कविताः पक्कै आउने छ सुनौलो बिहानी

0
111

कविता

-मानबहादुर भण्डारी

कोरोनाको बिश्वब्यापी महामारी बनेको छ कहर
सुनसान छन गाँउबस्ती सुनसान छन सारा शहर ।

लाखौ जनता कोरोनाको सँक्रमणले छटपटिँदा
हजारौ जनताहरु मृत्युको बलिभेदिमा चढिँदा ।

हाहाकार छ चारै तिर ठप्प छ जिउने सारा आधार
कालो कोरोनाले डम्म ढाकेको छ दुनियाँ सारा संसार ।

एकातिर कोरोनाले मृत्युको ताण्डव नृत्य नाचिरहेछ
अर्को्तिर भोकप्यासले आक्रान्त जीवन हुन्डुरी मच्चाइ रहेछ ।

जाउँ कहाँ जाउँ,जाने कुनै ठाउँ छैन मन आत्तिइ रहेकोछ
भित्रभित्रै उकुसमुकुस धैर्यताको बाँध क्रमश भत्किरहेको छ ।

नत खाने गतिलो गाँस छ नत बस्ने आधारिलो कुनै बाँस छ
केवल मनमा हतास छ सोँच्छु गरिबी जिवनको सत्यानास छ ।

नत गर्नलाई कुनै काम छ नत गोजिमा प्रसस्त दाम छ
राहतको केवल मात्र नाम छ त्यही राहतमा पनि छलछाम छ ।

झन ठूलो पीडा लिएर आउँदै छ हाहाकार बनी भोकमरी
कसो गरि बाँचियलार झनठुलो पिर मच्चियको छ मनभरि ।

कोरोनाबाट बाँचिए पनि भोकमरीले मार्ने हो कि कतै
गरिबिले आहत जीवन झन ढुङ्गामा लागि पछार्ने हो कि कतै।

कसैगरी बाँच्नुछ ,कसै गरि जित्नु छ कोरोनालाई मिलि हामि
सँयमता अपनाएर ,प्रतिबद्धभई अपनाउँ सबैमिलि सावधानी ।

जे जे पर्छ पर्छ गर्दै जाने हो हामी सबैले मिलेर सामना
हट्ने छ कालो अँध्यारो रात पक्कै आउने छ सुनौलो बिहानी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here