कम्युनिस्ट समाजमा युवकहरुका जिम्मेवारीहरू

0
2312

–लेनिन

साथीहरू, आज मैले युवा कम्युनिस्ट लिगका आधारभूत जिम्मेवारीहरूको बारेमा बताउन चाहन्छु र, त्यस सिलसिलामा समाजवादी जनतन्त्रमा युवक संगठनहरूको कामको स्वरूप कस्तो हुन्छ भन्ने बारेमा प्रकाश हाल्नेछु ।

कम्युनिस्ट समाजका वास्तविक जिम्मेवारीहरू युवकहरूले नै बहन गर्नुपर्दछ भनिने हुनाले यो प्रश्नबारे विचार गर्नुपर्ने झन् बढी आवश्यकता छ । किनकि श्रमिकहरूको जुन पिंढी त्यो पूँजीवादी समाजमा हुर्किएको छ, त्यसको आधार शोषण थियो । त्यसले बढीभन्दा बढी जीवनका पुराना पूँजीवादी शैलीहरूलाई समाप्त गर्र्ने दायित्व निर्वाह गर्दछ । त्यसले बढीभन्दा बढी त्यस्तो समाजको निर्माण गर्न सक्दछ, जसद्वारा श्रमिक वर्ग र सर्वहारा वर्गलाई शक्तिशाली बनिरहन र आप्mनो आधार सुदृढ बनाउन मद्दत मिलोस् तर त्यसको निर्माण त्यही पिंढीले मात्र गर्न सक्दछ, जुन मानिसद्वारा मानिसको शोषणमा आधारित सम्बन्धबाट मुक्त समाजको नयाँ परिस्थितिमा बाँचिरहेको हुन्छ ।

अनि, जहाँसम्म युवाहरूको दायित्वको प्रश्न छ, निश्चय नै जुन कुरा युवाहरूको मात्र, विशेष गरेर युवा कम्युनिस्ट लिग र अन्य सङ्गठनहरूको मात्र दायित्व मान्न सकिन्छ, त्यसबारे एउटै शब्द मात्र प्रयोग गर्न सकिन्छ — सिक ।

निश्चय नै यो खालि एउटा शब्द मात्र हो । यसले के सिक्ने, कसरी सिक्नेजस्ता कतिपय अत्यन्त आवश्यक प्रश्नहरूको उत्तर दिंदैन । यहाँ प्रश्न के हो भने पुरानो पूँजीवादी समाजको परिवर्तन हुनुको साथसाथै कम्युनिस्ट समाजको निर्माण गर्ने नयाँ पुस्तालाई पुरानै ढर्राले शिक्षित–दीक्षित र विकसित गर्न सकिन्न । युवाहरूलाई शिक्षित–दीक्षित गर्ने कामको थालनी पुरानो समाजका अवशेषहरूबाट शुरु गर्नुपर्नेछ । हामी ज्ञानको मात्रा, सङ्गठनहरू र संस्थानहरूको समग्रताको आधारमा तथा पुरानो समाजद्वारा विरासतको रूपमा प्राप्त जनशक्ति र साधनहरूलाई उपयोग गरेर साम्यवादको निर्माण गर्न सक्दछौं । हामीहरूले युवाहरू तथा उनीहरूका सङ्गठनहरू र उनीहरूको प्रशिक्षणमा क्रान्तिकारी परिवर्तन गरेर मात्र नयाँ पुस्ताको प्रयत्नबाट त्यस्तो समाजको निर्माण हुनेछ भन्ने कुरा सिद्ध गर्न सक्दछौं, कम्युनिस्ट समाज ती पुराना समाज जस्तो हुनेछैन । उनीहरूले आफूलाई युवा कम्युनिस्ट बनाउने कुरा सार्थक पार्न सकून् हामीहरूले सुरु गरेको काम उनीहरूले पूरा गर्न समर्थ होऊन् भनेर हामीहरूले युवाहरूलाई के सिकाउने र कसरी सिकाउने भन्ने प्रश्नको उत्तर खोज्नै पर्दछ ।

मेरो भनाइ के हो भने साम्यवादको दिशामा अग्रसर हुनचाहने युवा लिगका सदस्यहरू र आम युवाहरूले साम्यवाद बझ्नुपर्दछ भन्ने कुरा सबभन्दा सहज र सबैभन्दा पहिलो उत्तर हो । तर साम्यवाद बुझ्नुपर्दछ भने उत्तर ज्यादै सामान्य हो । साम्यवादलाई बुझ्नका लागि के कुराको आवश्यकता पर्दछ त ? सामान्य ज्ञानको सम्पूर्ण राशिमध्ये साम्यवादलाई बुझ्नका लागि कुन कुराको छुट्टै चीनो राख्ने ? त्यसरी प्रायशः साम्यवादलाई बुझ्ने दायित्वलाई गलतढङ्गले प्रस्तुत गर्नु वा ज्यादै एक पक्षीयढङ्गबाट त्यसलाई परिभाषित गर्नुको कारण थुपै्र खतराहरू उत्पन्न हुन्छन् ।

स्वभावतः मान्छेको मस्तिष्कमा सर्वप्रथम के विचार उत्पन्न हुन्छ भने साम्यवाद बुझ्नु भनेको थुपै्र सैद्धान्तिक ग्रन्थहरू, पुस्तकहरू र पुस्तिकाहरूमा रहेको ज्ञान हासिल गर्नु हो । तर साम्यवादलाई बुझ्ने यो परिभाषा एकपक्षीय र अपूरो छ । यदि साम्यवाद बुझ्नु भनेको खालि कतिपय साम्यवादी पुस्तक– पुस्तिकाहरूमा लेखिएका कुराहरू जान्नु मात्र हो भने त हामीहरूले धेरै सजिलेरी कम्युनिष्ट सिद्धान्तमा पारङ्गत वा डिब हाँक्नेहरू पाउँथ्यौं तर त्यसबाट खालि नोक्सानी मात्रै हुन्छ किनभने त्यसप्रकारका व्यक्तिहरूले कम्युनिस्ट सिद्धान्तका ग्रन्थहरू र पुस्तकहरूका पाठहरू रटिसकेपछि पनि बेग्लाबेग्लै शाखाहरूको समन्वय गर्न तथा वास्तविक कम्युनिस्ट पद्धतिबाट काम गर्न असमर्थ हुन्छन् ।

पुरानो पूँजीवादी समाजमा हाम्रो निम्ति सबैभन्दा दुर्भाग्य र सबैभन्दा खराब कुरा के छाडिदिएको छ भने पुस्तकहरू र व्यवहारिक जीवनबीच पूर्णतः अलगाव छ । हरेक कुराको बढीभन्दा राम्रो परिभाषा गर्ने कितावहरू हामीहरू पाउँछौं, तर ती धेरैजसो पुस्तकहरूमा ज्यादै खतरनाक र झूट एवं नक्कली, पूँजीवादी समाजका भूmटा विवरण भरिपूर्ण हुन्छन् ।

अतः साम्यवादका विषयमा खालि किताबी ज्ञान हासिल गर्नु मात्रै यथेष्ट हुन्छ भनेर सोंच्नु ठूलो गल्ती हुनेछ । प्रायशः साम्यवादका विषयमा जे कुरा भनिन्थ्यो, त्यो अहिले हाम्रा भाषण र लेखहरूमा ज्यादै कम दोहो¥याइन्छ । किनभने अहिले हाम्रा भाषण र लेखहरू सबै क्षेत्रमा दैनिक कामसित सम्बन्धित हुन्छन् । व्यवहार र संघर्षविनाका साम्यवादी कृतिहरू र पुस्तिकाहरूको किताबी ज्ञान एकदमै निरर्थक छ किनभने त्यसमा सिद्धान्त र व्यवहारबीचको पुरानो अलगाव, पुरानो पूँजीवादी समाजको नितान्त खराब लक्षण रहिरहन्छ ।

खालि साम्यवादी नाराहरूलाई आत्मसात मात्रै गर्ने कुरा त त्यसभन्दा पनि झन्बढी खतर्नाक हुन्छ । यदि हामीहरूले त्यो खतरालाई समयमै चिन्न सक्दैनथ्यौं भने पाँच वा दश लाख युवा–युवतीहरूले त्यो पद्धति सिकेर कम्युनिस्ट बन्नेथिए र उनीहरूले साम्यवादी उद्देश्यलाई खालि गम्भीररूपले हानी पु¥याउने मात्रै काम गरेका हुनेथिए ।

प्रश्न उठ्दछ ः साम्यवादको अध्ययनका लागि ती सबै कुराको सम्मिश्रण कसरी हुन सक्दछ त ? हामीहरूले पुराना शिक्षा संस्थानहरू र पुरानो ज्ञानबाट के–के कुरा स्वीकार गरौं ? पुराना शिक्षा संस्थानहरूको घोषित उद्देश्य हुन्थ्यो ः सर्वाङ्गीण शिक्षा दिनु, मानिसलाई सामान्य विज्ञानका शाखाहरूको शिक्षा दिनु । हामीहरूलाई त्यो एकदमै गलत थियो भन्ने कुरा थाह छ किनभने पुरानो समाज शोषक र शोषित वर्गीय विभेदबाट बनेको थियो र त्यसैमाथि आधारित थियो । त्यो समाज वर्गीय स्वार्थबाट पूर्णतः ग्रस्त भएको हुनाले पुराना शैक्षिक प्रतिष्ठानहरूले खालि पूँजीवादी वर्गका केटाकेटीहरूलाई मात्र शिक्षा दिन्थे । पूँजीवादी स्वार्थ पूरा गर्नका लागि हरेक शब्दमा मिथ्याकरण गर्ने गरिन्थ्यो । ती विद्यालयहरूमा पूँजीवादी वर्गको रुची अनुसार ढाल्ने र अनुशासित बनाउने जति कोशिश गरिन्थ्यो, त्यति किसान–मजदूरहरूका नयाँ पुस्ताका नानीहरूलाई शिक्षित बनाउने प्रयत्न गरिन्नथ्यो । उनीहरू पूँजीवादी वर्गका बफादार सेवक बन्न सकून्, त्यो वर्गको सुख– सुविधा भङ्ग नगरीकन उसका लागि पैदा गर्न सकून् भन्ने खालको उनीहरूलाई शिक्षा दिइन्थ्यो । त्यही कारण हो जहाँ पुरानो शिक्षा प्रणाली छोड्नुछ भने त्यहीं खालि वास्तविक साम्यवादी शिक्षाको लागि आवश्यक हुने शिक्षा मात्र ग्रहण गरियोस् भन्ने हाम्रो प्रयत्न पनि हो ।

यहाँ मलाई पुरानो शिक्षा पद्धतिमाथि निरन्तररूपमा लगाइने गरेका आक्षेपहरू र त्यसको निन्दा गर्ने कुरा याद आइरहन्छ, त्यसबाट प्रायशः गलत परिणाम निक्लिन्छ । पुराना स्कूलहरू खालि किताबी ज्ञानमा मात्र आधारित हुन्छन् । त्यहाँ खालि रट्ने र दल्ने मात्र व्यवहार हुन्छ । त्यो कुरा सही हो तर हामीहरूले पुरानो शिक्षा प्रणालीका राम्रा र नराम्रा कुराहरूबीच फरक गर्नुपर्दछ । त्यसरी हामीहरूले साम्यवादको निर्माणका लागि आवश्यक हुने चीज छुट्याउन सक्दछौं ।

पुरानो शिक्षा प्रणालीले विशुद्धरूपबाट किताबी ज्ञान दिन्थ्यो । त्यसमा विद्यार्थीहरूलाई अनुपयोगी, सतही र अनुत्पादक खालको शिक्षा दिइन्थ्यो । त्यसबाट उनीहरूको मस्तिष्कमा विखण्डन आउँथ्यो र, नयाँ पुस्तालाई एउटै साँचोमा ढालेर उनीहरूलाई नोकरशाह बनाइन्थ्यो । तर के सोंच्नु ठूलो भूल हुनेछ भने मानव जातिद्वारा अर्जित ज्ञानलाई नपचाईकन नै जो सुकै पनि कम्युनिस्ट बन्न सक्नेछ । जुन ज्ञानको मात्रा स्वयं साम्यवाद हो, त्यो प्राप्त नगरीकन कम्युनिस्ट नारा र कम्युनिस्ट विज्ञानको परिणाम सिक्नु यथेष्ट हुनेछ भन्ने सोंच्नु गलत हो । कसरी मानवीय ज्ञानको सम्पूर्णताबाट साम्यवादको जन्म भएको थियो भन्ने कुराको उदाहरण माक्र्सवाद हो ।

तपाईंहरूले के पढेको र सुनेको हुनुपर्दछ भने कम्युनिस्ट दर्शन — मुख्यतः माक्र्सद्वारा रचित कम्युनिस्ट विज्ञान, माक्र्सवादी सिद्धान्त — अहिले उन्नीसौं शदीको कुनै एउटा समाजवादीको मात्र कृृति रहेन, यद्यपि उहाँ स्वयं महान् प्रतिभा सम्पन्न हुनुहुन्थ्यो । आज यो विश्वका लाखौं र करोडौं सर्वहाराहरूको दर्शन बनिसकेको छ । यसलाई पूँजीवादका विरुद्ध हुने सब्घर्षमा उनीहरूले उपयोग गरिरहेका छन् । यदि तपाईंले सबैभन्दा क्रान्तिकारी वर्गका लाखौं–करोडौं जनसमुदायको मनलाई माक्र्सवादी दर्शनले कसरी जित्न सक्यो भनेर सोध्नुहुन्छ भने तपाईं उत्तर पाउनु हुनेछ ः त्यस्तो किन भएको हो भने माक्र्सले आफ्नो दर्शनलाई पूँजीवादअन्तर्गत अर्जित मानवीय ज्ञानको सुदृढ आधारमा खडा गर्नुभएको थियो । मानव समाजको विकासलाई सञ्चालन गर्ने सिद्धान्तहरूको अध्ययनपछि नै निश्चितरूपमा पूँजीवादबाट साम्यवादको विकास हुनेछ भनेर निष्कर्ष निकाल्नुभएको थियो । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने माक्र्सले पूँजीवादी समाजको महान् सूक्ष्म र विस्तृत अध्ययन तथा पहिलेको विज्ञानद्वारा प्राप्त हुने ज्ञानमा पूणृतः पारङ्गत भएपछि नै यो निष्कर्ष निकाल्नुभएको थियो । मानव समाजद्वारा रचित सबैथोकलाई लिएर माक्र्सले यस्तो आलोचनात्मक पुनर्गठन गर्नुभयो । त्यसमा कुनै पनि चीजको उपेक्षा गरिएको थिएन । माक्र्सले मानव बुद्धिद्वारा सिर्जित सम्पूर्ण ज्ञानलाई पुनर्मूल्यांकन गर्नुभएको थियो, त्यसको परीक्षण गर्नुभएको थियो तथा मजदूर आन्दोलनमा त्यसलाई लागू गरेर त्यसको वास्तविकता अनुसन्धान गर्नुभएको थियो र त्यसरी त्यस्तो निष्कर्ष निकाल्नु भएको थियो, जुन पूँजीवादी सीमाभित्र रहेका र पूँजीवादी पूर्वाग्रहबाट पीडित व्यक्तिहरूले गर्नु सम्भव थिएन ।

उदाहरणका लागि सर्वहारा संस्कृतिको कुरा गर्दाखेरि हामीहरूले यो कुरा अगाडि राख्नुपर्दछ । हामीहरूले यो समस्या त्यतिबेलासम्म सुल्झाउन सक्दैनौं, जतिबेलासम्म स्पष्टरूपले मानव जातिको समग्र विकासद्वारा पैदा भएको संस्कृतिको रूपान्तर र त्यसको सूक्ष्म ज्ञानद्वारा नै सर्वहारा संस्कृतिको निर्माण गर्न सकिन्छ । सर्वहारा संस्कृति हवामा पैदा हुन सक्दैन । जसले आफू स्वयंलाई सर्वहारा संस्कृतिका विशेषज्ञ ठान्दछन्, उनीहरूले त्यसको आविष्कार गर्न सक्दैनन् । त्यसप्रकारको दाबा गर्नु बकवास मात्र हुन्छ । पूँजीवादी, नोकरशाही र जमीनदारी प्रथाको जुवामा जोतिएर मानव जातिले जुन ज्ञान अर्जित गरेको छ, त्यसको तर्कसङ्गत परिणति हुनुपर्दछ — सर्वहारा संस्कृति । जसरी माक्र्सद्वारा पुनर्गठित राजनैतिक अर्थशास्त्रले हामीलाई मानव समाजलाई कहाँ पुर्याउने भन्ने कुरा सिकाएको छ, वर्ग–संघर्ष र सर्वहारा क्रान्तिको थालनीको मार्ग देखाएको छ, ठीक त्यसैगरी यी सबै मार्गहरूले सर्वहारा संस्कृतितिर लैजान्छन् र लगिरहेका छन् ।

प्रायशः युवा प्रतिनिधिहरू र नयाँ शिक्षा प्रणालीका प्रतिपादकहरूले पुरानो शिक्षा प्रणालीलाई के भनेर आलोचना गरेको पाइन्छ भने त्यो पद्धति रट्ने र रटाउने कुरामाथि निर्भर थियो । उनीहरूलाई हामीहरू के भन्दछौं भने हामीहरूले पुरानो शिक्षाको परम्पराबाट सम्पूर्ण असल कुराहरू सिक्नुपर्दछ । हामीलाई त्यस्तो शिक्षा प्रणाली चाहिन्न, जसले विद्यार्थीहरूका मस्तिष्कमा नौ भाग अनुपयुक्त हुने र बाँकी एकभाग पनि विकृत हुने खालले ज्ञान भरिदिन्छ । तर त्यसको अर्थ के होइन भने हामीहरूले आफू स्वयंलाई खालि कम्युनिस्ट निष्कर्षहरू र नारासम्म मात्र सीमित गरौं । हामीहरूले त्यसरी साम्यवादको निर्माण गर्नै सक्दैनौं । हामी केवल त्यतिबेला मात्र कम्युनिस्ट बन्न सक्दछौं, जतिबेला हामीहरूले आफ्नो बुद्धिलाई मानव जातिद्वारा सिर्जित सम्पूर्ण ज्ञानद्वारा समृद्ध बनाउन सक्दछौं ।

हामीहरूले रट्नुपर्ने आवश्यकता पर्दैन । तर हाम्रो लागि के आवश्यकता हुन्छ भने हामीहरूले हरेक विद्यार्थीको दिमाग आधारभूत तथ्यहरूको ज्ञानद्वारा विकसित र परिमार्जित गर्न सकौं । यदि कुनै व्यक्तिले सारा आर्जित ज्ञानलाई आफ्नो मस्तिष्कमा थाम्न सक्दैन भने ऊ साम्यवादीको रूपमा खालि गफ हाँक्ने व्यक्ति मात्रै बन्नपुग्नेछ र साम्यवाद खालि नाममात्रको खोक्रो शब्द मात्र रहनेछ । हो, हामीहरूले खालि ज्ञानलाई आत्मसात मात्रै नगरेर त्यसलाई आलोचनात्मक दृष्टिकोणबाट समेत ग्रहण गर्नुपर्दछ, जसले गर्दा हाम्रो मस्तिष्कमा फोहर मैला मात्र नथुप्रिए र आजका सुपठित व्यक्तिहरूका लागि आवश्यक हुने सबै तथ्यहरूद्वारा त्यो समृद्ध हुन सकोस् । यदि गम्भीर कठिन परिश्रम नगरीकन, यदि आलोचनात्मकढङ्गबाट परीक्षा गर्ने खालका तथ्यहरू नबुझीकन कुनै कम्युनिस्टले तम्तयार निष्कर्षहरूलाई अंगालेर साम्यवादको शेखी गर्दछ भने निश्चय नै त्यसखालको कार्य निन्दनीय हुन्छ । त्यसप्रकारको सतही ढङ्ग अपरिहार्यरूपमा घातक हुन्छ । यदि हामीहरूले आफ्नो ज्ञान ज्यादै सीमित छ भनेर ठान्दछौं भने हामीहरूले बढी सिक्न कोशिश गर्नेछौं । तर कसैले आफू कम्युनिस्ट हुँ भन्दछ र उसलाई कुनै कुरा सिक्नुपर्ने आवश्यकता छैन भन्दछ भने ऊ कहिल्यै पनि कम्युनिस्ट बन्न सक्दैन ।

पुरानो शिक्षा प्रणालीका शिक्षण संस्थाहरूमा पूँजीपति वर्गको आवश्यकतानुरूप नोकर उत्पन्न गरिन्थ्यो । त्यसैखालका संस्थाहरूले पारङ्गत विद्वानहरूले युवाहरूलाई खालि पूँजीपतिहरूलाई मन पर्ने कुरा गर्ने र लेख्नेखालका मात्र बनाउँछन् । तसर्थ हामीहरूले त्यसलाई समाप्त गर्नुपर्दछ । तर के तिनलाई समाप्त गर्नुपर्दछ भनेको मानव जातिका लागि आवश्यक उनीहरूले सब्कलन गरेको ज्ञानलाई पनि पूरापुर छोडिदिनुपर्दछ भन्ने हो ? के त्यसो गर्नु भनेको कुन चीज पूँजीवादका लागि आवश्यक थियो र कुन चीज साम्यवादका लागि आवश्यक छ भनेर उनीहरूबीचको भिन्नता गर्नुपर्ने आवश्यकतासमेत छैन भनेको हो ?

पूँजीवादी समाजमा बहुसंख्यक जनसमुदायको इच्छाविपरीत काममा लगाइने पुरानो फौजी अनुशासनजस्तो पद्धतिको ठाउँमा हामीहरूले मजदूर र किसानहरूको वर्ग सचेत अनुशासन स्थापित गरिरहेका छौं । त्यसमा पुरानो प्रणालीप्रतिको घृणाको साथसाथै त्यसप्रकारको सब्घर्ष गर्ने कुराको सब्कल्प, क्षमता र तत्परता छ, जसद्वारा यी व्यापक क्षेत्रका लाखौं–करोडौंको संख्यामा छरिएका र असङ्गठित जनसमुदायको इच्छा–शक्तिको रूपमा सङ्गठित गरिरहेका छौं — त्यसप्रकारको इच्छा–शक्तिविना पराजय हुनु अपरिहार्य छ । त्यो एकताविना, मजदूर–किसानहरूको सचेत अनुशासनविना हाम्रो उद्देश्य असफल हुन्छ । त्योविना हामीहरूले सारा सन्सारका पूँजीपतिहरू र जमीनदारहरूलाई परास्त गर्न सक्दैनौं । त्योविना त्यस आधारमा साम्यवादको निर्माणको कुरा त परै छ, हामीहरूले आधारसम्म सुदृढ बनाउन सक्दैनौं । त्यसरी पुरानो शैक्षिक प्रतिष्ठानको निन्दा गर्ने बेलामा तथा तिनीहरूलाई समाप्त गर्ने इच्छा सम्झदै पुराना शैक्षिक प्रतिष्ठानप्रति समुचित र आवश्यक घृणा मनमा राखेर हामीहरूले के बुझ्नुपर्दछ भने पुरानो शिक्षा पद्धति, पुरानो रट्याइ र पिटीपरेडको तरीकाको ठाउँमा मानवीय ज्ञानको समग्र पक्ष सिर्जना गर्ने क्षमता स्थापित गर्नुपर्दछ । र, त्यो पनि कसरी स्थापित गर्नुपर्दछ भने साम्यवाद खालि रट्ने चीज मात्र नभएर त्यस्तो चीज हुनुपर्दछ, जसबारे स्वयं आफै चिन्तन गरिएको होस् र त्यो शिक्षाको दृष्टिबाट अपरिहार्य निष्कर्षको प्रतीक बनोस् ।

साम्यवाद सिक — यो लक्ष्यबारे कुरा गर्दाखेरि हामीहरूले आफ्नो प्रमुख उद्देश्य त्यसरी नै प्रस्तुत गर्नुपर्दछ ।

मैले यो कुरा स्पष्ट पार्नका लागि एउटा व्यवहारिक उदाहरण लिन र कसरी सिक्ने भन्ने समस्याको हल कसरी गर्ने भन्ने कुरा बताउन चाहन्छु । हामीहरू सबैले के बुझेका छौं भने जनतन्त्रको सुरक्षा गर्ने कुरासित सम्बन्धित सैनिक समस्याहरूपछि अहिले हामीहरूका अगाडि केही आर्थिक समस्याहरूसमेत छन् । जस्तै हामीहरूलाई के कुरा थाह छ भने कम्युनिस्ट समाजको निर्माण त्यतिबेलासम्म हुन सक्नेछैन, जतिबेलासम्म उद्योग र कृषिलाई पुनः नयाँ ढङ्गले स्थापित गरिनेछैन । तिनको पुनस्र्थापना अत्याधुनिक विज्ञान अनुसार आधुनिक आधारशिलामा नै हुनुपर्दछ । त्यो आधारशिला भनेको विद्युतीकरण नै हो भन्ने कुरा हामीहरूलाई थाह छ र सिङ्गो देशमा सारा उद्योग र कृषिमा बिजुली पुर्याउने उद्देश्य सम्पन्न भएपछि नै हामीहरूले स्वयं कम्युनिस्ट समाजको रूपमा निर्माण गर्न सक्दछौं । त्यो निर्माण गर्नु पुरानो पुस्ताको लागि सम्भव छैन । आज हामीहरूका अगाडि के जिम्मेवारी आएको छ भने हामी आफ्नो सिङ्गो मुलुकको आर्थिक पुनर्निर्माण गरौं, उद्योग र कृषिलाई आधुनिक विज्ञान र टेक्नोलोजी — अर्थात् बिजुलीका आधारमा पुनगर्ठित र पुनस्र्थापित गरौं । हामीहरूलाई के कुरा राम्ररी थाह छ भने अशिक्षित व्यक्तिले बिजुलीको प्रयोग गर्न सक्दैन, मामूली साक्षरता समेत पनि त्यसको लागि पर्याप्त हुँदैन । केवल बिजुली के हो भनेर बुझ्नु मात्रै अपर्याप्त हुन्छ । बिजुलीको उपयोग प्राविधिकरूपमा उद्योग र कृषिमा पनि आवश्यक हुन्छ । त्यो कुरा पनि सिक्नुपर्दछ र उदीयमान साराका सारा मजदूर पुस्तालाई पनि बुझ्नुपर्दछ । यो हरेक वर्ग सचेत कम्युनिस्टको कर्तव्य हो, त्यस्तो हरेक व्यक्तिको यो कर्तव्य हो, जसले आफू स्वयंलाई कम्युनिस्ट ठान्दछ तथा युवा कम्युनिस्ट लिगको सदस्य बनिसकेपछि उसले साम्यवादको निर्माणमा पार्टीलाई सहायता गर्ने संकल्प गरेको छ र कम्युनिस्ट समाजको निर्माणमा सम्पूर्ण नयाँ पुस्तालाई सहयोग गर्नेछ भन्ने कुरा पनि स्पष्टरूपले बुझेको छ । उसले यसको निर्माण आधुनिक शिक्षाद्वारा नै गर्न सकिनेछ भन्ने बुझ्नुपर्दछ । यदि उसले यसप्रकारको शिक्षा हासिल गर्न सकेन भने उसको लागि साम्यवाद खालि कल्पना मात्र बन्नपुग्नेछ ।

पूँजीवादी वर्गलाई उँखेलेर फाल्नु पुरानो पुस्ताको काम थियो । त्यतिबेला प्रमुख काम पूँजीवादी वर्गप्रति घृणा फैलाउनु हुन्थ्यो भने वर्गीय चेतना उठाएर आफ्नो शक्तिलाई सङ्गठित गर्ने क्षमता हासिल गर्नुहुन्थ्यो । तर नयाँ पुस्ताको दायित्व सम्पन्न गर्नु त्योभन्दा झन् बढी जटिल छ । तपाईंहरूको कर्तव्य खालि त्यत्ति मात्रै नभएर पूँजीपतिहरूद्वारा उक्साइएको आक्रमणका विरुद्ध मजदूर–किसानहरूको सरकार टिकाइ राख्नका लागि तपाईंहरूले आफ्नो शक्ति जुटाइ राख्नुपर्दछ । त्यसो गर्नु आवश्यक छ, यो उद्देश्य तपाईंहरूले एकदमै स्पष्टरूपले बुझ्नुहुन्छ । र, जुनसुके कम्युनिस्टले पनि यो कुरा स्पष्टरूपले बुझ्दछ तापनि त्यति मात्र पर्याप्त हुँदैन । तपाईंहरूले कम्युनिस्ट समाज निर्माण गर्नुछ । धेरै अर्थमा आधा काम सम्पन्न भइसकेको छ जस्तो आवश्यकता थियो, त्यसअनुरूप पुरानो व्यवस्था खतम पारिएको छ र त्यसको ठाउँमा खालि त्यसको अवशेष मात्र बाँकी रहेको छ । भूमि खुला भइसकेको छ र त्यही भूमिमा युवा कम्युनिस्ट पुस्ताले कम्युनिस्ट समाजको निर्माण गर्नु छ । त्यो निर्माण गर्ने दायित्व तपाईंहरूसमक्ष छ । जतिबेला तपाईंहरू आधुनिक ज्ञानमा पारङ्गत हुनुहुन्छ र नयाँ साँचोमा त्यसलाई ढाल्नुहुन्छ तथा रटिरटाउ सूत्रहरू, उक्तिहरू, उखान टुक्काहरू, कार्यक्रमहरू र तम्तयार वक्तव्यहरूको ठाउँमा साम्यवादलाई तपाईंहरूले तात्कालिक दायित्व पूरा गर्न सक्ने र आफ्ना काममा साम्यवादलाई पथप्रदर्शकको रूपमा उपयोग गर्न सक्ने क्षमता उत्पन्न गर्नुहुन्छ, त्यतिबेला मात्र तपाईंहरू यो काम गर्न सक्नुहुनेछ ।

सम्पूर्ण नयाँ पुस्तालाई शिक्षित–दिक्षित गर्न तथा उनीहरूमा जागृति पैदा गर्नका लागि त्यसो गर्नुपर्ने हुन्छ । तपाईंहरू साम्यवाद निर्माण गर्ने सबै युवा–युवतीहरू सम्मिलित लाखौं लाख व्यक्तिहरूको अगुवा हुनुपर्दछ । तपाईंले जहिलेसम्म साम्यवादको निर्माणमा युवा मजदूर र किसानहरूको व्यापक सहयोग सामेल गर्नुहुन्न, त्यतिबेलासम्म तपाईंहरूले कम्युनिस्ट समाजको निर्माण गर्न सक्नुहुन्न ।

त्यसपछि हामी साम्यवादको शिक्षा कसरी दिने र त्यसको पद्धतिको वास्तविक स्वरूप के हो ? त्यो प्रश्नमा हामीहरू सहजरूपबाट पुग्दछौं ।

मैले सर्वप्रथम यहाँ कम्युनिस्ट नीतिशास्त्रको चर्चा गर्नेछु ।

तपाईंहरूले कम्युनिस्ट बन्न सिक्नुपर्दछ । युवा कम्युनिस्ट लिगको के दायित्व हो भने उसले व्यवहारिक कार्यक्रमको आयोजना प्रशिक्षण, सङ्गठन, एकीकरण र संघर्षद्वारा गरोस् तथा त्यसका सदस्यहरूले आफू स्वयं र यसको नेतृत्व ग्रहण गर्न चाहनेहरूलाई प्रशिक्षित गरून् । यसले कम्युनिस्टहरूलाई प्रशिक्षित गर्नुपर्दछ । आजका युवा पुस्ताको शिक्षा–दीक्षा र पढाइको सम्पूर्ण उद्देश्य उनीहरूमा कम्युनिस्ट नीतिशास्त्रको बीजारोपण गर्ने हुनुपर्दछ । तर के कम्युनिस्ट नीतिशास्त्रजस्तो कुनै चीज हुन्छ ? के कम्युनस्टि नैतिकताजस्तो कुनै चीजको अस्तित्व हुन्छ ? हो, अवश्य हुन्छ । प्रायशः के भन्ने गरिन्छ भने हाम्रो आ नै कुुनै नीतिशास्त्र हुँदैन । पूँजीवादी वर्गले बारम्बार के आरोप लगाउने गर्दछ भने कम्युनिस्टहरूले नैतिकता मान्दैनन् । त्यो वास्तविक विषयबाट विचलित पार्ने तथा किसान–मजदूरहरूको आँखामा छारो हाल्ने तरीका हो ।

कुन अर्थमा हामीहरूले नीतिशास्त्र र नैतिकतालाई अस्वीकार गर्दछौं । पूँजीवादी वर्गले तिनको जुन अर्थ लगाउँछ र आफ्नो नीतिशास्त्रलाई ईश्वरीय आदेशमाथि आधारित गर्दछ, त्यस अर्थमा हामीहरूले तिनलाई अस्वीकार गर्दछौं । यहाँ मैले के भन्न चाहन्छु भने हामीहरू ईश्वरमाथि विश्वास गर्दैनौं र हामीहरूले के कुरा पनि बुझ्दछौं भने धर्म–गुरुहरू, जमीनदारहरू र पूँजीवादीहरूले आफ्नो शोषणका पक्षमा ईश्वरको नाम उत्पन्न गरेका छन्, अथवा नैतिकता वा ईश्वरको आदेशमा आफ्नो नीतिशास्त्रलाई आधारित गर्नुको साटो उनीहरूले त्यसलाई ईश्वरका आदेशजस्तै लाग्नेखालका आदर्शवादी र अद्र्ध–आदर्शवादी कुराहरूमाथि आधारित गरेका छन् ।

मानवेत्तर र वर्गेत्तर धारणामा आधारित नैतिकतालाई हामीहरूले अस्वीकार गर्दछौं । त्यो जमीनदारहरू र पूँजीपतिहरूको स्वार्थमा मजदूर–किसानहरूका साथ धोका, छलकपट र जालझेल हो भन्ने हाम्रो भनाइ हो ।

हाम्रो नैतिकता पूर्णतः सर्वहारा वर्ग–संघर्षको हितमाथि निर्भर गर्दछ भन्ने हाम्रो भनाइ हो । सर्वहारा वर्ग–सबघर्षका हितहरूबाट नै हाम्रो नैतिकताको सिर्जना हुन्छ ।

पुरानो समाज जमीनदारहरू र पूँजीपतिहरूद्वारा सबै मजदूरहरू र किसानहरूको दमनमाथि आधारित थियो । हामीहरू त्यसबाट मुक्त हुनु र त्यसलाई समाप्त पार्नु आवश्यक थियो तर त्यसको लागि एकता अपरिहार्य थियो । यो त्यही चीज हो, जसको ईश्वरले सृष्टि गर्न सक्दैनथ्यो । त्यो एकता खालि कारखानामा नै उत्पन्न हुन सक्दथ्यो र त्यो समेत पनि लामो समयपछि जागृति र समझदारी हासिल गरिसकेको सर्वहारा वर्गद्वारा प्रशिक्षित हुनुपर्दछ । यो वर्गको निर्माणपछि नै त्यो व्यापक जन–आन्दोलनको सृजना हुन सकेको थियो, जसको परिणाम हामीसमक्ष विद्यमान छ — सन्सारका सबैभन्दा कमजोर देशहरूमध्ये एउटा देशमा सर्वहारा क्रान्ति विजयी भयो तथा तीन वर्षपछि आज यसले सारा सन्सारका पूँजीवादी आक्रमणहरूलाई पछाडि धकेलिरहेको छ । आज सन्सारमा सर्वहारा क्रान्ति कसरी विकसित भइरहेको छ भन्ने कुरा हामी स्वयं देख्न सक्दछौं । अनुभवको आधारमा आज हामीहरू के भन्न सक्दछौं भने खालि सर्वहारा वर्ग मात्र त्यस्तो ठोस शक्ति बन्न सक्दथ्यो, जसको पछाडि असङ्गठित र छरिएको खेतीहर समाज चलिरहेको छ तथा त्यसले शोषक वर्गको हरेक आक्रमणको सामना गरेको छ । खालि यही वर्गले मात्र मजदूर समाजलाई एकताको सूत्रमा बाँध्न सक्दछ, उनीहरूलाई सङ्गठित गर्न सक्दछ र निर्णायकरूपबाट कम्युनिस्ट समाजको रक्षा, गठन र निर्माण गर्न सक्दछ ।

अतः हामी के भन्न सक्दछौं भने हाम्रो लागि त्यस्तो कुनै नैतिकता छैन, जसको अस्तित्व मानव समाजभन्दा बाहिर होस्, त्यो खालि छलकपट मात्र हो । हाम्रो निम्ति नैतिकता सर्वहारा वर्ग–संघर्षहरूका हितहरूमाथि निर्भर गर्दछ ।

यो वर्ग–संघर्ष कुन कुरामा निहित हुन्छ त ? त्यो कुरा जारशाहीको उन्मूलन, पूँजीपतिहरूको विनाश र पूँजीपति वर्गको अन्तमाथि निहित हुन्छ ।

आमरूपमा वर्ग के हो ? वर्ग त्यो हो, जसद्वारा समाजको एउटा भागले अर्को भागको श्रमशक्तिबाट फाइदा उठाउँछ । यदि समाजको एउटा भागको नियन्त्रणमा सम्पूर्ण जग्गा–जमीन हुन्छ भने जमीनदार वर्ग र किसान वर्ग बन्दछन् । यदि समाजको एउटा भागको स्वामित्व कारखाना, पूँजी, सेयर, आदिमा हुन्छ र अर्को भागले ती कार्खानामा काम गर्दछ भने पूँजीपति वर्ग र सर्वहारा वर्ग बन्न पुग्दछन् ।

जारशाहीलाई हटाउनु ज्यादै गाह्रो काम थिएन, त्यसको लागि खालि केही दिन मात्र लागेको थियो । जमीनदारहरूलाई हटाउनु पनि धेरै गाह्रो थिएन, त्यसको लागि केही महीना मात्र लागेको थियो । पूँजीपतिहरूलाई खतम गर्न पनि त्यति धेरै गाह्रो थिएन । तर वर्ग समाप्त गर्नु ज्यादै गाह्रो काम भएको छ । अहिले पनि किसानहरू र मजदूरहरूबीच भेद विद्यमान छ । यदि किसानको स्वामित्व आफ्नो जग्गा– जमीनमाथि हुन्छ र उसले आफ्नो र आ ना पशुहरूको लागि चाहिनेभन्दा बढी अनाज आफूुसँग राख्दछ र अरूहरू भोकभोकै मरिरहेका हुन्छन् भने उक्त किसान स्वयं पनि शोषक बन्नपुग्दछ । उसले जतिधेरै अन्न थुपार्दछ, त्यत्तिकै बढी उसले फाइदा पाउँछ भने जहाँसम्म अरूहरूको प्रश्न छ, उनीहरूलाई भोकभोकै मर्न देऊ ः “मानिसहरू जति बढी भोकभोकै मरिरहेका हुन्छन्, त्यत्तिकै महँगो भाउमा मैले यो अन्न बेच्न सक्नेछु” । सबैले सहकारी योजनानुसार साझा खेत वा साझा कार्खानामा सहकारी पद्धति अनुुसार काम गर्नुपर्दछ । के यो कुरा सजिलैसँग गर्नु सम्भव छ ? जति जारशाही र जमीनदारहरू वा पूँजीपतिहरूलाई विस्थापित गर्नु सजिलो थियो, यो काम गर्नु त्यति सजिलो छैन भन्ने कुरा तपाईंहरू बुझ्नुहोस् । सर्वहारा किसान वर्गको एउटा भागलाई नयाँ तरीकाले प्रशिक्षित गर्नु आवश्यक हुन्छ । अरूको विपन्नताबाट फाइदा लिने धनी किसानहरूको प्रतिरोधलाई दबाउनका लागि खेतीहर मजदूरहरूको विश्वास प्राप्त गर्नु अपरिहार्य हुन्छ । अतः जारशाही, पूँजीपतिहरू र जमीनदारहरूलाई विस्थापित गरिसकेपछि सर्वहारा वर्गले वर्ग–संघर्ष एकदमै समाप्त भयो भन्ने ठान्नु हुँदैन । यो उपलब्धि हुने शासनयन्त्र सर्वहारा अधिनायकत्व हो ।

वर्ग–संघर्ष निरन्तर चलिरहेको छ र खालि त्यसको स्वरूप मात्र बदलिएको छ । आजको सर्वहारा वर्गको वगसंघर्ष निरन्तर चलिरहेको छ र हाम्रो जिम्मेवारी के हो भने हामीहरूले आ ना सबै हितहरूलाई यही संघर्र्ष अन्तरगत निहित गरौं । ती जिम्मेवारीहरूअन्तरगत हाम्रो कम्युनिस्ट नैतिकतासमेत पनि पर्दछ । हाम्रो भनाइ हो ः नैतिकता त्यो हो, जसबाट पुरानो शोषक वर्गलाई खतम गर्न मद्दत मिल्दछ तथा जसबाट नयाँ कम्युनिस्ट समाज निर्माण गर्ने मजदूर वर्ग सर्वहारा सिद्धान्तको वरिपरि एकताबद्ध हुन्छ ।

जसबाट यो संघर्षलाई मद्दत मिल्दछ तथा तुच्छ निजी सम्पत्ति र शोषणका विरुद्ध मजदूर वर्गको सिङ्गो सङ्गठन हुन्छ, त्यही नै कम्युनिस्ट नैतिकता हो । सानो कोटीको निजी सम्पत्तिले सम्पूर्ण समाजको श्रमद्वारा जुन उत्पादन हुन्छ, त्यसलाई कसैको मुठ्ठीमा हालिदिन्छ । हाम्रो देशमा भूमि सबैको साझा सम्पत्ति हो । तर मानौं त्यही साझा सम्पत्तिमध्येबाट मैले आपूmलाई चाहिए जति जमीनको टुक्रा लिएँ र त्यसबाट दुगुना अन्न पैदा गरेर अतिरिक्त अनाजमा नाफा कमाएँ र, मानौं जतिधेरै मान्छे भोकभोकै मर्नेछन्, मानिसहरूले त्यत्ति नै बढी धन दिनेछन् भन्ने मेरो तर्क भयो भने के मेरो आचरणलाई कम्युनिस्ट आचरण भनिनेछ ? अहँ, मेरो त्यो व्यवहार शोषक पूँजीपतिको जस्तो हुनेछ । हामीहरूले त्यससित संघर्र्ष गर्नुपर्नेछ । यदि त्यस्तो हुन दिइयो भने पहिलेका क्रान्तिहरूमा कैयौंपटक हुनेगरेजस्तो यहाँ पनि पुनः पूँजीवादी शासन र पूँजीवादी अधिकार स्थापित हुनेछ । पूँजीपति वर्ग र पूँजीवादी अधिकार फिर्ता हुन नदिनका लागि हामीहरूले नाफाखोरी रोक्नुपर्दछ । हामीहरूले अरूको मूल्यमा आफ्नो समृद्धि प्राप्त गर्नका लागि छूट दिनुहुँदैन । श्रमजीवी जनताले सर्वहारा वर्गुसँग सङ्गठित भएर कम्युनिस्ट समाजको निर्माण गर्नुपर्दछ । युवा कम्युनिस्ट लिगजस्ता सङ्गठनहरूको मौलिक जिम्मेवारीको यो मुख्य भाग हो ।

पुरानो समाजको आधारभूत सिद्धान्त थियो— लूट वा लुटाऊ, अरूबाट काम गराऊ वा अरूको काम गर, दास–मालिक बन वा दास बन । निश्चय नै त्यस्तो समाजमा उत्पन्न भएका व्यक्तिहरूले आमाको काखबाटै जुन मनोवृत्ति, आचार–विचार आत्मसात गर्न थाल्दछन्, त्यो हो— तपाईं या त दासहरूका मालिक बन्नुहोस् वा पुनः निम्न–पूँजीवादी कर्मचारी, अधिकृत वा बुद्धिजीवी हुनुहोस्, समाजको एउटा त्यस्तो व्यक्ति बन्नुहोस्, जो खालि आ नै धुनमा मात्रै रहन्छ र अरूको बारेमा कत्ति पनि सोंच्दैन ।

यदि मैले त्यो जमीनको टुक्रामा काम गरें भने मैले अरूको बारेमा कत्ति पनि चिन्ता गर्नेछैन, यदि अरू भोकभोकै मरे भने धेरै राम्रो — मैले अनाजमा धेरैभन्दा धेरै नाफा पाउनेछु । यदि मैले कहीं चिकित्सक, इन्जिनियर, शिक्षक वा लिपिकको रूपमा काम गर्दछु भने मैले अरूप्रति कत्तिपनि ध्यान दिनेछैन । यदि म व्यवस्थाको पिछलग्गू वा त्यसको प्रशंसक बन्न पुगें भने मेरो नोकरी रहिरहन्छ र म जीवनमा सफल हुन सक्नेछु एवं सम्भवतः पूँजीवादी समेत पनि बन्न पुग्नेछु । त्यस्तो दृष्टिकोण वा स्वभाव कुनै कम्युनिस्टको हुनै सक्दैन । जब मजदूरहरू र किसानहरूले आफ्नो प्रयत्नद्वारा उनीहरू आफ्नो सुरक्षा गर्न र नयाँ समाजको निर्माण गर्न सक्षम भएको सिद्ध गरिदिएका छन् भने त्यतिबेला नयाँ कम्युनिस्ट शिक्षा, शोषकहरूका विरुद्ध संघर्र्षको शिक्षा, निम्न–पूँजीपति वर्ग र स्वार्थी तत्वहरूका विरुद्धको सर्वहारा वर्ग्सित सहयोगको शिक्षा, मलाई नाफा हुनुपर्दछ, अरूको मलाई कुनै वास्ता छैन भन्ने मनोवृत्ति र बानीका विरुद्धको कम्युनिस्ट शिक्षा सुरु भयो । युवा र उदीयमान पुस्ताले साम्यवाद कसरी सिक्दछ भन्ने कुराको यो उत्तर हो ।

शोषक वर्गका विरुद्ध सर्वहारा र किसान वर्गहरूको निरन्तर संघर्र्षलाई साम्यवादको अध्ययन र शिक्षा– दीक्षासित जोडेर नै उसले साम्यवाद बुझ्न सक्दछ । जतिबेला मानिसहरूले मसित नैतिकताको विषयमा सोध्दछन्, त्यतिबेला मैले उनीहरूलाई बताउँछु ः कम्युनिस्टहरूका लागि नैतिकता भनेको शोषक वर्गको विरुद्ध सचेत जनसंघर्र्ष र त्यसको अनुशासनमा नै निहित छ । हामी शाश्वत् (निरपेक्ष) नैतिकतामा विश्वास गर्दैनौं, हामीहरूले नैतिकताको दन्त्यकथाको भूmटो कुराको पर्दाफास गराउँछौं । नैतिकताद्वारा मानव समाज माथि उठ्छ र श्रमको शोषणबाट ऊ मुक्त हुन्छ ।

त्यसको उपलब्धिका लागि हामीहरूलाई पूँजीवादी वर्गका विरुद्ध अनुशासित र अटुट संघर्र्षबीच राजनैतिक परिपक्वता प्राप्त गर्न सुरु गरेका युवा पुस्ताको आवश्यकता हुन्छ । यस संघर्र्षमा यो पिंढीले सच्चा साम्यवादी समाजको निर्माण गरिरहेको छ । यसले आफ्नो अध्ययन, शिक्षा–दीक्षाको हरेक कदम यो संघर्षसित जोडेर यसै अन्तरगत राख्नुपर्दछ । युवा कम्युनिस्टहरूको शिक्षा मीठा कुरा वा नैतिक आचारबाट हुँदैन । त्यसप्रकारको शिक्षा हुनै सक्दैन । जतिबेला मानिसहरूले उनीहरूका आमाबाबुहरू कसरी जमीनदार र पूँजीपति वर्गको जुवामुनि दबिएर रहेका छन् भन्ने कुरा स्वयं बुझ्नेछन्, जतिबेला शोषकहरूका विरुद्ध संघर्र्ष गर्नेहरूले जुन यातना भोगेको थिए, त्यो उनीहरू स्वयंले पनि भोग्नेछन्, जब उनीहरूले आज जुन कुरा प्राप्त भएको छ, त्यो कायम राख्नका लागि कस्तो बलीदान गर्नुपर्दछ भन्ने कुरा बुझ्नेछन् तथा जब उनीहरूले जमीनदार वर्ग र पूँजीपति वर्ग कति खतर्नाक शत्रु हुन् भन्ने कुरा बुझ्नेछन्, त्यतिबेला उनीहरू स्वयं यी परिस्थितिहरूद्वारा शिक्षित भएर कम्युनिस्ट बन्नेछन् । कम्युनिस्ट नैतिकताको आधार हो — साम्यवादी सङ्गठन र त्यसलाई सम्पन्न गर्ने संघर्र्ष । यही कम्युनिस्ट शिक्षा–दीक्षा र अध्ययनको आधार हो । साम्यवादलाई कसरी बुझ्ने ? त्यो कुराको उत्तर पनि यही नै हो ।

शिक्षा–दीक्षा र अध्ययनलाई जीवनको प्रवाहबाट कटाएर कक्षामा सीमित गर्ने कुरामा हामी विश्वास गर्दैनौं । जतिबेलासम्म मजदूरहरू र किसानहरूलाई जमीनदारहरू र पूँजीपतिहरूद्वारा दमन गर्ने गरिन्छ तथा जतिबेलासम्म शैक्षिक प्रतिष्ठानहरूमाथि पूँजीपतिहरू र जमीनदारहरूको आधिपत्य रहन्छ, त्यतिबेलासम्म नयाँ पुस्ताले ज्ञानका आधारभूत सिद्धान्तहरू युवा पिंढीलाई बुझाउनुपर्ने हुन्छ तथा त्यसमा त्यसले स्वतन्त्ररूपबाट कम्युनिस्ट विचारहरूको विकास गर्न सक्ने क्षमता उत्पन्न गर्नुपर्ने हुन्छ र उनीहरूले युवापुस्तालाई के सिकाउनुपर्दछ भने उनीहरू शोषकहरूसितको मुक्ति संघर्र्षमा भाग लिन सक्ने कसरी बन्ने भन्ने कुरा स्कूलमा पढ्दाखेरि उनीहरूलाई सिकाउनुपर्ने हुन्छ । युवा कम्युनिस्ट लिगले युवा कम्युनिस्ट सङ्गठनको रूपमा त्यतिबेला मात्र आफ्नो नाम सार्थक बनाउन सक्दछ, जतिबेला शोषकहरूका विरुद्ध सम्पूर्ण श्रमजीवी जनसमुदायका आम संघर्र्षहरूमा यसका शिक्षा–दीक्षा र अध्ययनलाई हरेक कदममा जोड्न सकिन्छ । जहिलेसम्म रूस मजदूरहरूको एक मात्र जनतन्त्र रहन्छ र संसारका अरू भागमा पुरानो पूँजीवादी व्यवस्था विद्यमान रहन्छ, त्यतिबेलासम्म हामीहरू उनीहरूभन्दा कमजोर नै रहनेछौं र, उनीहरूको नयाँ आक्रमणको खतरा रहिरहन्छ । अनि, यदि हामीहरूले एकता सुदृढ बनाउन सिक्दछौं भने आगामी संघर्र्षहरू जित्न सक्नेछौं । त्यसरी आफ्नोे क्षमता बढाएर हामी अजेय हुन सक्दछौं । अतः कम्युनिस्ट हुनका लागि तपाईंहरूले सम्पूर्ण नयाँ पुस्तालाई सङ्गठित गरेर यो संघर्र्षमा अनुशासन र शिक्षाको उदाहरण प्रस्तुत गर्नुपर्दछ । त्यसपछि तपाईंहरूले कम्युनिस्ट समाजको निर्माण गर्न सक्नुहुनेछ र त्यसलाई सम्पन्न गर्न सक्नुहुनेछ ।

यो कुरा तपाईंहरूलाई अझ स्पष्ट पार्नका लागि मैले एउटा उदाहरण प्रस्तुत गर्नेछु । हामी आफूलाई कम्युनिस्ट भन्दछौं । कम्युनिस्ट के हो ? कम्युनिस्ट शब्द ल्याटिन भाषाको शब्द हो । ल्याटिन भाषामा “सर्व साधारण”का लागि (कम्युनिस) शब्दको प्रयोग गरिन्छ । कम्युनिस्ट त्यस्तो समाज हो, जसमा सारा चीजहरू — जमीन, कार्खाना — सर्वसाधारण जनसमुदायका सम्पत्ति हुन्छन् र मानिसहरूले सहकार्य गर्दछन् । त्यही साम्यवाद हो ।

यदि हरेक व्यक्तिले आफ्नो जग्गामा बेग्लाबेग्लै काम गर्दछ भने के त्यसप्रकारको सहकार्य सम्भव हुनेछ ? यो सहकार्य एकाएक सिर्जित हुनसक्दैन । त्यो कुरा असम्भव हुन्छ । यो आकाशबाट खस्दैन । यो मेहनत गरेर र कठिनाई झेलेर स्थापित हुन्छ । पुराना कितावहरूको यहाँ कुनै उपयोगिता छैन । उनीहरूमाथि कसैले विश्वास गर्नेछैन । आफ्नो जीवनका अनुभवहरूको आवश्यकता हुन्छ । जतिबेला कोल्चाक र देनिकन दक्षिण र साइवेरियातिर अगाडि बढिरहेका थिए, त्यतिबेला किसानहरू उनीहरूसँगै थिए । उनीहरूले बोल्सेभिकहरूलाई रुचाउन्नथे किनभने बोल्सेभिकहरूले उनीहरूको अनाज निर्धाति भाउमा खरिद गर्दथे । तर जब साइवेरिया र उक्राइनका किसानहरूले कोल्चाक र देनिकिनको शासनको अनुभव गरे, त्यतिबेला उनीहरूलाई के थाह भयो भने अब उनीहरूसँग खालि दुईटा मात्र विकल्प बाँकी रहेका छन् ः प्रथम, पूँजीपतिहरूको शरणमा जानु, जसले उनीहरूलाई जमीनदारहरूको दासताको लागि सुम्पिदिन्छन् वा मजदूरहरूको पक्षमा जानु, जसले दूध र घिउले भरिपूर्ण धर्तीको सपथ त गरेका थिएनन्, बरु संघर्र्षको कठोर र अदम्य अनुशासनको माग समेत गरेका थिए भने उनीहरूले पूँजीपतिहरू र जमीनदारहरूको दासताबाट मुक्ति दिलाइरहेका थिए । जतिबेला अनपढ किसानहरूले समेत पनि आप्mनो अनुभवबाट त्यो कुरा बुझे, त्यतिबेला उनीहरू साम्यवादका सचेत अनुयायी बन्नपुगे, तिनीहरू त्यस्ता अनुयायी बने, जसले ज्यादै कठोर तरीकाबाट शिक्षा पाएका थिए । युवा कम्युनिस्ट लिगले त्यसप्रकारका अनुभवहरूलाई नै आफ्नो कार्यक्रमको आधार बनाउनुपर्नेछ । हामीहरूले के कुरा सिक्नुपर्दछ तथा पुराना ज्ञान र शैक्षिक प्रतिष्ठानहरूबाट के कुरा लिनुपर्दछ त ? त्यो कुराको उत्तर मैले दिइसकेको छु । अब मैले बताउन कोशिश गर्नेछु त्यो कुरा कसरी सिक्नु ? उत्तर हो ः शोषकहरूका विरुद्ध सारा मजदूर वर्गको संघर्र्षबाट शैक्षिक प्रतिष्ठानका हरेक कारबाहीलाई, शिक्षा–दीक्षा र अध्ययनका हरेक कदमलाई जोडेर सिक्नु ।

मैले युवा सङ्गठनहरूद्वारा गरिएका कामका कतिपय अनुभवहरूबाट केही उदाहरण लिन्छु । त्यसबाट साम्यवादी शिक्षा कुन प्रकारको हुनुपर्दछ भन्ने कुरा स्पष्ट हुन सक्नेछ । जोसुकैले पनि निरक्षरता हटाउने कुराको चर्चा गर्ने गर्दछ । निरक्षर देशले कम्युनिस्ट समाज निर्माण गर्न सक्दैन भन्ने कुरा सबैलाई थाह छ । त्यसको लागि सोभियत सरकारले अध्यादेश जारी गरोस् । पार्टीले खास नारा देओस् वा केही असल कर्मचारहरूलाई त्यस कामको लागि नियुक्ति गरोस् भन्ने कुरा सिक्नु मात्रै पर्याप्त हुँदैन । नयाँ पुस्ताले यो काम स्वयं आफ्नो हातमा लिनुपर्नेछ । साम्यवाद भनेको के हो भने युवा कम्युनिस्ट लिगका सदस्य युवायुवतीहरूले भनुन् — यो काम मेरो हो, हामी सङ्गठित भएर गाउँमा जानेछौं र निरक्षरता हटाउनेछौं, र त्यसरी हामीहरूमध्ये कोही पनि निरक्षर रहनेछैनौं ।” उदीयमान पुस्ताले यो जिम्मेवारी पूरा गरोस् भनेर हामीहरूले कोशिश गरिरहेका छौं । हामीहरूले ज्ञान शून्य र निरक्षर रूसलाई एक्कासी शिक्षित देशको रूपमा रूपान्तर गर्न सक्दैनौं भन्ने कुरा यहाँहरूलाई थाहै छ । तापनि यदि युवा कम्युनिस्ट लिग यो काममा जुट्यो र यदि साराका सारा युवा पुस्ताले सबैका हितमा काम गर्न सुरु गरे भने आज पाँच लाख जति युवा युवतीहरू सदस्य रहेको स्वयं यही लिग युवा कम्युनिस्ट भन्ने कुराको लागि हकदार हुनेछ । लिगको एउटा कार्यभार के पनि हो भने उसले खालि आफ्नो लागि मात्रै ज्ञान आर्जन नगरेर जसले आफू स्वयंलाई निरक्षरताबाट बाहिर निकाल्न सक्दैनन्, तिनीहरूको समेत पनि सहायता गरोस् । युवा कम्युनिस्ट लिगको सदस्यताको अर्थ हो ः

सबैको सामूहिक हितमा आफ्नो श्रम र मेहनत लगाउनु । कम्युनिस्ट शिक्षाको अर्थ पनि त्यही हो । त्यसरी काम गरेर युवायुवतीहरू सच्चा कम्युनिस्ट बन्न सक्दछन् । त्यस काममा हुने व्यवहारिक उपलब्धिहरूले नै उनीहरूलाई कम्युनिस्ट बनाउन सक्दछन् । उदाहरणका लागि शहरहरूको तरकारी बागवानीमा हुने कामलाई लिउँ । के त्यो वास्तविक जिम्मेवारीको काम होइन ? त्यो युवा कम्युनिस्ट लिगका कर्तव्यहरूमध्ये एक हो । मानिसहरू भोकभोकै मरिरहेका छन् । कारखानामा अनिकाल छ । स्वयंलाई अनिकालबाट पार पाउनका लागि तरकारी बागवानीको विकास गरिनुपर्दछ । तर खेती पुराना तरीकाबाट नै गरिंदैछ । त्यसकारण वर्ग सचेत तत्वहरूलाई यस काममा अझ बढी लगाउनुपर्दछ, तबमात्र त्यस्ता बागवानीहरूको संख्या, उनीहरूको स्तर र उब्जनी बढ्नेछ । युवा कम्युनिस्ट लिगले यो काममा सक्रियरूपले भाग लिनुपर्दछ । हरेक लिग र लिगका हरेक शाखाले त्यसलाई आफ्नो दायित्व ठान्नुपर्दछ ।

युवा कम्युनिस्ट लिग कस्तो गतिशील शक्ति बन्नुपर्दछ भने त्यसले हरेक काममा मद्दत गर्न सकोस् र हरेक काममा नेतृत्व गर्न सकोस् । लिग त्यस्तो सङ्गठन बन्नुपर्दछ, जसबाट हरेक कार्यकर्ताले के बुझोस् भने त्यस सङ्गठनमा रहेका व्यक्तिहरूको शिक्षामा शायद तात्कालिकरूपबाट उसलाई पत्यार नहोस्, शायद तिनीहरूलाई उसले चिन्न पनि नसकोस् तर व्यवहारिक क्रियाकलापद्वारा उनीहरू सही मान्छे हुन् र तिनीहरूले उसलाई वास्तविक बाटो देखाइ रहेका छन् भन्ने उसले बुझ्न सकोस् ।

यदि सबै क्षेत्रमा आ ना काम कारबाहीहरूलाई त्यसरी सङ्गठित गर्न युवा कम्युनिस्ट लिग सफल हुँदैन भने यो पुरानो पुँजीवादी बाटोतिर गइरहेको छ भन्ने ठानिनेछ । हामीहरूले शोषकहरूका विरुद्ध मजदूर वर्गको संघर्र्षका साथ आफ्नो शिक्षालाई जोड्नुपर्दछ, जसबाट मजदूर वर्गले कम्युनिस्ट शिक्षाद्वारा निर्धाति काम पूरा गर्न सकोस् ।

लिगको हरेक सदस्यले आफ्नो हरेक फाल्तु समय तरकारी बागवानीलाई सुधार्ने वा कारखानामा काम गर्ने मजदूरहरूलाई शिक्षित गर्ने, आदि काममा लगाउनुपर्दछ । हामीहरूले रूसलाई गरीब र जर्जर देशबाट समृद्ध देशको रूपमा रूपान्तरित गर्नुछ । युवा कम्युनिस्ट लिगले आफ्नो शिक्षा–दीक्षा र अध्ययनलाई मजदूर– किसानहरूको मेहनतसित संयुक्त गर्नुपर्नेछ, जसबाट ऊ स्कूलहरू र कम्युनिस्ट ग्रन्थहरू — पुस्तिकाहरूको पाठसम्म मात्र सीमित रहने कुराबाट बाँच्न सकोस् । सच्चा कम्युनिस्ट त्यतिबेलामात्र बन्न सकिनेछ, जतिबेला मजदूर–किसानहरूको सँगसँगै काम गरिनेछ । युवा कम्युनिस्ट लिगका सबै सदस्यहरू पढे–लेखेका व्यक्तिहरू हुन्छन् र त्यसको साथसाथै उनीहरूलाई आफ्नो जिम्मेवारीप्रति अभिरुची छ भन्ने कुरा आमरूपमा महसूस गरिनपु र्दछ । जतिबेला हामीहरूले पुराना शैक्षिक प्रतिष्ठानहरूबाट पुरानो खालको — पीटी–परेडको शिक्षाको तरीका हटाएर त्यसको ठाउँमा प्रबुद्ध अनुशासन स्थापित गरेका छौं र सबै युवायुवतीहरू अवैतनिक श्रमका सुबोत्निक २३०हरूमा भाग लिन्छन् तथा शहर नजीकको हरेक खेतको उपयोग जनसमुदायको हितमा गर्दछन् भन्ने कुरा हरेक व्यक्तिले देख्नेछ, त्यतिबेला उनीहरूले श्रमलाई पुरानो दृष्टिकोणबाट हेर्न छाड्नेछन् ।

मैले एउटा सानो उदाहरण लिएर के भन्दछु भने जन स्वास्थ्य र खाद्य वितरणजस्ता मामिलाहरूमा पनि युवा कम्युनिस्ट लिगले हरेक ठाउँ, गाउँ वा नगर प्राधिकरणहरूमा सहायता कार्य गर्नुपर्दछ । पुरानो पूँजीवादी समाजमा त्यो काम कसरी हुन्थ्यो ? हरेक व्यक्तिले खालि आ नै लागि मात्र काम गर्दथ्यो, बृद्ध वा विमार व्यक्तिको कसैले सरकोकार राख्दैनथ्यो । घरको कामको जिम्मेवारी खालि महिलाहरूमाथि मात्र हुन्थ्यो । उनीहरू स्वयं दमन र दासताका शिकार हुन्थे । त्यसका विरुद्ध संघर्र्ष गर्ने दायित्व कसको हुन्छ ? यो युवा कम्युनिस्ट लिगको दायित्व हो, उनीहरूले भन्नुपदर्छ ः हामीहरू यसलाई बदल्नेछांै, हामीहरूले जनस्वास्थ्यको रेखदेख गर्ने र खाद्य वितरणमा सहायता गर्ने युवाहरूको दल तयार गर्नेंछौं । त्यसले नियमपूर्वक घर–घरमा गएर जाँचबुझ गर्नेछ, सम्पूर्ण समाजको हितका खातिर सङ्गठितरूपबाट काम गर्नेछ तथा आफ्नो शक्तिलाई समुचित प्रकारले विभाजन गरेर यसले श्रम सङ्गठन बनाउनुपर्दछ भन्ने कुरा सिद्ध गर्नेछ ।

लगभग ५० वर्षको उमेरका व्यक्तिहरूको जुन पुस्ता अहिले छ, त्यसले शायद कम्युनिस्ट समाज देख्न पाउँनेछैन । त्यसको (कम्युनिस्ट समाजको) स्थापना हुनुभन्दापहिले यो पिंढीको अन्त भइसक्नेछ । तर अहिले १५ वर्षको उमेर हुनेहरूको जुन पुस्ता छ, त्यसले कम्युनिस्ट समाज देख्नेछ, ऊ स्वयंले यसको निर्माण पनि गर्नेछ । त्यो पिंढीले आफ्नो जीवनको एकमात्र उद्देश्य कम्युनिस्ट समाजको निर्माण गर्ने हो भन्ने कुरा थाह हुनैपर्दछ । पुरानो समाजमा हरेक परिवारले बेग्लाबेग्लै काम गर्दथ्यो र श्रमको सङ्गठन खालि जनतालाई दमन गर्ने जमीनदार वर्ग र पूँजीपती वर्गले मात्रै गर्ने गर्दथे । जतिसुकै कठोर र लतपत्तिएको काम किन नहोस्, हामीहरूले श्रमको सङ्गठन कसरी गर्नुपर्ने हुन्छ भने हरेक मजदूर र किसानले आफू महान्, स्वाधीन श्रमिक सेनाको एउटा भाग हो र जमीनदार र पूँजीपति वर्गविना नै उसले आफ्नो जीवन स्वयं निर्माण गर्न सक्दछ भन्न सकोस् तथा ऊ कम्युनिस्ट व्यवस्थाको स्थापना गर्ने काममा लाग्न सकोस् । युवा कम्युनिस्ट लिगले जीवनको सुरुदेखि नै जनसमुदायलाई सचेत र अनुशासित श्रममा संलग्न गर्नुपर्दछ । त्यसरी जुन समस्याहरू आज हामीहरूसमक्ष छन्, ती हल हुन सक्नेछन् भन्ने कुराको विश्वास हामीहरूलाई हुनेछ । यो देशमा बिजुली फिंजाउन र आधुनिकतम प्राविधिक ज्ञानद्वारा यो गरीब मुलुकलाई समृद्ध बनाउन दश वर्षभन्दा कम लाग्नेछैन । त्यसरी अहिले १५ वर्षको उमेर हुने पुस्ता जो १० वा २० वर्षपछि कम्युनिस्ट समाजमा रहनेछन्, उनीहरूले आफ्नो शैक्षिक उद्देश्य कसरी पूरा गर्नुपर्दछ भने हरेक दिन हरेक शहर र गाउँमा युवा समाजले कुनैनकुनै सामूहिक श्रमको सानोभन्दा सानो वा अत्यन्त साधारण समस्या अवश्य हल गर्नुपर्दछ । जसरी हरेक गाउँमा यो काम हुनेछ र कम्युनिस्ट प्रतियोगिता बढ्नेछ त्यसैगरी उनीहरूले आफ्नो श्रमलाई सङ्गठित गर्न सक्दछन् एवं साम्यवादी समाजको निर्माणको सफलता सुनिश्चित हुनेछ भन्ने कुरा युवाहरूले सिद्ध गर्नेछन् । साम्यवादी निर्माणको सफलताको दृष्टिकोणबाट आफ्नो हरेक कामको आँकलन गरिसकेपछि जतिबेला पनि तपाईंहरूले स्वयंलाई सोध्न सक्नुहुनेछ — के हामीहरूले श्रमिक वर्गको राजनैतिक जागरुकता र सङ्गठनका लागि आफ्नो शक्ति भ्याएजति लगाउन प्रयत्न गरेका छौं, त्यतिबेला युवा कम्युनिस्ट लिग आ ना पाँच लाख सदस्यहरूलाई श्रमिक सेनाको रूपमा संगठित गर्न सफल हुनेछ र त्यतिबेला मात्र यसलाई सार्वभौमिकरूपले सम्मान प्राप्त हुनेछ । (जोडदार तालीहरू)
प्राब्दा अंक २२१, २२२ र २२३ अक्टोबर ५, ६ र ७, १९२० । लेनिन सङ्ग्रहित रचनाहरू — ३१ जुझारु भौतिकवादको महत्वबारे (उद्धरण)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here