कपिलबस्तुमा लिटिल स्टार डान्स आइडल !

0
110

रमेश पौडेल ।
मसिंर १४, कपिलबस्तु । कपिलवस्तुस्थित हथौसा लिटिल स्टार बोर्डिङ्ग स्कुल बाणगंगा ११ ओदारीमा तेस्रो लिटिल स्टार डान्स आईडलको फाइनल चरण सम्पन्न भएको छ ।

आईडलको अडिसनमा सहभागी १०० जना मध्येबाट उत्कृट १५ जना बिद्यार्थीले शुक्रबार प्रस्तुती दिएका थिए । उक्त प्रतियोगितामा साँस्कृतिक संयोजक रमेश पौडेल र साँस्कृतिक बिभागकी बबिता पौडेलले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा बिद्यालयका प्रिन्सिपल सुन्दर पाण्डेले यस्ता कार्यक्रमले बिद्यार्थीको क्षमता अभिबृद्धी हुने भएकाले बिद्यार्थीहरु शहभागी हुनुपर्नेमा जोड दिए । कार्यक्रम दिलिप कसौधनको अध्यक्षता तथा सञ्चालन सरोज घिमिरेको सञ्चालनमा अगाडि बढेको थियो ।

प्रतियोगिताको अन्तिम नतिजा आईतबार प्रकाशन हुने बिद्यालयका साँस्कृतिक संयोजक रमेश पौडेलले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here