कांग्रेसद्वारा हावाहुरी पिडितको घर पुनर्निर्माणको लागि ४० लाख रुपियाँ राहत हस्तान्तरण

0
76

वैशाख ४, सिमरा । गत चैत्र १७ गते साँझ बारा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट पीडितहरुको घर पुनर्निर्माण लागि नेपाली कांग्रेसले बुधबार करिब ४० लाख रुपैयाँ हस्तान्तर गरेको छ ।

हस्तान्तर गरिएको उक्त रकम मध्ये २५ लाख कांग्रेस केन्द्रीय समितिको तर्फबाट सभापति शेरबादुर देउवाले घोषणा गरेको रकम हो भने ८ लाख रुपैयाँ प्रदेश नम्बर २ का जिल्ला कमिटीहरुबाट प्राप्त रकम हो । यसैगरी सांसद दिव्यराज भण्डारी बाट रु. दुइ लाख, नेपाली सम्पर्क समिति डेनमार्क बाट दुई लाख दश हजार रुपैयाँ, महेन्द्रनारायण स्मृति प्रतिष्ठानबाट दुई लाख रुपैयाँ र मकाउ जनसम्पर्क समितिबाट साठी हजार रुपैयाँ गरी जम्मा ३९ लाख ८० हजार रुपैयाँ नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले बुधबार कांग्रेसको बारा जिल्ला कमिटीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोग रकम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने वा कांग्रेस आफैले पुनर्निर्माणको काम गरेर पीडितलाई हस्तान्तरण गर्ने भन्नेमा काँग्रेसका २ प्रदेश जिल्ला सभापतिहरुमा मतभिन्नता भएपनि उक्त रकम प्रदेश सरकारलाई हस्तान्तरण गरिने कांग्रेस बारि जिल्ला सभापति जयजन्द्र चौरासियाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here