कम्युनिस्ट पार्टी र नेतृत्व बिकासको समस्या

0
475

अर्जुन शर्मा

कम्युनिस्ट पार्टीको उत्पत्ति र त्यसको वर्तमान परिस्थितिसम्मको बिकासले विश्वको एउटा ससक्त बिचारधाराको रूपमा जबर्जस्त प्रभाव पारिरहेको छ । विशेषगरी समाज बिकासको ऐतिहासिक नियम तथा परिबर्तनको सहि गति क्याच गर्न सक्नु र द्वन्द्वात्मक चिन्तन र व्यबहार नै त्यसको मुख्य कडि रहेको छ ।

एउटा शसक्त दार्शनिक,राजनीतिक ,आर्थिक र सांस्कृतिक बिम्बको साथमा हिजो संसारको दर्जनौं देशमा शासन सत्ता प्राप्ती,विस्वभर उसको कुनै न कुनै प्रभाव छर्न सफल कम्युनिस्टहरु बिरोधिहरुको हमलाले कम र आफ्नै आन्तरिक समस्याले बढी कमजोर भएको स्थिति हो ।आज संसार भर रक्षात्मक अवस्थाबाट गुज्रिएको आन्दोलनका विभिन्न कमिकमजोरीहरु पनि रहे, कतिपय भुलबस त कति सहि समझदारीको अभावमा ,ती मध्य एक महत्त्वपूर्ण कमजोरी कुशल नेतृत्व को बिकास हुन नसक्नु पनि हो।

शोभियत संघको बोल्शेबीक पार्टीमा जबसम्म लेनिन र स्टालिनले नेतृत्व गरे, खास समस्या भएन तर जब स्टालिनको मृत्यु भो र नेतृत्व खुस्च्रेबको हातमा गयो तब कम्युनिस्ट आन्दोलन मै संसोधनवादी भड्काव को पुनर्जन्म हुन पुग्यो । जर्मन, फ्रान्स, बेलायत तथा अन्य पुर्बी युरोपका कयौ देशहरुमा मजदुर आन्दोलनको ठूलो प्रभावका बावजुत नेतृत्व कै अभावमा त्यहा क्रान्ती हुन सकेन या भएकोमा पनि टिक्न सकेन । चिनमा स्वयं माओ कालमै सहि उत्तराधिकारी को चयन गर्न नसक्दा, चाउ एनलाई, देङ स्याओ पिङ, हुवाको फेन्ङहरु नेतृत्वदायी भुमिकामा रहे,जब माओको मृत्यु भो, सर्वहारा सांस्कृतिक क्रान्ती पनि असफल भो, कम्युनिस्ट पार्टी पनि संशोधनवादी दिशामा नै भासियो ।

भारतमा शसक्त किसान आन्दोलन, क्रान्तिकारीहरुको ठूलो बिकासको बाबजुत सहि नेतृत्वको अभावमा कहिले दंक्षिण त कहिले वाम भड्काव को बिकास भयो । गंगाधर, पिसि जोशो, रणदिपे, एसएस डांगी, चारु मजुमदारहरुले क्रान्तिकारी आन्दोलन सहि तवरले अगाडि बढाउन असमर्थ रहे । पछिल्लो काल कयौ ग्रामीण इलाकामा सफलता पुर्बक क्रान्तीको झन्डा फहराउदै सफलता पुर्वक अघि बढेको पेरुको क्रान्तिकारी आन्दोल अध्यक्ष गोन्जालोको पक्राउ पश्चात् गर्ल्यामगुर्लुन्ङै ढल्यो, त्यसको पनि बैकल्पिक नेतृत्व बिकास हुन नसक्नु मै मूल समस्या रह्यो।नेपालमा पनि पुस्पलाल, मनमोहन, केशरजंग, तुलसिलाल जस्ता मुल नेताहरुबाटै विभिन्न भड्काव र राजावादी रुझानको बिकास भएको प्रष्ट छ । चौमको बिभाजन, पाँचौ महाधिवेशनमा नेतृत्व चयन र त्यो पश्चात् नेतृत्वको रबैया, फुट इत्यादि तथा सामान्य कार्यनीतिक बिवादमा पार्टी फुटका थुप्रै उदाहरण छन।

संसारभर क्रान्तिकारी आन्दोलन जहाँ जहाँ देब्रे दाइने भड्कावको सिकार भए त्यसको मुलत नेतृत्व तहबाटै बिकास हुनेगरेको छ । तयसरी क्रान्तिकारी आन्दोलनमा नेतृत्व तहबाट नै ठूलो कमजोरी रहदा सानो तिनो बाहेक कार्यकर्ताबाट बिरोध हुन नसक्नु पनि मुलत नेतृत्वले सहि दृस्ठिकोण सिकाउन नसक्नु वा नेतृत्व प्रतीको अतिविश्वास, जनवादी केन्द्रीयताको गलत रूपमा प्रयोग, जसको नीति उसको सिद्धान्तको अतिरन्जित ब्याख्या तथा तथाकथित अनुशासन नै हो।अर्थात कार्यकर्ताहरुमा आलोचनात्मक चेतनाको बिकास गर्न ध्यान नदिनु हो।

आलोचनात्मक दृस्टीको बिकास नहुनुको अर्थ हो नेतृत्व ,नीति या बिसयबस्तु प्रती नरम,एकपक्षीय चिन्तन वा भनौ नेतृत्वको अतिविश्वाश ,त्यो भनेको द्वन्द्वात्मक चेताना होइन अधुभुतवादी शैली को बिकास हो।त्यो हुनमा मुख्यतः नेतृत्व पंक्ति या पार्टी केन्द्रको कमजोरी नै हो।एकातिर जनवादी केन्द्रीयता भन्ने अर्को तिर व्यबहारमा जवरजस्ती केन्द्रीयता लाद्नु,छलफल नगरि निर्णय लाद्नु,प्रयाप्त आलोचना आत्मालोचना नगर्नु/नगराउनु भनेको जस्तो सुकै नेतृत्व रहेपनी वा उसले जस्तो कदम चालेपनी या जस्तो नीति लादे पनि अन्धसमर्थन गर्न सिक्ने बानिको बिकास हुन्छ,फलस्वरूप नेतृत्वको संशोधनवाद या उग्रवामपन्थी नितिमा भड्काव पश्चात् समग्र पार्टी त्यसको सिकार हुन पुग्दछ।कार्यकर्ता वा तल्लो तहको नेतृत्व बाट बिद्रोह को संभावना कम हुन्छ।

कतिपय अवस्थामा कोरा अनुशासन को कारण नेतृत्वको गम्भीर कमजोरीको बावजुतपनि तलबाट भन्डाफोर हुदैन परिणाम बिस्तारै गलत दिशामा पुगिसकेको हुन्छ,पछि थाहा भएतापनी धेरै ढिला भइसकेको हुन्छ । त्यसैले हरेक क्रान्तिकारी नेता, कार्यकर्ताहरुमा सहि आलोचनात्मक दृस्टीकोण को बिकास गर्नै पर्छ र हरेक निति, नेतृत्व र बिसयबस्तुमा शंका र बिश्वासको द्वन्द्वात्मक पद्धतिबाट बुझ्ने र सचेतता अपनाउन ध्यान पुराउन पर्ने हुन्छ भने सहि नीति, सिद्धान्तको रक्षाका निम्ति अनुशासन लत्याएर पनि बिद्रोहको झन्डा उठाउनै पर्दछ, त्यो नै क्रान्तिकारी सहि समझदारी हुनेछ । अर्कोतिर पार्टि नेतृत्व र पार्टी केन्द्रले पनि सदैब त्यो प्रकारको अभ्यास, द्वन्द्वात्मक चेतनाको बिकास, जनवादी केन्द्रीयताको सहि समझदारी, जसको नीति उसको नेतृत्वको नाममा फस्टाउन सक्ने तानाशाही सोच र अनुशासन सम्बन्धि सहि समझदारीको निम्ति ठोस कदम चाल्नै पर्दछ अन्यथा यात कम्युनिस्ट पार्टी गलत बाटोमा पुग्नेछ या पतनको दिशामा ।

अन्त्यमा पार्टिले बैकल्पिक नेतृत्व बिकास गर्नको निम्ति निरन्तर पार्टीमा छलफल, आलोचना आत्मलोचना, प्रशिक्षण, महाधिवेशन र विभिन्न नेतृत्व कलाको अभ्यासमा जोड दिनुपर्दछ।त्यति गर्दा पनि सहि क्रान्तिकारी लाइन तथा रणनीतिक उदेश्य प्राप्तिको निम्ति पहलकदमी हुदैन भने बिद्रोह नै सबैभन्दा न्यायोचित कदम हुनेछ । २०७५/०१/१७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here