- मेघराज नेपाल, हाल अफ्गानिस्तान
हामीलाई प्राकृतिक बरदान मिलेको छ । तराइका फाट, हरियाली पहाड अनी सेता हिमाल । ठुला ठुला नदी, बन, जङल प्रसस्त मात्रामा जडि बुटी, खनिज बहुमुल्य धातु । हामी कुनै हिसाबले गरिब हुनु पर्ने कारण छैन । तर पनि ७० लाख नेपाली बिदेशमा छन् । निकै दुःख गर्छन् र पैसा नेपाल पठाउछन् । त्यसैमा उनीहरुको घर परिवार छोरा छोरी खुशी हुन्छन् । उनीहरुको खुशीमा आफ्नो खुशी देखेर चित्त बुझाउनु बाहेक नेपालीको लागि अर्को बिकल्प छैन ।
नेपालीको मौलिक अधिकार, सामाजिक न्याय नाममा मात्रै छन् । जत्ती बिदेशबाट पैसा भित्रिन्छ त्यो पैसा उत्पादन क्षेत्रमा लगानी गर्ने हो भने १० बर्षमा नेपालको अर्थतन्त्र बलियो हुनुको साथै स्वरोजगार हुनको लागि बातावरणसम्म तयार हुनेछ । राज्यले आफ्नो प्रशासनिक खर्चको कटौती गर्दै कृषि प्रयटक तथा दैनिकी उपभोग्य बस्तुको उत्पादनमा लगानी गर्दै निशुल्क शिक्षा स्वास्थ्य बनाउनको लागि सरकारी सेवा स्थापना गर्दै अघी बढे देशको बिकासलाई धेरै पर्खिनु पर्दैन । मन्त्री, प्रधानमन्त्री, राष्ट्रपती, उपराष्ट्रपती, न्यायधिश सबैले राष्ट्रको बारेमा एक पटक हृदयदेखि सोंचेर काम गर्ने हो भने भोलिको सन्तानले नेपालबाट पढ्न कै लागि बिदेशिनु पर्ने थिएन ।
कृषि प्रधान देशले २५ अरबको चामल किन्नु पर्ने थिएन । राज्यले कनिका छरे जस्तो नीति बनाएकै कारण नेपालको बिकास हुन नसकेको कुरा व्यबहार मै देखिदै आएको छ । ठुला ठुला नदीबाट हामीले हाम्रो देशको लागि कुनै किसिमको फाईदा लिनै सकेका छैनौं । भारतले हाम्रा नदी कब्जा गरेर आफ्नो जमिन सिचाई गरि तरकारी उत्पादन गरेर त्यही तरकारी नेपाल पठाउँछ । पानी पनि लग्यो पैसा पनि लग्यो । हाम्रो देशका सत्तासिन वर्गले संधैभरी जनतालाई झुक्याउन, ठग्न र उसैको पैसा खानमा नै तल्लिन छन् । त्यति मात्रैले नपुगेर विदेशी कै नीति नियम लागु गराउ नांगो प्रकारले अगाडि आउने गरेका छन् । महेन्द्र राजमार्ग, कोदारी राजमार्ग बनाउने महेन्द्रलाई एक नम्बरको दुश्मन मान्छन् । भारतसँग मिलेर योजना मै बिमती राख्छन् अनी भन्छन नेपाली जनताको लागि राजनीतिक गर्छौं ।
यीनीहरु कांगे्रस होस् या नक्कली कम्मुनिष्ट एकै सिक्काका दुई पाटा हुन् । यिनीहरुको नीति सिद्धान्त समान छ । निजिकरण, उद्दारिकरण यिनिहरु दलाल पुँजीवादी पार्टीका ठेकेदार हुन् । श्रमजिवी जनता जनसरोकार यिनिहरुको बिषय नै होइन । नातागोता, भाई भजिता भन्दा बाहिर यिनिहरु जानै सक्दैनै चाहदैनन् । हेर्दाहेर्दै बुढो हुन पो लागियो देशको मुहार फेर्न फेरी मेरा संततिले कुर्नु पर्ने जस्तो देखिन थाल्यो । तर मेरा संततिले त बिदेश जाने उतै आफ्नो संसार बनाउने योजना पो बनाउँदैछन् । अब यो देश बनाउने कसले हो त ? किन नेपालको जनता पलायन हुन थाल्यो ? हामीले यि लुटेरा, भ्रस्टाचारीहरुलाई चिन्न सकेनौ ? के हामीहरु सधैं यही बिदेशबाट सबै चिज हेरेर बस्ने ? के हाम्रो देश कहिलै परिवर्तन हुनै सक्दैन ? के एक जना राजनेता मेरो देशले पाउन सक्दैन ? मनभरी कुरा खेल्छन्, निद्रा पर्दैन ।
अफ्गानिस्तानको बसाइ पनि लामो भयो । यो भु–परिबेस्ठित देश लडाईंको मैदान भएको पनि ५० बर्ष पुग्न लाग्यो । तर यहाँ कै जनता किन यस्तो भैरहेको छ भन्ने कुराको जानकार छैनन् । यहाँ हजारा समुदाय माथि कत्लेआम भएको छ । स्कुल, कालेज, रेस्टुराँ, विवाह समारोह यहाँ दैनिकी हमला हुन्छ । यिनिहरु कुन अपराधको सजाय भोगिरहेका छन् यिनिहरुलाई नै थाहा छैन । यो देशको सीमा छोटा मुलुकसँग जोडीएको छ । नेपाल जस्तो बाध्यताकारी परिस्थिती अफ्गानिस्तानको छैन । तर पनि यहाँबाट यो खुनी लडाईं समाप्त पार्न आजसम्म कसैले सकेको छैन । पहिले पहिले यहाँ जातीय लडाईं भयो, अहिले धार्मिक भैरहेकोछ । सिया र सुन्नी । भोली नेपालको लागि यही अवस्था ल्याउन यहाँ रहेका कतिपय व्यक्तिहरु नै अग्रसर छन् । कसैलाई गुरुङको राज्य, कसैलाई थारुको राज्य, कसैलाई मगरको राज्य, अनी कसैलाई बाहुनको राज्य, गर्दै सम्पूर्ण जनतालाई आ–आफ्नो राज्य चाहिएको छ । तर नेपाल कसैलाई चाहियको छैन ।