काँग्रेसी गुण्डाहरुबाट राजमोका मेघनाथ विष्टमाथि कुटपिट

0
3080

भदौ २६, काठमाडौं । रोल्पामा काँग्रेसी गुण्डाहरुले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मेघनाथ विष्टमाथि कुटपिट भएको सो पार्टीका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले एक विज्ञप्ती जारी गरि बताउनु भएको छ ।

विज्ञप्तीमा उल्लेख भए अनुसार सो कुटपिटबाट विष्टकको नाक र आँखामा समेत गम्भीर चोट लागेको बताइएको छ । त्यस प्रकारको कुटपिटको कारणले विष्टले कैयौँ दिनसम्म बुटवलको मेडिटेक अस्पतालमा उपचार समेत गराउनु परेको थियो । उहाँमाथि भएको त्यस प्रकारको कुटपिटको कार्यलाई राष्ट्रिय जनमोर्चाले तीव्र शब्दमा भ्रत्सना गरेको छ ।

“वास्तवमा काँग्रेसका गुण्डाहरूले उहाँलाई हत्या गर्ने उद्देश्यले नै आक्रमण गरेका थिए ।” विष्टले बताए– तर मसँग भएका अन्य साथीहरूको सहयोगका कारणले बाचीयो ।”

उहाँमाथि भएको कुटपिटको कार्यलाई स्थानीय प्रशासन र प्रहरीले समेत गम्भीर रूपमा नलिएको विज्ञप्तीमा केसीले जनाउनु भएको छ । “हामीले उहाँमाथि भएको कुटपिटका लागि शीघ्र छानवीन गरी दोषिलाई कडा सजाय दिनुपर्ने आवश्यकता जोड दिन्छौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here