कविता: अमान्छे !

0
6

-नरबहादुर वि.क.
उ तअ मान्छे हो
तिम्रो दृष्टिमा
कालो कुरूप उ
हेरत उसका हातहरु !
अहो कस्तो फोहोर कालो कोइला जस्तो
कलेटी परेको उसको भोटो पनि
उ त अमान्छे ?
आरनको धुलोमा ,मेसिनको सियोमा ,मादलको तुनामा
पौठेजोरी खेल्ने त्यो अमान्छे !
एक पेटको लागि
जिन्दगीलाई किट पारेर
खोटो जिन्दगि बाचिरहने
त्यो अमान्छे !बुढा पाकाहरु
तन्नेरी तरुनी हरु
सबैतिरबाट कहलियको
यो समाजले
देशले कानुनले परिभाषित गरेको
त्यो अमान्छे !
तर
तर यहाँ त
त्यो अमान्छेकी छोरी गोमा
आहा !कति राम्री बाहुनी जस्ती
हर्लक्क बढेकी
सर्लक्क परेकी
जिउडाल मिलेकी
बुढा पाकाहरुको
तन्नेरी स्वाठहरुको
नजरमा परेकी
त्यहि गोमा मान्छे जस्तै !
अ हो उ त !!!!!
चौध वर्ष नपुग्दै
मान्छे भनाउदाहरुको
गिद्दे दृष्टिमा परेकी
गोमा अमान्छे कि छोरी !
आफ्नै बाबु त्यही अमान्छेको अगाडी
मान्छे भनाउदा हरुको
खुनी पन्जामा परिसकिछ
सर्वस्व गुमायर आफ्नो जिबनको आज
बेवारिसे नासो लियर बाच्न बिबस छ उ
तर अपशोच !!!!
उ पनि त आज अमान्छे भैछे
समाज को आगाडी
छि..छि र दुरदुर मा
बाच्न बिबस छ उ
चौध बर्ष मा मान्छे भयर
पन्ध्र बर्ष मा अमान्छे उ ?
खबरदार नछोउ हजारौ गोमा हरुलाई
नगर परिभाषा अमान्छे को
हजारौ गोमाका बाबुहरुलाई
इतिहास एक दिन साँची बस्ने छ यहाँ
को हो मान्छे को अमान्छे |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here