काँग्रेस र नेकपा परित्याग गरि राजमोमा प्रवेश

0
5439
बाग्लुङ । नेपाली काँग्रेस पैँयु थन्थाप पुर्व सचिव दल बहादुर राना र नेकपाका कृष्ण बहादुर थापा राष्ट्रिय जनमोर्चामा प्रबेश गर्नु भएको छ । प्रवेशी राना र थापालाई राष्ट्रिय जनमोर्चा जैमिनी –९ पैयुथन्थापले २०७५ असोज ३० गते बिजया दशमी, दिपावली एवं छठ पर्वको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा जनभेटघाट कार्यक्रमको सन्दर्भमा प्रमुख अतिथि माननीय कृष्ण थापाले अबिर र फूलमालाले स्वागत गर्नु भएको थियो । कार्यक्रम पैयुथन्थापको लाम्सुमा सम्पन्न गरेको थियो ।
गण्डकी प्रदेश सांसद तथा प्रदेश मामिला सभापति माननीय कृष्ण थापाले शुभकामना दिंदै हिंजो प्रतिबद्धता गरे अनुसार सरकारले काम गर्न नसकेकोमा आक्रोश व्यक्त गर्नु भयो । थापाले भन्नु भयो– “चाडपर्वको बेला करबृद्धि, महंगी र यातायातमा भाडा बृद्धि तथा सिण्डीकेटले जनतालाई मार पारेको छ । जनआकांक्षा बिपरित सरकार अगाडि बढ्ने हो भने जनताले यो महंगो व्यवस्था खारेज गरिदिने  छन् ।”
अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, अतिथि अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चा जैमिनी नगर अध्यक्ष डिलबहादुर श्रीस लगायतले कार्यक्रममा शुभकामना दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य लालबहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिका अध्यक्ष तथा जिल्ला सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल युवक संघ बागलुङका जिल्ला सदस्य यम पुन, वडा सदस्यहरु शान्तकला शर्मा, बिष्णुकला दर्जी, नविन थापा, दिलिप थापा, समाजसेवी दिपेन्द्र थापा लगायतको आतित्थ्यता रहेको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा जैमिनी–९ पैयु वडासमितिका अध्यक्ष मेघराज शर्माको अध्यक्षता, बिरेन्द्र थापाको सञ्चालन र शान्तकला शर्माको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here