कविताको शालिक

0
268

पराजित पोमु

भानुभक्त बाजेको
ठिक शालिक मुनि उभिएर
कविताको इनार खनिरहेछु -पुनरावृत्तिको
ऊभ्याउनु छ शिवलिङ्ग -नाप्नु छ आफ्नो लिङ्ग

उहिले-उहिले
संस्कृत भाषा पढ्न,लेख्न जान्नेहरु
महाकवि, आदिकवि, आँशुकवि भए
अलि-अलि पाश्चात्य भाषामा ज्ञान हुनेहरु
कविसम्म भए
दुवै भाषा नबुझने-आदिम मानक हामी
दुदीलोको हाँगामाथि चढेर पिपिरी बजाउदै
विचारको रंग घोलेर
विनिर्मित पूर्ण चित्र कोरी रहेका छौँ-मौलिकताको

ऊ पर
पुरानो याक्साको चिम्निमाथि
धुवाँका च्यामवरहरू भित्र
युमा सामको मधुरो कार्बन छाया

कसैलाई नसुनाउनु भनेको आमाको दन्तय कथामा
बिद्रोह गदैँछु-म
खोज्छु,
समयले चपाएको बराजुको बङगरा
भुगोलभित्र हराएको बाजेको कुर्कुचा

लाखौँ माइल यात्रामा थाकेर आएको
प्यासै प्यासमा भौँतारीएको यात्री
धर्म कुवाको पानीले
प्यास मेट्छ कि मेटिन्दैन रु ?
सागुरो घेरा लाएर घेरिएको
वर पिपलको चौँतारीमा
शितल्ताको थकाई मर्छ कि मर्दैन् र ?
अग्लो डाडामाथिबाट हेर्नू छ
पूर्णिमाको सोलोगोलो चन्द्रमा
इन्द्रेनीमा सातरङ्ग मिसिएको रङ्ग

र..
आदिम लेवासेन फूलहरु छरेर
पोरकमी यम्फामीको बगैचा सजाऊनु छ
त्यही उभ्याउनु छ
कविताको एउटा शालिक ।

धरान -१६
हाल कोरिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here