कविता: भाईलाई घर फर्कन आव्हान

0
193

 – नीलिमा पुन

भाइ तिम्रो मुहार हेर्ने
आमालाई साह्रै धोको छ रे
त्यही धोको पुरा नहुँदा
आमाको मन रोएको छ रे
फर्कन भाइ अब त
आमाको आँखा बस्नै थालिसक्यो

तिमीले आमा भनेको सुन्ने पनि
आमालाई साह्रै धोको छ रे
त्यही धोको पूरा नहुदा
आमाको मन रोएको छ रे
फर्कन भाइ अब त
आमाकाे कान नसुन्ने हुन थालिसक्यो

तिमीसँगै बसेर खाने
आमालाई साह्रै धोको छ रे
त्यही धोको पुरा नहुँदा
आमाको मन रोएको छ रे
फर्कन भाइ अब त
आमाको हातखुट्टा नचल्ने हुन थालिसक्यो

तिमीसँगै रमाउने
आमालाई साह्रै धोको छ रे
त्यही धोको पूरा नहुँदा
आमाको मन रोएको छ रे
फर्कन भाइ अब त
आमाको रहर मर्न थालिसक्यो

तिमीसँग सँगै बस्ने
आमालाई साह्रै धोको छ रे
त्यही धोको पुरा नहुँदा
आमाको मन रोएको छ रे
फर्कन भाइ अब त
आमाको आश मर्न थालिसक्यो

तिमीलाई भन्ने धेरै कुरा
आमाको मनमा बाँकी छन् रे
त्यही भन्न नपाउदा
आमाको मन रोएको छ रे
फर्कन भाइ अब त
आमाको बाेलि सुक्न थालिसक्यो

तिम्रो काखमा मर्ने
आमालाई ठुलो धोको छ रे
त्यही धोको मनमा रहँदा
आमाको मन रोएको छ रे
फर्कन भाइ अब त
आमाको सास रोकिन थालिसक्यो

साभार: रातो लालटिन डटकम

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here