कपिलवस्तुमा कर र संघीयता बिरुद्ध प्रदर्शन

0
254

माधब भाट क्षेत्री
भदौ २२, कपिलवस्तु । संघीयता र करको बिरोध गर्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले भदौ २२ गते जिल्लाको ४ नम्बर जितपुरमा जुलुस तथा बिरोधसभा सम्पन्न गरेको छ ।

बिरोध सभामा प्रमुख अतिथिको आशनबाट बोल्दै राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर ५ का प्रदेश सदस्य हिमलाल वाग्लेले संघीयता धान्नको लागि जनताको ढाड सेक्नेगरी सरकारले चर्को कर लगायको बताउँदै संघीयता खारेज नभए मुलुक अप्ठ्यारोमा पर्ने बताउनु भयो । हरेक पटकको आन्दोलनमा जनताले समृद्धि र अखण्ड नेपालको माग गरेको तर संघीयता कहिले माघ नगरेको बताउँदै संघीयता आयातीत र महंगो प्रणाली भयको वाग्लेले बताए ।

एउटा सिंहदरबार पाल्न नसकेका नेपाली जनताले अब सातवटा सिंहदरबार पाल्नु पर्ने बाध्यता भएको वाग्लेले बताए । ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता चाहिंदैन कर बढाउन पाइँदैन’ भन्ने मुलनाराका साथ प्रदशन तथा बिरोध सभा सम्पन्न भएको थियो ।

सभामा राष्ट्रिय जनमोर्चा बाणगंगा नगर अध्यक्ष डवल सिंह जि.सि., अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष मिना पोख्रेल, ट्रेड युनियन अन्टुकका केन्द्रीय सदस्य केयर सिंह अदै, ने.क.पा.(मसाल)का जिल्ला प्रवक्ता छबिलाल गैरे लगायतले सम्बोधन गरेका थिए ।

राजमो जिल्ला अध्यक्ष दधीराम आचार्यको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासेको स्वागत मन्तव्य र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य माधव भाट क्षेत्रीले सभाको सञ्चालन गरेका थिए । सभामा राष्ट्रिय जनमोर्चा कपिलवस्तु विभिन्न ठाउँबाट आएका नेता कार्यकर्ताहरुले कपिलवस्तुको जितपुर ४ नम्बरमा बिरोध जुलुस समेत प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here