करवृद्धिका विरुद्ध संयुक्त सङ्घर्ष

0
112

रत्ननगर, चितवन । जनताको जनजीवनलाई नै अस्तव्यस्त पार्ने गरी स्थानीय तहले करवृद्धि गरेपछि रत्ननगर नगरपालिका चितवनमा राजनैतिक दलहरु आन्दोलित भएका छन् । राष्ट्रिय जनमोर्चा समेतका विभिन्न सात राजनैतिक सङ्गठनहरुले रत्ननगरमा करवृद्धि, र नगरपालिकाको एकाङ्की र अनुदार नीतिका विरुद्ध संयुक्त सङ्घर्ष अघि बढाएका हुन् ।

संयुक्त सङ्घर्ष समिति रत्ननगरले २०७५ साउन १४ गतेदेखि संयुक्त सङ्घर्ष अगाडि बढाइरहेको छ । समितिले १४ साउनमा एक विज्ञप्ती जारी गर्दै वृद्धि गरिएको कर घटाउनु पर्ने लगायतका ११ बुँदे माग अघि सारेको थियो । ती मागहरु पुरा गर्न संयुक्त सङ्घर्ष समितिले एक हप्ताको अल्टिमेटम दिएको थियो । नगरपालिकाले सोही समयभित्र उक्त माग पुरा नगरेपछि समितिले २२ साउनमा पुनः अर्को विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । घोषित कार्यक्रम अन्तर्गत संयुक्त सङ्घर्ष समितिले २३ साउनमा रत्ननगर नगरपालिकाका सबै वडामा पुगेर नगरपालिकाले बढाएको कर नतिर्न स्थानीय जनतालाई आह्वान गरेको थियो । २४ गते बिहान १० देखि ११ सम्म नगरपालिकाको राजस्व शाखा घेराउ गरिएको थियो भने २५ गते विरोध प्रदर्शन गर्दै जुलुशले बजार परिक्रमा गरी नगरपालिकाको गेटमा पुगेर कोणसभा सम्पन्न गरिएको थियो । समितिले २७ साउनदेखि नगरपालिकाको परिसरभित्रै रिले अनसन सुरु गरेको छ । अनसनको दोस्रो दिन नगर प्रमुखले एक विज्ञप्ती जारी गर्दै आन्दोलनरत दलहरुस“ग वार्ता गर्न आफूहरुले वार्ता समिति गठन गरेको बताएका थिए । तर आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले २८ साउनमा नै पुनः एक विज्ञप्ती जारी गर्दै “कर्मचारी नेतृत्वको वार्ता टोलीस“ग आफूहरुले वार्ता नगर्ने” बताएको छ ।

रत्ननगर नगरपालिकाको एकाङ्की र अनुदार नीति तथा करवृद्धिका विरुद्ध संयुक्त सङ्घर्ष अगाडि बढाइरहेको सो समितिमा राष्ट्रिय जनमोर्चा रत्ननगरका अध्यक्ष मेघराज ढकाल, देशभक्त जनतान्त्रिक मोर्चा नेपालका रत्ननगर नगर समिति अध्यक्ष मोदनाथ मरहठ्ठी, नेकपा (माले) रत्ननगरका सचिव रामहरि लम्साल नया“ शक्ति नेपाल रत्ननगरका इन्चार्ज जनार्दन द्वारी, नेपाली काङ्ग्रेस रत्नगरका सभापति रूपकराज घिमिरे, राप्रपा रत्ननगरका अध्यक्ष पिताम्बर आचार्य र राप्रपा (प्रजातान्त्रिक) का रत्नगर नगर समिति अध्यक्ष गोविन्द प्रसाद अधिकारी रहनु भएको छ ।

“जनताको ढाड सेक्ने गरी बढाइएको कर वृद्धि फिर्ता र नगरपालिकाको एकाङ्की र अनुदार नीतिको अन्त्य नहुँदासम्म हाम्रो आन्दोलन जारी रहनेछ” राजमो रत्ननगर नगर समितिका अध्यक्ष तथा संयुक्त सङ्घर्ष समितिका सदस्य मेघराज ढकालले भन्नु भयो– “हामी चाहान्छौ“, नगरपालिकाले कर्मचारीको नेतृत्वमा होइन, नगर प्रमुखकै संयोजकत्वमा वार्ता टोली बनाउनु पर्छ । त्यसो भयो भने हामी पनि वार्तामा बस्न तयार छौ“ ।” –गीता नेपाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here