कसरी पुग्छन् नेपालीहरु सपनाको देश जापान ? एक पढौं रक्तिमका कलाकारको अनुभव 

0
378

नविन बस्याल

            जापान आफैमा बिकसित र बैज्ञानिक प्रविधिको क्षेत्रमा अगाडी भएको मुलुक हो । जापान नाम आफैमा काफी मान्छन् । करीब ८० हजार नेपालीहरु जापानमा रहेको तथ्यांकले बताउँछ । उनीहरु विभिन्न व्यापार–व्यवसाय, अध्ययन र रेस्टुरण्टहरुमा कामदारको रुपमा जापान छिरेका छन् ।

             मनमा हजारौं सुन्दर सपना बोकेर त्रिभुवन बिमानस्थल काठमाडांैको ठुलो जहाँजभित्र छिरिसकेपछी आफैलाई सम्पन्न मान्छन् । नेपालीहरु जबकी उनीहरुलाई यहाँको रहन सहन उठन बसन खटन पटन भाषा संस्कृर्तीको विद्यार्थी भिषामा जापान प्रवेष गर्नेहरु थोरै भाषा मात्र सिकेका हुन्छन । रेस्टुरेण्टमा काम गर्ने लेवर भिषामा आउने नेपालीहरु कम मात्रामा भाषा सिकेर आफ्नो यात्रा प्रस्थान गरेका हुन्छन् ।
                 मनमा भविष्यका मिठा र सुन्दर सपना बोकेर करीब १२/१३ लाख खर्च गरेर त्यो निलो आकाश माथी जहाँजमा उड्दा आफु कुनै ठुलो सफलता प्राप्त गरेको महशुस गरिरहेका हुन्छन् । किनकी हामी नेपालीहरुलाई हाम्रो नेपाल सरकारले गास बास कपासको ग्यारंटीको ब्यबस्था नहुँदा श्रमजिवी युवाहरु प्रवासिन बाध्य छन् । त्यसैको एउटा ठूलो महत्वाकांक्षा भित्र पर्दछ जापान ।
                   मान्छे आफैमा आत्मनिर्भर प्राणी हो, तर हाम्रो देशको राज्य ब्यबस्था सञ्चालकहरुबाट नै हुने चर्को शोषणले सपनाको देश पुगेकाहरुलाई पछि छोडेको छैन । दिनहुँ गरिब जनताको पसिना माथी राज गरेर सत्ता चलाइरहनेहरुले विश्वको जुनसुकै कुना पुगेर पनि श्रम बेच्नेहरु समेत भने पछी झन गरिब हुँदै बन्दै गएका प्रसस्त उदाहरणहरु छन् ।
                   गास, बास, कपास निरन्तरताको आशमा नेपाली जनताहरु थुप्रै प्रकारका आन्दोलनमा लाग्ने गरेका इतिहास हामी सामु छँदैछन् । तर हिजो हाम्रो जिजुबाजे, हाम्रा बाबा–आमाले राणा शासन, पञ्चायती ब्यबस्था, राजाराजौटाहरुको एकलौटी शासनसत्ताको अधिनस्त जीबन यापन गरेका थिए ।
           तर आजको पुस्ता परिबर्तित सरकार चाहन्छ । त्यही आशामा भिबिन्न आन्दोलनहरुमा जीबन फालेका पनि छन् । नयाँ र परिवर्तनको आशमा नेपालीहरु युवाहरुले हिंजो माओबादीको नेतृत्वमा १० बर्षे शसत्र युद्धमा होमिए । त्यो युद्धमा कैयौं बौद्धिकदेखि सिधासाधा जनताले अमूल्य ज्यान गुमाएका छन् । हजारौं आमाका काख रित्तीय, हजारौं चेलिका सिन्दूर पूछिए, हजारौं घाइते, अपांग आज पनि सरकारी अस्पतालको सैयाबाट गुहार लगाइरहेका छन् । त्यस्तै धेरै बेपत्ता परिवार आफ्नो सन्तानको खोजिमा रुदारूदै आँशु सुकाई सकेका छन् । तर त्यो संघर्ष पनि जनताको पक्षमा नभई सिमित नेताहरुको पक्ष पोषण मै निहित रहन पुग्यो ।
            २०६२–६३ को जनआन्दोलन भयो । देशमा, गणतन्त्र र लोकतन्त्रको स्थापना २४० बर्षे राजतन्त्रको अन्त्यको लडाई भनि भित्ताभित्तामा लेखियो र राजतन्त्रको अन्त्य भयो । दुई–दुई पटक संबिधानसभाको चुनाव गहराइयो देशमा जनताको पक्षमा नयाँ संबिधान निर्माण गर्ने ठूलो आशा सपना सहित राता झण्डा उठाउनेहरुलाई सत्तामा पठाए तर एउटा राजा पालेका जनताले धेरै राजाहरु पाल्नका लागि कर बृद्धिको मार खेप्नु परेको छ ।
                राजनीतिक पार्टीहरुले सत्तामा पुग्ने र सत्ताको रसस्वादन गर्न कै लागि पनि श्रमविक्रिका लागि नेपालीहरुलाई वैदेशिक रोजगारको नाममा युवाहरुलाई पलायन गराएका छन् । त्यसको एउटा महत्वका साथमा हेरिएको स्थान जापान हो । बिकाश निर्माण परिवर्तनका आशामा बिभिन्न आन्दोलनमा रहेर काम गरेका हजारौं नेपालीहरु करीब करीब ८० हजार जति जापानमा भएको मिडिया सार्वजनिक सञ्जालहरुमा भेटिन्छन् ।
            ति नेपालीहरु सात समुन्द्र टाढा भए पनि देशप्रतिको आगाध मायाँ भएकाहरु नै हुन् । मनमा सुन्दर सपना जीबनमा सहजपूर्ण घर परिवार चलाउन सकिने आशामा पुगेका छन् नेपालीहरु सपनाको देश जापानमा । तर दुःखका साथ भन्नु पर्दा हाम्रै देशको राज्यव्यवस्था संचालकहरुको नियतमा परिवर्तन नआएसम्म सपनाको देश पुगेकाहरुको पनि अवस्था उस्तै उस्तै हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here