कविता: सयौ फुल फुल्न देउ

0
100

-बिशाल दर्लामी

लालिगुरास फुल्ने बनमा
चम्पाचमेली फुल्न सक्छ
पैयु फुल्ने लेकमा
सुर्यमुखी फुल्न सक्छ
बुकि फुल्ने फाँटमा
सयपत्री फुल्न सक्छ
हजारी फुल्ने गमलामा
लिलि फुल्न सक्छ
गुलाब फुल्ने पाखामा
लालुपाते फुल्न सक्छ
बारमासे फुल्ने डाडामा
केतुकी फुल्न सक्छ
सुनगाभा फुल्ने जङ्गलमा
गुरधौली फुल्न सक्छ
मखमली फुल्ने आगनमा
कमलफुल फुल्न सक्छ
हो, बगैचामा सयौ फुल फुलाऔ
फुल प्रकृतीको पहिचान हो
सयौ फुलहरु रोपौ
फुलको हागा नभाचौ
फुलको जरा नचलाऔ
फुल फुलाऔ,सुगन्ध छरौ
सयौ फुल फुल्न दिऔ !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here