करवृद्धिको विरोधमा घेराउ

0
265

धनगढी । राष्ट्रिय जनमोर्चा कैलालीले स्थानीय तहले जनताको ढाड सेक्नेगरी करवृद्धि गरेको भन्दै विरोध जनाएको छ । राजमोले अनावश्यक करवृद्धि गर्ने स्थानीय तह घेराउ गर्न थालेको छ । राजमोको अभियानलाई स्थानीय जनताले समेत साथ दिएका छन् ।

सोही सिलसिलामा २०७५ भाद्र २० गतेका दिन कैलालीको जानकी गाउँपालिका घेराउ गरिएको थियो । राजमोका सयौा नेता कार्यकर्ता सहित उपस्थित स्थानीय जनताले गाउँपालिकाको कर आतङ्क विरुद्ध नारावाजी समेत गरेको थिए ।

घेराउपछि आयोजित सभालाई राजमोका जिल्ला अध्यक्ष लक्षिराम आचार्यले सम्बोधन गर्दै सङ्घीयताका कारण अनावश्यक करवृद्धि गरिएको भन्दै सङ्घीयताका कारण जनताको ढाड सेक्नेगरी कर बढाइएको धारणा राख्नु भएको थियो । आचार्यले अहिले करवृद्धि विरुद्ध गाउँपालिका घेराउ गरिए पनि आन्दोलन सङ्घीयता खारेज नभएसम्म जारी रहने चेतावनी दिनु भयो । सभामा राजमो कैलाली जिल्ला कोषाध्यक्ष मिलन शाही र सदस्य रामकृष्ण रेग्मी लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here