्सा शिक्षाको विरोधमा तरुण दलले साउन ५ गते काठमाडौँमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी, साउन ६ गते बी.पी. कोइरालाको स्मृति दिवस अवसरमा केन्द्र र जिल्लामा विविध कार्यक्रम गरी मनाइने भएको छ ।

यसैबीच, चिकित्सा शिक्षा क्षेत्रका बेथिति विरुद्ध अनशनरत त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. गोविन्द केसीको पक्षमा प्रदर्शन गर्ने नेपाल विद्यार्थी सङ्घ कार्यकर्ता र प्रहरीबीच काठमाडौँमा झडप भएको छ । काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका नेविसङ्घ कार्यकर्ता र प्रहरीबीच मङ्गलवार दिउासो झपड भएको हो ।

झडपपछि नेविसङ्घ कार्यकर्ता नारा लगाउँदै बानेश्वरतर्फ लागेका छन् । प्रदर्शनकारीले डा. केसीका माग पुरा गर्न माग गर्दै सरकार विरुद्ध चर्को नाराबाजी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here