कविता : क्रान्ती चरी तिमी

0
28

-मानबहादुर भण्डारी

खुल्ला आकाशमा बेग मार्ने क्रान्ती चरी तिमी
आज घाइते बनी बन्द पिँजडामा थुनिएका छौ
तिम्रो आँट तिम्रो शाहस अनि त्यो कला त्यो गला
गाउँ बस्ती शहर चोक गल्ली बस्तिमा घन्किनु पर्ने
तर तिम्रो उच्छ बेग आँट र हिक्मत देखि तर्सियर
तिमिलाई एक्लाइएको छ तिम्रा पखेटा काटिएको छ
चाहेर पनि उड्न नसक्ने गरि पिँजडामा थुनियको छ
कति रहर लाग्छ होला है स्वतन्त्र भई उच्छ बेग मार्न
कति चित्त फाटेको होला है पिँजराको कैदी बन्दा
हो यहाँ बाङ्गोलाई होइन सोझोलाई पहिला काटिन्छ
गफााडिहरुलाई काँध बोकिन्छ काम गर्नेलाई थेचारिन्छ
किन कि तिम्रो सुरिलो स्वरले यिनिहरुलाई पीडा हुन्छ
तिम्रा सुन्दर नृत्यले यिनिहरुको मन अमिलो पिरो हुन्छ
जनतामा तिमी स्थापित हुँदा आफू बिस्थापित हुने डरले
जनतामा तिम्रो उचाइ बढ्दा आफ्नो उचाई घट्ने डरले
आज तिमी थुनिएका हेपिएका पिँजडाका कैदी भएका छौ
तर तिम्रो खोजी तिब्र भएको छ सबैले निहालिरहेका छ्न
तिम्रा अन्याय अत्याचारका बिरुद्ध आवाज उठिरहेकाछ्न
आफुलाई खुबै महान ठानिअरुको हुर्मत काड्नेहरुका
निरास उदास मलिन अनुहारहरु कम्ता हेर्न लायक छ्न
फेरि पनि षडयन्त्र रचि तिमिलाइ दोषी साबित गर्न
शिर देखि पाउसम्मको बल प्रयोगगर्ने दुस्साहस गरेकाछ्न
तर क्रान्तिचरी तिमी निरास हतास उदास हुनु पर्दैन
यक्लो सम्झी आफुलाइ पिंँजडा भित्र अब तिमी रुनु पर्दैन
पिँजडा तोडि तिमिलाई आजाद गराउन हुरि चलेकोछ
आँधीको तिब्रता हुर्किरहेको छ,मेघ उत्पात गर्जी रहेको छ
नदिको बेग बढ्दैछ सामुन्द्रीक ज्वाराभाट चलायमान छ
तोडिन्छ बन्धन टुट्छ पिँजडा आजाद हुने छ क्रान्तिचरी
बेगमारी तिब्र गतिले उड्नेछ सँसारै भरी हाम्रो क्रान्तिचरी ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here