कपिलवस्तुमा महिला सम्मेलन सम्पन्न

0
302

माघ १२, कपिलवस्तु । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ कपिलवस्तुको छैटौं जिल्ला सम्मेलन संघकी केन्द्रीय उपाध्यक्ष सकुन्तला रानाको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।

सम्पन्न सम्मेलनले कमला पौडेलको अध्यक्षता मा १३ सदस्यीय अखिल नेपाल महिला संघ जिल्ला समिति कपिलवस्तु गठन गरेको छ । जस्को उपाध्यक्ष अम्बिका पौडेल, सचिव लक्ष्मी खनाल, सहसचीव बिनिता अदै, कोषाध्यक्ष ललिता कुँवर रहेका छन् । त्यस्तै सदस्यहरुमाः रिता पाण्डे, निर्माला सापकोटा, शुलोचाना पराजुली, रमनी सिञ्जापती, इन्द्रा खनाल, बिमला भुसाल, कमला गैरे र लक्ष्मी शर्मा रहेका छन् ।

त्यसैगरी सल्लाहकारहरुमा चन्द्रबदन श्रेष्ठ, मेनका शर्मा, लक्ष्मी भुसाल, बिन्दु शर्मा, लक्ष्मी मरासनी, रहेका छन् । कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, नेकपा मसाल जिल्ला प्रवक्ता छबिलाल गैरे, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, ट्रेड युनियन केन्द्रीय सदस्य केरसिंह अदै, अखिल छैठौं जिल्ला अध्यक्ष रिशव आचार्य, युवक संघ जिल्ला कमल बि.सि., राजमो जिल्ला सदस्य हिमलाल वाग्ले, किसान संघका जिल्ला अध्यक्ष मुक्तराम न्यौंपाने, शशी सापकोटा लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रम सञ्चालन जिल्ला सचिव लक्ष्मी खनालले र स्वागत मन्तव्य अम्बिका पौडेलले तथा कार्यक्रमको अध्यक्षता चन्द्र बदन श्रेष्ठले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here