कविता: ‘मेरा बा’

0
94

-पावेल शर्मा
जैमुनी ७ बाग्लुङ, हाल-युएई

मेरा बा सधैं सधैं
रोग भोक र शोकमा
प्रत्येक झुस्मुसेमै घरबाट निस्कनुहुन्छ
र निधारभरी दुखका प्याला बोकि
झमक्क झम्केसाँझ पर्दा मात्रै
सधैं झै उस्तैगरि घरमा फिर्नुहुन्छ।

पहिले बाल सुलभ दिनमा
बाबाको दैनिकिले मलाई घोचेन
जब मेरो उमेर सङ्गै हाम्रा घरका
भोका पेटहरुको आकार बड्दै गए
जसपछी सङ्गै खेल्ने साहुका छोराहरु
म भन्दा टाढा टाढा दुरि सर्दै गए
जसले म भित्रदेखी एउटा
मनोबिज्ञानको उत्पत्ति भयो।

बाबाको त्यो फाटेको धोती
अनि शिरमा च्यातिएको टोपी,
आँङ ह्वाङ्गै देखिने मक्किएको कमिज
र झुम्रोको तुनावाला हात्तिछाप चप्पल
अथाहा पिर र ब्यथामा आकुलव्याकुल झै
सधै उस्तै नियास्रो अनि खिन्न सक्कल।

प्रत्येक हिउँदमा हाम्रो घरभित्र
जुनताराहरु मझेरी र चुलोमा उदाउँछन
मङ्सिर पौषको फुसफुसे सितले भिजाई
लुगलुग आङ भै दाह्रा किटाउँछन
हाम्रो सुन्दर भबिस्यको कल्पनामा
यिनै ब्यथाहरुको भारी बोकि मेरा बा
बनाईएका मुल्यहिन हात पाखुरा खियाई
साहुका अधियाँ खेतमा दिन बिताउँछन।

ए शासकहरु हो भन?
तर नि मेरा बाको,
लाज धाक्ने किन लगौटी छैन?
आङ फेर्ने किन धोती छैन?
पाउमा लगाउने किन चप्पल छैनन?
खुईलिएको शिर धाक्ने किन टोपी छैन?

ए शासक प्रशासक हरु!
अब ममा कत्ती दुबिधा छैन
तिमी भित्र बास्तबमै अक्कल छैन
समानताको रथ फलाकेर कुर्चिमा पुग्छौ
तर शासकमा हुनुपर्ने एकचिम्टी सक्कल छैन।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here